‘ग्रिन गोल्ड’बाट दाम कमाउदै दङ्गाली – कथालिका

‘ग्रिन गोल्ड’बाट दाम कमाउदै दङ्गाली

गाईवस्तुलाई खुवाउन बरसिम घाँस काट्दै घोराही– ६ का किसान ।

दाङ घोराही–७ का रमा आचार्य पेसाले शिक्षक हुन् । उनले बिहान बेलुकाको समय सदुपयोग गर्न आठ बाख्रा पालेका छन् । ती बाख्राले बरसिम घाँस खाने गर्छन् । बाख्रा पाल्न सजिलोे भएको उनको तर्क छ । हिँउदमा आफ्नो दुई बिघा खेतमा तोरी, मसुरो र गहुँको साटो बरसिम घाँस लगाउछन् । पूरै खेतमा घाँस लगाउन थालेको पाँच वर्ष भयो । हरियो हँुदा काटेर गाईवस्तुलाई खुवाउन पनि पाइएको उनी बताउछन् । सुकेको डाँठलाई खुवाउन पाइने र फल लाग्यो भने बिक्री पनि गर्न पाइने अत्यन्तै उपयोगी घाँस भएको उनको भनाइ छ । “बाख्राका लागि घाँस खोज्न भाँैतारिनुपरेको छैन, सजिलै आफ्नै खेतबारीबाट प्राप्त गर्न सकिएको छ । समयको बचत पनि भएको छ । एक बिघा खेतबाट एक सिजनमा एक लाख रुपियाँ आम्दानी हुन्छ । गत वर्ष मात्र मैले दुई लाखको बरसिम घाँस बेचेँ”, उनी भन्छन् ।

घोराही–६ का महेश चौधरीले १३ कठ्ठा खेतमा घाँस लगाएका छन् । हिउँदमा बरसिम लगाएपछि एक याममा चारदेखि पाँच पटकसम्म काट्न सकिन्छ । घाँस लगाउँदा त्यसले धान उत्पादनमा समेत वृद्धि हुने उनको अनुभव छ । बीउ छरेपछि गोडमेल र स्याहार्न झन्झट नभएकाले घाँसखेतीमा आकर्षण बढेको हो । गाई, भैँसी, भेंडा र बाख्रा सबैलाई सो घाँसले फाइदा पु¥याउँछ । पशुपालक किसानका लागि बरसिम घाँस एकदमै उपयोगी भएको उहाँले बताउनुभयो । गत वर्ष रु.असी हजारको घाँस बिक्री गरिएको उनले बताए । “यसपालि पनि राम्रो उत्पादन हुने आशा गरेको छु”, उनले भने ।

घोराही–१७ कर्जाहीका पूर्ण चौधरीले दुई भैंसी, चार भेडा र छ बाख्रा पालेका छन् । “दश कट्ठा खेतमा बरसिम घाँस छरेको छु, बस्तुभाउलाई पाल्न सजिलो भएको छ”, उनले भने । घरमै बीउ उत्पादन गरेर बर्सेनि घाँस खेती गर्ने गरेको उहाँले बताए । “गत वर्ष ६० हजार रुपैयाँको घाँसको बीउ बिक्री गरेको थिएँ । यसपालि हिउँदे वर्षा भएकाले घाँस राम्रो भएको छ । एक पटक काटेर सकियो । चार पटकसम्म काट्न सकिन्छ”, उनले भने । गहुँ र मसुरो भन्दा धेरै आम्दानी हुने भएकाले यहाँका धेरैजसो किसानमा ‘ग्रिन गोल्ड’मा आकर्षण बढेको छ ।

किसानले प्रायः आम्दानी गर्नका लागि नगदे बालीको खेती गर्ने चलन भए पनि दाङका किसानले बागवानी अन्तर्गतका तरकारी, फलपूmल र फूलको साटो घाँस बिक्री गरेर मनग्य आम्दानी गर्न थालेका छन् । कृषकले व्यावसायिक रूपमा एक वर्षीय हिउँदे कोसे बरसिम घाँसखेतीबाट राम्रो आम्दानी गर्न थालेका छन् । घोराही–६,७ र १७ का किसानले पछिल्लो समयमा घाँसखेतीबाट राम्रो आम्दानी लिने गरेका छन् । धान खेतीपछि बरसिम घाँस खेती गर्ने गरिन्छ । । ‘भुइँ घाँस’ खाएका पशुले दिने दूध अत्यन्तै लाभकारी मानिन्छ ।
वर्षात्मा लगाइएको धान काट्नु भन्दा अगाडि मसुरो छरे जस्तै गरेर सो घाँसको बीउ छर्ने गरिन्छ । घाँस उमँ्रदा धान काटिसकेको हुनुपर्छ । कसैले यसलाई खेत जोतेर पनि छर्ने गरेका पनि छन् । हरियो र सुकेको बरसिम घाँस गाईवस्तुलाई खुवाउन एकदमै राम्रो मानिन्छ । घोराही–६ का कृषकले आठ कठ्ठादेखि साढे दुई बिघासम्म घाँस खेती गरेका छन् । अन्य बाली भन्दा धेरै फाइदा हुने भए पछि यसतर्फ किसानको आकर्षण बढेको हो । मसुरो र गहुँ खेती भन्दा घाँसबाट बढी आम्दानी हुने भएपछि यतातिर लागेको किसानको भनाइ छ ।

a/l;d 3fF; .
b]pv’/L ,@) df3M 3f]/fxL– ^ sf ls;fgn] Jofa;foLs ?kdf v]tL u/]sf] a/l;d 3fF; . t:jL/ M /l~htf clwsf/L-/f;;_.

घोराही– ६ का गुरुवागाउँ, गुरगै, बेरुवागाउँ, जजरागाउँ, वेरगै, फचकपुर र अघरा तथा घोराही –१७ को गैरागाउँका किसानले बरसिम घाँसखेती गरेका छन् । अहिले पुरै खेत भरी हरियो बरसिम खेती देख्न सकिन्छ । अहिले उक्त क्षेत्रमा रहेका १६० घर परिवारले घाँस खेती गर्ने गरेको शिवशक्ति घाँस बीउ उत्पादक सङ्घका सचिव विमल अधिकारीले जानकारी दिए । लगानी कम र आम्दानी राम्रो हुने भएकाले यसतर्फ किसानको आकर्षण बढेको अधिकारी बताउछन् । जोत्न नपर्ने, मल हाल्नु नपर्ने र धानमा हालिएको मलले काम गर्ने भएकाले मलको बचत हुन्छ ।

पटक पटक सिंचाइ पनि गर्न नपर्ने भएकाले कृषकलाई थप सहज हुने गरेको छ । घाँसका लागि कम लगानी गर्नुपर्ने भएकाले हरेक वर्ष घाँसखेती गर्ने किसान बढ्दै गएको शिवशक्ति घाँसको बीउ उत्पादक सघंले जनाएको छ । संघका सचिव अधिकारीका अनुसार अहिले १०० हेक्टरमा बरसिम घाँस खेती गरिएको छ । व्यावसायिक रूपमा घाँसखेती गर्ने दाङ पहिलो जिल्ला हो । घाँस खेतीबाट गत वर्ष रु.७० लाख आम्दानी भएको सचिव अधिकारीले बताए । कतिपय किसानले आफैँ बाहिर लगेर बिक्री गर्ने गरेका छन् । किसानले आफैँ बिक्री गरेको रकम जोड्दा धेरै हुने उहाँ बताउनुहुन्छ । यस वर्ष बरसिम घाँसको बीउ करिब ७५ लाख रुपैयाँको बिक्री हुने उनको अपेक्षा छ । पानी परेकाले यस वर्ष घाँस खेती राम्रो हुने किसान बताउँछन् ।

दङ्गीशरण गाउँपालिकामा पनि पछिल्लो समय किसानले बरसिम घाँस खेती गर्न थालेका छन् । त्यहाँका किसानको मागका आधारमा ७५ प्रतिशत अनुदानमा घाँसको बीउ वितरण गरिएको गाउँपालिका अध्यक्ष भागिराम चौधरीले बताए । तीन सय ६४ किसानले बरसिम घाँसको बीउ पाएका छन् । घाँसको बीउका लागि तुलसीपुर र घोराही जानुपर्ने बाध्यता हटेकाले यहाँका किसान खुशी भएका छन् । गाउँपालिकामा बरसिम, जै र भेज घाँसको बीउ वितरण गरिएको अध्यक्ष चौधरीले जानकारी दिए ।

लमही नगरपालिकाका किसानलाई व्यावसायिक रूपमा पशुपालन गर्न सजिलो होस् भनेर अनुदानमा घाँसको बीउ वितरण गरिएको नगरपालिका प्रमुख कुलबहादुर केसीले बताए । “स्थानीय स्तरमा उत्पादित बीउ खरिद गरेर ५० प्रतिशत अनुदानमा वितरण गर्ने गरेका छाँै”, उनले भने । व्यवसायी र साधारण किसानलाई पशुआहार कार्यक्रम अन्तर्गत सहयोग गरिएको हो । घाँसको व्यवस्थापन भएपछि पशुपालक किसानको यसतर्फ आकर्षण बढेको छ ।

दाङ बरसिम घाँसको बीउ उत्पादनका लागि उपयुक्त हावापानी भएको जिल्लाका रुपमा रहेको अधिकारीले बताए । जिल्लामा व्यावसायिक रूपमा यसरी गरिएको घाँस विभिन्न जिल्लामा बिक्री भएको छ । दाङमा उत्पादन भएको घाँसको बीउ रुपन्देही, कास्की, पाल्पा, बाँके, बर्दिया, कैलाली, कञ्चनपुर, मोरङ, सर्लाही, चितवन, नवलपरासी, सुर्खेत, प्युठान, काठमाडौँ, ललितपुर, भक्तपुरमा बिक्री हुने गरेको छ । घोराही –६ (साबिक सौडियार गाविस) मा २०५६ सालदेखि व्यावसायिक रुपमा घाँसखेती सुरु भएको हो । दाङमा उत्पादित घाँसमा उमार शक्ति धेरै छ । यहाँ प्रतिकठ्ठा ३० देखि ३५ किलोग्राम सम्म घाँसको बीउ उत्पादन हुने गरेको छ । हिउँदे घाँस बरसिमलाई असोजदेखि मङ्सिरसम्म छरिसक्नुपर्छ । पुस, माघ र फागुनमा काटेर गाईभैंसीलाई खुवाउन सजिलो हुन्छ ।

कृषकले एक किलो घाँसको बीउ दुई सय रुपैयाँमा बिक्री गर्ने गरेका छन् । बीउ उत्पादक संघले सरकारले निर्धारण गरेको मूल्य अनुसार नै बिक्री गर्ने गरेको छ । ग्रेडिङ गरेर प्रति किलो रु.१६० देखि २२० सम्ममा बिक्री गर्ने गरिएको छ । घाँसको राजा बरसिम गाई, भैँसी, बाख्रा र कुखुराले राम्रो मानेर खाने गरेको पाइन्छ । घाँसको हरियो र सुकेको डाँठ दुवै पशुपंक्षीलाई खुवाउन सकिन्छ । जिल्लामा गाई, भैंसी र बाख्राको व्यावसायिक पालन बढ्दै गएपछि आर्थिक आयका लागि किसानले घाँस मात्रै खेती गर्ने गरेको सचिव अधिकारीले जानकारी दिए ।

पछिल्लो समय दाङ घाँसको बीउ पकेटको क्षेत्रका रुपमा विकसित हँुदै गएको छ । अन्य जिल्लामा हावापानी नमिल्दा यसको बीउ उत्पादन नहुने भेटरीनरी अस्पताल तथा पशु सेवाविज्ञ केन्द्र दाङका अधिकृत प्रेमकुमार चौधरीले जानकारी दिए । खासगरी धान उत्पादनको तुलनामा पाँचदेखि १० गुणा बढी उत्पादन तथा आम्दानी हुने भएपछि यसतर्फ कृषकको आकर्षण बढेको चौधरीले बताए । घाँस खेती गरेका किसानले हरियो घाँस र फलेको दाना बिक्री गरेर पनि आम्दानी गर्न सक्छन् । यो घाँस पशुका लागि पोषणयुक्त हुने गरेको चौधरीको भनाइ छ ।

दाङमा घोराही, नारायणपुर, सतबरिया, गढवा, लालमटिया, गङ्गापरस्पुर, लक्ष्मीपुर र सौडियार क्षेत्रमा व्यावसायिक घाँसखेती हुने गरेको छ । पछिल्लो समयमा यहाँका स्थानीय तहले पशुपालक किसानलाई अनुदानमा बरसिम घाँसको बीउ वितरण गर्दै आएका छन् । घोराही उपमहानगरपालिकाले २४४ किसानलाई एक हजार ८१५ किलो बरसिम घाँसको पचास प्रतिशत अनुदानमा वितरण गरेको पशु शाखा प्रमुख जीवराज पौडेलले बताए । उपमहानगरभित्रका व्यावसायिक किसानको मागका आधारमा घाँसको बीउ वितरण गरेको छ । उत्पादनका लागि घाँसको खेती हुन थालेपछि उन्नत जातका पशुपालन गर्ने बढ्दै गएका छन् । किसानले हरियो र सुकेको दुवै घाँस बिक्री गरेर आम्दानी गर्न थालेका छन् । किसानलाई व्यवसायमा सजिलो होस् भनेर गत वर्षदेखि घाँसको बीउ ५० प्रतिशत अनुदानमा वितरण गर्न थालिएको प्रमुख पौडेलले जानकारी दिए । सिंचाइको सुविधा भएका अन्य पालिकामा पनि बरसिम घाँसखेतीका लागि प्रोत्साहन गर्ने सोचाइ राखिएको जिल्लास्थित भेटरीनरी अस्पताल तथा पशु सेवाविज्ञ केन्द्रले जनाएको छ ।

घोराही–७ का रमा आचार्य पेसाले शिक्षक हुन् । उनले बिहान बेलुकाको समय सदुपयोग गर्न आठ बाख्रा पालेका छन् । ती बाख्राले बरसिम घाँस खाने गर्छन् । बाख्रा पाल्न सजिलोे भएको उनको तर्क छ । हिँउदमा आफ्नो दुई बिघा खेतमा तोरी, मसुरो र गहुँको साटो बरसिम घाँस लगाउछन् । पूरै खेतमा घाँस लगाउन थालेको पाँच वर्ष भयो । हरियो हँुदा काटेर गाईवस्तुलाई खुवाउन पनि पाइएको उनी बताउछन् । सुकेको डाँठलाई खुवाउन पाइने र फल लाग्यो भने बिक्री पनि गर्न पाइने अत्यन्तै उपयोगी घाँस भएको उनको भनाइ छ । “बाख्राका लागि घाँस खोज्न भाँैतारिनुपरेको छैन, सजिलै आफ्नै खेतबारीबाट प्राप्त गर्न सकिएको छ । समयको बचत पनि भएको छ । एक बिघा खेतबाट एक सिजनमा एक लाख रुपियाँ आम्दानी हुन्छ । गत वर्ष मात्र मैले दुई लाखको बरसिम घाँस बेचेँ”, उनी भन्छन् ।
घोराही–६ का महेश चौधरीले १३ कठ्ठा खेतमा घाँस लगाएका छन् । हिउँदमा बरसिम लगाएपछि एक याममा चारदेखि पाँच पटकसम्म काट्न सकिन्छ । घाँस लगाउँदा त्यसले धान उत्पादनमा समेत वृद्धि हुने उनको अनुभव छ । बीउ छरेपछि गोडमेल र स्याहार्न झन्झट नभएकाले घाँसखेतीमा आकर्षण बढेको हो । गाई, भैँसी, भेंडा र बाख्रा सबैलाई सो घाँसले फाइदा पु¥याउँछ । पशुपालक किसानका लागि बरसिम घाँस एकदमै उपयोगी भएको उहाँले बताउनुभयो । गत वर्ष रु.असी हजारको घाँस बिक्री गरिएको उनले बताए । “यसपालि पनि राम्रो उत्पादन हुने आशा गरेको छु”, उनले भने ।

घोराही–१७ कर्जाहीका पूर्ण चौधरीले दुई भैंसी, चार भेडा र छ बाख्रा पालेका छन् । “दश कट्ठा खेतमा बरसिम घाँस छरेको छु, बस्तुभाउलाई पाल्न सजिलो भएको छ”, उनले भने । घरमै बीउ उत्पादन गरेर बर्सेनि घाँस खेती गर्ने गरेको उहाँले बताए । “गत वर्ष ६० हजार रुपैयाँको घाँसको बीउ बिक्री गरेको थिएँ । यसपालि हिउँदे वर्षा भएकाले घाँस राम्रो भएको छ । एक पटक काटेर सकियो । चार पटकसम्म काट्न सकिन्छ”, उनले भने । गहुँ र मसुरो भन्दा धेरै आम्दानी हुने भएकाले यहाँका धेरैजसो किसानमा ‘ग्रिन गोल्ड’मा आकर्षण बढेको छ ।

किसानले प्रायः आम्दानी गर्नका लागि नगदे बालीको खेती गर्ने चलन भए पनि दाङका किसानले बागवानी अन्तर्गतका तरकारी, फलपूmल र फूलको साटो घाँस बिक्री गरेर मनग्य आम्दानी गर्न थालेका छन् । कृषकले व्यावसायिक रूपमा एक वर्षीय हिउँदे कोसे बरसिम घाँसखेतीबाट राम्रो आम्दानी गर्न थालेका छन् । घोराही–६,७ र १७ का किसानले पछिल्लो समयमा घाँसखेतीबाट राम्रो आम्दानी लिने गरेका छन् । धान खेतीपछि बरसिम घाँस खेती गर्ने गरिन्छ । । ‘भुइँ घाँस’ खाएका पशुले दिने दूध अत्यन्तै लाभकारी मानिन्छ ।
वर्षात्मा लगाइएको धान काट्नु भन्दा अगाडि मसुरो छरे जस्तै गरेर सो घाँसको बीउ छर्ने गरिन्छ । घाँस उमँ्रदा धान काटिसकेको हुनुपर्छ । कसैले यसलाई खेत जोतेर पनि छर्ने गरेका पनि छन् । हरियो र सुकेको बरसिम घाँस गाईवस्तुलाई खुवाउन एकदमै राम्रो मानिन्छ । घोराही–६ का कृषकले आठ कठ्ठादेखि साढे दुई बिघासम्म घाँस खेती गरेका छन् । अन्य बाली भन्दा धेरै फाइदा हुने भए पछि यसतर्फ किसानको आकर्षण बढेको हो । मसुरो र गहुँ खेती भन्दा घाँसबाट बढी आम्दानी हुने भएपछि यतातिर लागेको किसानको भनाइ छ ।

घोराही– ६ का गुरुवागाउँ, गुरगै, बेरुवागाउँ, जजरागाउँ, वेरगै, फचकपुर र अघरा तथा घोराही –१७ को गैरागाउँका किसानले बरसिम घाँसखेती गरेका छन् । अहिले पुरै खेत भरी हरियो बरसिम खेती देख्न सकिन्छ । अहिले उक्त क्षेत्रमा रहेका १६० घर परिवारले घाँस खेती गर्ने गरेको शिवशक्ति घाँस बीउ उत्पादक सङ्घका सचिव विमल अधिकारीले जानकारी दिए । लगानी कम र आम्दानी राम्रो हुने भएकाले यसतर्फ किसानको आकर्षण बढेको अधिकारी बताउछन् । जोत्न नपर्ने, मल हाल्नु नपर्ने र धानमा हालिएको मलले काम गर्ने भएकाले मलको बचत हुन्छ ।

पटक पटक सिंचाइ पनि गर्न नपर्ने भएकाले कृषकलाई थप सहज हुने गरेको छ । घाँसका लागि कम लगानी गर्नुपर्ने भएकाले हरेक वर्ष घाँसखेती गर्ने किसान बढ्दै गएको शिवशक्ति घाँसको बीउ उत्पादक सघंले जनाएको छ । संघका सचिव अधिकारीका अनुसार अहिले १०० हेक्टरमा बरसिम घाँस खेती गरिएको छ । व्यावसायिक रूपमा घाँसखेती गर्ने दाङ पहिलो जिल्ला हो । घाँस खेतीबाट गत वर्ष रु.७० लाख आम्दानी भएको सचिव अधिकारीले बताए । कतिपय किसानले आफैँ बाहिर लगेर बिक्री गर्ने गरेका छन् । किसानले आफैँ बिक्री गरेको रकम जोड्दा धेरै हुने उहाँ बताउनुहुन्छ । यस वर्ष बरसिम घाँसको बीउ करिब ७५ लाख रुपैयाँको बिक्री हुने उनको अपेक्षा छ । पानी परेकाले यस वर्ष घाँस खेती राम्रो हुने किसान बताउँछन् ।

दङ्गीशरण गाउँपालिकामा पनि पछिल्लो समय किसानले बरसिम घाँस खेती गर्न थालेका छन् । त्यहाँका किसानको मागका आधारमा ७५ प्रतिशत अनुदानमा घाँसको बीउ वितरण गरिएको गाउँपालिका अध्यक्ष भागिराम चौधरीले बताए । तीन सय ६४ किसानले बरसिम घाँसको बीउ पाएका छन् । घाँसको बीउका लागि तुलसीपुर र घोराही जानुपर्ने बाध्यता हटेकाले यहाँका किसान खुशी भएका छन् । गाउँपालिकामा बरसिम, जै र भेज घाँसको बीउ वितरण गरिएको अध्यक्ष चौधरीले जानकारी दिए ।

लमही नगरपालिकाका किसानलाई व्यावसायिक रूपमा पशुपालन गर्न सजिलो होस् भनेर अनुदानमा घाँसको बीउ वितरण गरिएको नगरपालिका प्रमुख कुलबहादुर केसीले बताए । “स्थानीय स्तरमा उत्पादित बीउ खरिद गरेर ५० प्रतिशत अनुदानमा वितरण गर्ने गरेका छाँै”, उनले भने । व्यवसायी र साधारण किसानलाई पशुआहार कार्यक्रम अन्तर्गत सहयोग गरिएको हो । घाँसको व्यवस्थापन भएपछि पशुपालक किसानको यसतर्फ आकर्षण बढेको छ ।

दाङ बरसिम घाँसको बीउ उत्पादनका लागि उपयुक्त हावापानी भएको जिल्लाका रुपमा रहेको अधिकारीले बताए । जिल्लामा व्यावसायिक रूपमा यसरी गरिएको घाँस विभिन्न जिल्लामा बिक्री भएको छ । दाङमा उत्पादन भएको घाँसको बीउ रुपन्देही, कास्की, पाल्पा, बाँके, बर्दिया, कैलाली, कञ्चनपुर, मोरङ, सर्लाही, चितवन, नवलपरासी, सुर्खेत, प्युठान, काठमाडौँ, ललितपुर, भक्तपुरमा बिक्री हुने गरेको छ । घोराही –६ (साबिक सौडियार गाविस) मा २०५६ सालदेखि व्यावसायिक रुपमा घाँसखेती सुरु भएको हो । दाङमा उत्पादित घाँसमा उमार शक्ति धेरै छ । यहाँ प्रतिकठ्ठा ३० देखि ३५ किलोग्राम सम्म घाँसको बीउ उत्पादन हुने गरेको छ । हिउँदे घाँस बरसिमलाई असोजदेखि मङ्सिरसम्म छरिसक्नुपर्छ । पुस, माघ र फागुनमा काटेर गाईभैंसीलाई खुवाउन सजिलो हुन्छ ।
कृषकले एक किलो घाँसको बीउ दुई सय रुपैयाँमा बिक्री गर्ने गरेका छन् । बीउ उत्पादक संघले सरकारले निर्धारण गरेको मूल्य अनुसार नै बिक्री गर्ने गरेको छ । ग्रेडिङ गरेर प्रति किलो रु.१६० देखि २२० सम्ममा बिक्री गर्ने गरिएको छ । घाँसको राजा बरसिम गाई, भैँसी, बाख्रा र कुखुराले राम्रो मानेर खाने गरेको पाइन्छ । घाँसको हरियो र सुकेको डाँठ दुवै पशुपंक्षीलाई खुवाउन सकिन्छ । जिल्लामा गाई, भैंसी र बाख्राको व्यावसायिक पालन बढ्दै गएपछि आर्थिक आयका लागि किसानले घाँस मात्रै खेती गर्ने गरेको सचिव अधिकारीले जानकारी दिए ।

पछिल्लो समय दाङ घाँसको बीउ पकेटको क्षेत्रका रुपमा विकसित हँुदै गएको छ । अन्य जिल्लामा हावापानी नमिल्दा यसको बीउ उत्पादन नहुने भेटरीनरी अस्पताल तथा पशु सेवाविज्ञ केन्द्र दाङका अधिकृत प्रेमकुमार चौधरीले जानकारी दिए । खासगरी धान उत्पादनको तुलनामा पाँचदेखि १० गुणा बढी उत्पादन तथा आम्दानी हुने भएपछि यसतर्फ कृषकको आकर्षण बढेको चौधरीले बताए । घाँस खेती गरेका किसानले हरियो घाँस र फलेको दाना बिक्री गरेर पनि आम्दानी गर्न सक्छन् । यो घाँस पशुका लागि पोषणयुक्त हुने गरेको चौधरीको भनाइ छ ।

दाङमा घोराही, नारायणपुर, सतबरिया, गढवा, लालमटिया, गङ्गापरस्पुर, लक्ष्मीपुर र सौडियार क्षेत्रमा व्यावसायिक घाँसखेती हुने गरेको छ । पछिल्लो समयमा यहाँका स्थानीय तहले पशुपालक किसानलाई अनुदानमा बरसिम घाँसको बीउ वितरण गर्दै आएका छन् । घोराही उपमहानगरपालिकाले २४४ किसानलाई एक हजार ८१५ किलो बरसिम घाँसको पचास प्रतिशत अनुदानमा वितरण गरेको पशु शाखा प्रमुख जीवराज पौडेलले बताए । उपमहानगरभित्रका व्यावसायिक किसानको मागका आधारमा घाँसको बीउ वितरण गरेको छ । उत्पादनका लागि घाँसको खेती हुन थालेपछि उन्नत जातका पशुपालन गर्ने बढ्दै गएका छन् । किसानले हरियो र सुकेको दुवै घाँस बिक्री गरेर आम्दानी गर्न थालेका छन् । किसानलाई व्यवसायमा सजिलो होस् भनेर गत वर्षदेखि घाँसको बीउ ५० प्रतिशत अनुदानमा वितरण गर्न थालिएको प्रमुख पौडेलले जानकारी दिए । सिंचाइको सुविधा भएका अन्य पालिकामा पनि बरसिम घाँसखेतीका लागि प्रोत्साहन गर्ने सोचाइ राखिएको जिल्लास्थित भेटरीनरी अस्पताल तथा पशु सेवाविज्ञ केन्द्रले जनाएको छ ।

२०७८, २० माघ बिहीबार ०७:५८
कथालिका नयाँ कथा
कथालिका