जनयुद्धमा गुम्यो हात, गुमेन विश्वास – कथालिका

जनयुद्धमा गुम्यो हात, गुमेन विश्वास

जनयुद्धकी घाइते योद्धा झापाकी सुशीला कन्दङ्वा वर्षा

आज फागुन १ गते, जनयुद्ध दिवस । अझ बुझ्ने भाषामा भन्दा नेपालमा परिवर्तनकाको शंखघोष सहित सशस्त्र युद्धको आरम्भ गरिएको दिन । यसबिचमा नेपालमा उल्लेख्य ऐतिहासिक राजनीतिक र सामाजिक परिवर्तन भएका छन् । यसका साथै देशमा जनयुद्ध भएको २७ वर्ष बितिसक्दा पनि युद्धका घाउहरु अझै मेटिएका छैनन् ।
झापा कनकाई नगरपालिका–७ दुर्गापुरकी सुशीला कन्दङ्वा (वर्षा) जनयुद्धकी घाइते योद्धा हुन् । किताब, कलम र कापी च्यापेर विद्यालय जानुपर्ने बेला उनी आफ्नो नभई सबै नेपालीको सुनौलो बिहानीका लागि क्रान्ति तय गरिन्।

विसं २०३८ माघ १० गते तेह्रथुम आठराई–५ छातेढुङ्गा (तत्कालीन छातेढुङ्गा गाविस–६) मा जन्मिएका उनी सानैदेखि हक्की र निडर स्वाभावकी थिए । थिचोमिचो नसहने र नगर्न दिने क्रान्तिकारी स्वभाव उनको विशेषता नै हो । त्यसमा पनि तेह्रथुमको आठराई कम्युनिष्टहरूको जग भएको ठाउँ । “गाउँमा साना–ठूला कार्यक्रम भइरहन्थे”, सुशीला भन्छिन्, “आठराईमा कम्युनिष्टहरूको प्रभाव धेरै थियो, कम्युनिष्टका गतिविधि धेरै हुन्थ्ये त्यतिबेला ।”

आठ वर्षको हुँदा विसं २०४६ को आन्दोलन सफल भएपछि ¥यालीमा सहभागी भएको उनको स्मरण ताजै छ । “मलाई दाजु–दिदीहरूले ¥यालीमा लानुभएको थियो”, आठ वर्षको हुँदाको बाल्यकालीन अतीत सम्झँदै उनले भने, “त्यतिबेला एक घण्टाको बाटो सकिनसकी हिँडेकी थिएँ, त्यसपछि हरेक गतिविधिमा सहभागी भएर अनेरास्ववियुमा संलग्न हुँदै राजनीतिक जीवन अघि बढाएँ ।”

सुशीलाका बुवा कट्टर कम्युनिष्ट थिए । पारिवारिक पृष्ठभूमि कम्युनिष्ट भएकाले पनि उनलाई कम्युनिष्ट आन्दोलनमा लाग्न प्रेरणा मिल्यो । सानै भए पनि कम्युनिष्ट राजनीति बुझेकाले उनको मन त्यता तानियो । पत्रपत्रिका पढ्न रुचि राख्ने सुशीलाले विद्यालयको पुस्तकालमा ‘नारी बन्धन र मुक्ति’ भन्ने पुस्तक पढिन् । त्यसपछि उनलाई राजनीतिक क्रान्तिमा होमिन थप हौसला मिल्यो ।

“हाम्रो परिवारमा महिलालाई त्यस्तो छेकबार थिएन, प्रायः जनजातिमा महिलालाई त्यस्तो बन्धनमा राखिँदैन”, उनले भनेभन्नुभयो, “तर, हाम्रो समाज त्यस्तो थिएन, धेरै महिला दिदीबहिनी शोषण र दमनमा पर्नुभएको थियो, महिला मुक्तिका लागि पनि म विद्रोहमा समाहित भएकी हुँ ।”

माओवादी धनीलाई लुट्ने, ठग्ने, मार्ने, महिला केटाकेटीलाई देख्नेबित्तिकै लाने पार्टी हो भनेर उहाँले सुन्नुभएको थियो । दाजु र दिदीसँग बुझ्दै जाँदा गरिबको पार्टी भन्ने थाहा पाएपछि माओवादीमा लाग्न प्रेरणा मिलेको उनेको भनाइ छ । “दाजु–दिदी पार्टीको सम्पर्कमा आइसक्नुभएको रहेछ”, उनी भन्छिन्, “त्यसपछि उहाँहरुबाटै सबै कुरा बुझियो ।”

महिलाको साँघुरो घेरा हटाउन, नारी मुक्ति र गरिब धनीको विभेदको खाडल अन्त्य गर्न मूल जरो नै राज्यसत्ता परिवर्तन नगरी नहुने बुझेपछि १७ वर्षको किशोरावस्थामै तत्कालीन नेकपा माओवादीको पूर्णकालीन सदस्य बनिन् । विसं २०५६ मा माओवादी आवद्ध उहाँ विसं २०५७ जेठदेखि हतियारबद्ध भएर हिँड्न थालेकी हुन्। युद्धमा होमिँदा उनी कक्षा ९ मा पढ्दै थिइन् । विसं २०६२÷६३ को खुला राजनीतिक परिवेशपछि मात्र एसएलसी पास गरिन् । विसं २०५८ मा युद्धविराम भएपछि उनी पार्टीको तेह्रथुम जिल्ला कमिटी सदस्य बनिन् ।

हात गुम्दाको क्षण उनकै शब्दमा, “फौजी कारबाही गोपेटार हान्ने कुरा थियो, युद्ध मोर्चामा सहभागी भएर भिडेर आएका नौ जना घाइतेलाई हाम्रो जिल्ला पार्टीलाई जिम्मा लगायो, बाटोमा उपचार गर्दै लैजाँदा मुभ गर्ने बेलामा मङ्सिर १४ गते सेनाले चौतर्फी घेरा हालेर आक्रमण ग¥यो, घाइते भएका नौ मध्ये एक जना रोशनसहित सबै बित्नुभयो, हामी बसेको सेल्टरमा जम्मा ३१ जना थियौँ । घाइतेसहित १७ जना बित्नुभयो, म घाइते भएँ, दुवै हात र एउटा खुट्टामा गोली लाग्यो, देब्रे हात छियाछिया भयो, त्यहाँबाट भागेर ओढारमा गएर लुकियो, हातमा नशा थियो तर उम्किने अवस्था थिएन, चारैतिरबाट सेनाले घेरा हालेको थियो ।”

त्यतिबेला अस्पताल पनि जान सक्ने अवस्था नरहेको उनी बताउछिन्। “त्यहाँबाट उपचारका लागि पाँचथर पु¥याइयो, पाँच–छ दिन भइसकेकाले हात कुहिसकेको थियो, हड्डी पूरै फुटेको थियो, तर नशाचाहिँ थियो, पाँचथरमा प्राथमिक उपचारपछि बल्ल तीन महिनामा सुनसरीको धरानमा आएर शल्यक्रिया गरियो, त्यसपछि छ महिना जति आराम गरियो”, जीवनको कठिन संघर्ष र पीडाको क्षण सम्झिन्छन् ।

सेनाको गोली लागेर घाइते हुँदा पानी पनि खान नपाएको त्यो समय उनको जीवनको सबैभन्दा कठिन समय थियो । “भोक–प्यास र शारीरिक पीडा १ सोच्दा पनि आङ सिरिङ हुन्छ”, उनले भनिन्, “यो मेरो युद्धकालीन समयको सबैभन्दा पीडादायी समय थियो ।” आफूले कष्ट सहे पनि आज नेपाली जनताले गणतन्त्र पाएकामा उनलाई खुसी लागेको छ । “अहिले सामाजिक, आर्थिक, राजनीतिक क्षेत्रमा विभिन्न लिङ्ग, क्षेत्र, समुदायमा पहुँच स्थापित हुँदै गएकामा खुसी लागेको छ”, उनले भने, “सङ्घर्ष सफल भएको आभाष भएको छ ।”

विसं २०६४ मा संविधानसभा सदस्य बनेकी उनको पहिलो मुद्दा नै महिला समानता थियो । एउटा हात गुमाए पनि संविधान लेख्न सफल भइन्। संविधानमा उनको माग ५०–५० प्रतिशत हो, तर ३३ प्रतिशत मात्र भए पनि महिला सहभागिता सुनिश्चित भयो, सबै जातजातिले समान अधिकार स्थापित भयो । त्यसलाई उनी महान् जनयुद्धको सफलता ठान्छिन् ।

२०७८, १ फाल्गुन आईतवार ०६:०९
कथालिका नयाँ कथा
कथालिका