‘सरकार ! के गरेर खाम’ – कथालिका

‘सरकार ! के गरेर खाम’

‘सर्टिफिकेट छ डिग्री पासको
न त गासको न टुङ्गो बासको
मैले के गरेर खाम
देशमै भोकै बसम् की
खाडीतिर पसम् की
सरकार ! लौन निधो पाम।

शैक्षिक प्रमाणपत्र धितो राखेर ऋण झिक्न गएका युवा र बैंकका कर्मचारीबीचको संवादबाट उठान भएको गीत ‘सरकार १ के गरेर खाम’ को पहिलो तुक्का हो, यो । बैंकले ऋण नपत्याएपछि ती बेरोजगार युवा सरकारसामु प्रश्न गर्छन् ।

‘पढेकी हुँ बेचेर खेतबारी
अहिले खान पुग्दैन पेटभरी
मैले के गरेर खाम’

सर्टिफिकेट राखेर ऋण झिक्न पाइने सरकारी निर्णय सुनेर बैंकमा पुगेका युवालाई कर्मचारीले धितो÷आयस्रोत नभई ऋण दिन नसिकने भन्दै रित्तो हात फर्काउँछन् । उल्टै सरकारसँग गएर ऋण माग्नु भनेर रुखो जवाफ लगाउँछन् ।

गीतमा प्रयुक्त संवादले शैक्षिक कर्जा कार्यान्वयनमा देखिएको सकसलाईसमेत दर्शाउँछ । यसरी देशमै स्वरोजगार बन्नबाट बञ्चित शिक्षित युवाको मनोदशा र त्यसले उब्जाएका प्रश्न गीतमा मुखरित छन् । गीतको रचना गर्भ पनि यही हो ।

सिर्जना गर्दा जहिल्यै जनजीवनका मुद्दा रोज्ने लोकगायक विष्णु खत्री र गायिका सजना बास्तोलाद्वारा स्वरबद्ध यस गीत युट्युबमा सार्वजनिक भएको भर्खर २४ घण्टा बितेको छ । ‘विष्णु खत्री’ युट्युब च्यानलबाट सार्वजनिक गीतको म्यूजिक भिडियोले विस्तारै ‘भ्यूज’ पनि बटुल्दै छ ।

सर्जक तथा गायक खत्रीले गीतको मार्फत् नेपालमा व्याप्त शैक्षिक बेरोजगारीको समस्यालाई उजागर गर्न खोजिएको बताउनुभयो । “नागरिकलाई गास, बास, कपास, स्वास्थ्य, शिक्षा र रोजगारी दिलाउनु सरकारको दायित्व हो”, उहाँले भन्नुभयो, “यिनै मुद्दामा गीत लक्षित छ, कोही बेरोजगार नहोस, उत्पीडनमा पर्नु नपरोस्, राज्यले अभिभावकत्व लिइदिओस् ।”

स्वदेशमा रोजगारीको अभावले अहिले पनि दैनिक सयौँ नेपाली युवा विदेश भौँतारिनुपर्ने स्थिति छ । शैक्षिक जनशक्ति पलायन पनि उत्तिकै छ । समृद्ध, समुन्नत र न्यायपूर्ण समाज र देश निर्माणमा पनि गीतले सिर्जनात्मक खबरदारी गरेको लोकगायक खत्रीले सुनाउनुभयो ।

म्यूजिक भिडियोमा कलाकार विनोद न्यौपाने र जुना सुन्दासले गरेको अभिनयले गीतबाट दिन खोजेको सन्देशलाई सरल तर कलात्मक ढङ्गले प्रस्तुत गरेको छ । लोकसङ्गीत क्षेत्रका चर्चित गायक÷सर्जक खत्रीका यसअघि पनि सामाजिक विषयवस्तुमा आधारित कैँयन गीत सार्वजनिक भइसकेका छन् ।

उहाँका ‘भरिया दाइ’, ‘अन्तरजातिय विवाह’, ‘कि सास चाहियो, कि लास चाहियो’, ‘जम्मु कश्मिरमा’, ‘किसानी दाइ’, ‘आमा म मरेको छैन’ लगायतका गीत स्रोता÷दर्शकमाझ लोकप्रिय छन् । जिल्लाको गलकोट नगरपालिका–७ मल्ममा जन्मनुभएका खत्री दुई दशकदेखि लोकसङ्गीतमा सक्रिय हुनुहुन्छ ।

२०७८, २० फाल्गुन शुक्रबार १६:१५
कथालिका नयाँ कथा
  •  देवतालाई आराम

    देवतालाई आराम

    • सोलखुम्बु
    यो चलनलाई कतिपयले रूढीवादीको संज्ञा दिने गरेका छन्। यसलाई तोड्न धेरैले कोसिस गरे तर ठूला…
  •  अयरपानीः दुई जिल्लाको एक साझा घरबास

    अयरपानीः दुई जिल्लाको एक साझा घरबास

    • पोखरा
    स्याङ्जा र कास्की सीमानाको यो गाउँको मेलमिलाप यहाँको सुन्दर विषेशता हो । होम-स्टे सञ्चालनमा आइसके…
  •  सिपले सफल हर्कबहादुर

    सिपले सफल हर्कबहादुर

    • पोखरा
    हर्कबहादुर यदि सही समयमै तालिम नलिएको भए ऋण खोजेरै भए पनि विदेश जानुपर्ने बाध्यताको लहरमा…
  •  मनाङ गाउँ

    मनाङ गाउँ

    • पोखरा
    हिमाल पारिको जिल्ला मनाङको मनाङ ङिस्याङ गाउँपालिका–६ स्थित मनाङ गाउँ । प्रसिद्ध अन्नपूर्ण चक्रीय पदमार्गमा…
कथालिका