कोही नभएकाको सहाराः कोसी गाउँपालिका – कथालिका

कोही नभएकाको सहाराः कोसी गाउँपालिका

सुनसरीको कोसी गाउँपालिका–२ का २१ वर्षीया सम्झना कुमारी मण्डलको आमाबुबा छैनन् । नौ वर्ष अगाडि बुबा र चार वर्ष अगाडि आमाको मृत्यु भएको सम्झानको आर्थिक अवस्थासमेत दयनीय छ ।

आमाबुबा नभएपछि सम्झना काकाको शरणमा बस्दै आएकी थिइन् । दिदीबहिनी गरेर पाँच छन् । परिवारको सबै सदस्यको आर्थिक अवस्था कमजोर भएका कारणले सम्झनाको बिहे गर्ने उमेर हुँदा पनि कसरी विवाह गर्ने भने चिन्ताले सबैलाई सताइरहेको थियो । तर कोसी गाउँपालिकाको कार्यालयले सम्झनाको विवाहमा सबै खर्च दिएपछि मण्डल परिवार खुसीे भएका छन् ।

आर्थिक अवस्था कमजोर भएका परिवारलाई पछिल्लो समय कोसी गाउँपालिकाले निःशुल्क विवाह गरिदिएपछि अहिले त्यस क्षेत्रका गरिब, अति विपन्न र न्यून आय भएका परिवारले छोरीको कसरी विवाह गर्ने भने चिन्ताबाट मुक्त हुँदै गएको छ । गाउँपालिकाको कार्यालयले आर्थिक वर्ष २०७६/७७ सालदेखि ‘सामूहिक विवाह कार्यक्रम’अन्तर्गत उमेर पुगेका र आर्थिक अवस्था कमजोर भएका परिवारलाई गाउँपालिकाको खर्चमा विवाह गर्ने कार्यक्रम सञ्चालन गरेपछि धेरै खुसी भएको सम्झनाका काका शम्भु मण्डलले बताइन्।

कोसी गाउँपालिकाको अध्यक्ष अयुव अन्सारीको विषयमा विभिन्न किसिमको जातीय अफवाह फैलाएको भए पनि जनप्रतिनीधि भएपछि उनमा कुनै किसिमको जातीय विभेद् नभएको र सबैको साझा अध्यक्ष भएको जस्तो महसुस भएको उनको भनाइ छ । पछिल्लो समय कोसी गाउँपालिकाले सुरु गरेको सामूहिक विवाह कार्यक्रम निकै प्रभावकारी रहेको र आउने दिनमा समेत यस कार्यक्रमलाई निरन्तरता दिनुपर्नेमा कोसी गाउँपालिका-२ का समाजसेवी ध्यानी मण्डलले बताइन् ।

आर्थिक अवस्था कमजोर भएका व्यक्तिको उमेर पुगेका छोरीका लागि यस कार्यालयले ल्याएको सामूहिक विवाह कार्यक्रम उदाहरणीय भएको छ । आउने दिनमा सबै वर्गलाई समेट्ने गरी यस्ता किसिमको कार्यक्रमलाई अगाडि बढाउनुपर्ने स्थानीय समाजसेवी कुसुमलाल मण्डलले बताउछन्।
कोही नभएका परिवारलाई महसुस नहोस् की मेरो कोही छैन भनी गाउँपालिकाले गरेको कार्यक्रम सराहनी रहेको र आउने दिनमा सबै वडामा यस्ता किसिमको कार्यक्रमलाई निरन्तरता दिनुपर्ने स्थानीयवासी सदानन्द मण्डलले बताए ।

आफूहरुले चारदेखि पाँच जनासम्मको जोडीलाई एकै ठाउँमा राखेर सामूहिक विवाह गर्ने उद्देश्यले यो कार्यक्रम ल्याएको भएपनि विशेष गरेर तराई–मधेश क्षेत्रमा आफनै घरमा विवाह गर्न मन पराउने गरेको भएपनि घरमै विवाह गर्नेलाई गाउँपालिकाको सहयोग उपलब्ध गराउँदै आएको गाउँपालिकाका अध्यक्ष अयुव अन्सारीले बताए। विवाह गर्नका लागि जसलाई आर्थिक अवस्था कमजोर छ, त्यसको सहारा कोसी गाउँपालिका रहेको अध्यक्ष अन्सारीको भनाइ छ ।

पछिल्लो समय गाउँपालिकाले ल्याएको सामूहिक विवाह कार्यक्रमको चौतर्फी सरहाना भइरहको छ, भने यस्ता किसिमको कार्यक्रमले आर्थिक अवस्था कमजोर भएको समुदायले उमेर नपुगेर गर्ने बालविवाहलाई रोक्नका लागि समेत मद्दत पुगेको सरोकारवालाले बताएका छन् । त्यसैले गाउँपालिकाले टुहुरा, अति विपन्न, आर्थिक अवस्था कमजोर भएर विवाह गर्नबाट वञ्चित भएका छोरीहरुका लागि ल्याएको सामूहिक विवाह गर्ने कार्यक्रमबाट अन्य पालिकाले समेत पाठ सिक्न जरुरी रहेको स्थानीय सरोकारवालाले बताएका छन् ।

२०७८, २१ फाल्गुन शनिबार १३:२४
कथालिका नयाँ कथा
  •  देवतालाई आराम

    देवतालाई आराम

    • सोलखुम्बु
    यो चलनलाई कतिपयले रूढीवादीको संज्ञा दिने गरेका छन्। यसलाई तोड्न धेरैले कोसिस गरे तर ठूला…
  •  अयरपानीः दुई जिल्लाको एक साझा घरबास

    अयरपानीः दुई जिल्लाको एक साझा घरबास

    • पोखरा
    स्याङ्जा र कास्की सीमानाको यो गाउँको मेलमिलाप यहाँको सुन्दर विषेशता हो । होम-स्टे सञ्चालनमा आइसके…
  •  सिपले सफल हर्कबहादुर

    सिपले सफल हर्कबहादुर

    • पोखरा
    हर्कबहादुर यदि सही समयमै तालिम नलिएको भए ऋण खोजेरै भए पनि विदेश जानुपर्ने बाध्यताको लहरमा…
  •  मनाङ गाउँ

    मनाङ गाउँ

    • पोखरा
    हिमाल पारिको जिल्ला मनाङको मनाङ ङिस्याङ गाउँपालिका–६ स्थित मनाङ गाउँ । प्रसिद्ध अन्नपूर्ण चक्रीय पदमार्गमा…
कथालिका