पुरुष गीतः बदलिँदो समाजको कथा – कथालिका

पुरुष गीतः बदलिँदो समाजको कथा

  • समाजमा बढ्दै गएको बेरोजगारी र यसले निम्त्याएको पुरुष बेश्यावृत्तिको बिषयले मेरो ध्यान खिच्यो । मलाइ त्यो गीत दृश्य पर्दामा उतारेर समाजको ऐना बनेर बनाएर देखाउन मन लाग्यो । जसलाई नाम दिए–‘पुरुष’ । यो बदलिँदो समाज र बाध्यताको कथा हो ।

हरितालिका तीज नजिकिँदो छ । असारदेखि नै महिला सम्बन्धि गीतहरु आइरहेका छन् । यो कुनै नयाँ, नौलो र अस्वभाविक विषय पनि होइन । भाद्र महिनामा आउने महिलाहरुको महान पर्व तीजले महिलाहरुमा छुट्टै उत्साहको उभार ल्याउँछ । तर, यही सेरोफेरोमा बजारमा पुरुष नामक गीत सार्वजनिक भयो । अहिले चलिरहेको ट्रेन भन्दा भिन्न विषयको गीत आखिर केका लागि ? के फरक विषयका नाममा कन्टोभर्सी सिर्जना गरेर लोकप्रियताको रहर हो ?

पुरुषः
पुरुषलाई अब कहिले अधिकार मिल्ला
व्यथा सुनाउ भिराइदिन्छन् नामर्दको बिल्ला
यो समाजमा पुरुषलाई, बाँच्नै गाह्रो भाछ
कति गाह्रो भाछ भन्ने, परेकालाई थाछ

महिलाः
नारीका रहर हुन्छन्, नारीका नि मर्म
न त पैचो लिन मिल्ने, न त चल्ने पर्म
यो समाजमा महिलालाई, बाँच्नै गाह्रो भाछ
कति गाह्रो भाछ भन्ने, परेकालाई थाछ

मान्छे जन्मनु र मर्नु प्राकृतिक विषय हो । यो कसैले चाहेर या नचाहेर बदल्न सकिन्न । तर, समाजमा आफू स्थापित हुने कुरा आफ्नो फरक क्षमता, सिर्जना, समाज प्रतिको गहिरो चिन्तन, अध्ययन, साधना हो ।

समाजमा अरुले जे गरेको छ, त्यही कुरा पस्केर जिवन्त सफलता र सन्तुष्टि सम्भव छैन । समाजमा अरु भन्दा फरक बन्ने होइन, समाजका बिकृति, विसंगति, बेथितिहरुलाई कला मार्फत फरक शैलीमा प्रस्तुत गर्ने ध्येय सानै देखिको हो ।

त्यही समाजमा बढ्दै गएको बेरोजगारी र यसले निम्त्याएको पुरुष बेश्यावृत्तिको बिषयले सर्जक नकुल ढकालको ध्यान खिच्यो । त्यो गीत दृश्य पर्दामा उतारेर समाजको ऐना बनेर बनाएर देखाउन मन लाग्यो । सोही अनुरुप मैले केही शब्दहरु सिर्जना गर्ने सोच बनाए । सोच्दै जाँदा एक किसिमको स्कृप्ट बन्न पुग्यो । सोही स्कृप्टको आधारमा शब्दहरु तयार हुन पुग्यो । जसलाई  नाम दिए–‘पुरुष’ । उनी भन्छन्,- ‘यो बदलिँदो समाज र बाध्यताको कथा हो ।’

यो सृजना तयार भए पनि अडियो र भिडियोमा उतार्न चुनौति थियो । केही कलाकारहरुले यो सिर्जनाको प्रोजेक्टमा समावेश हुन चाहेनन् । सायद उनीहरुलाई लाग्यो कि यो गीतले कन्टोभर्सीमा परिन्छ । उनले गीतको रचनागर्भबारे फेहरिस्त सुनाउदै भने,  ‘वास्तवमा यो पछिल्लो समय देखिएको बिकृत र प्रवृत्तिजन्य सामाजिक समस्या हो । यसबाट सिर्जित बाध्यता र बिकृतिलाई यस गीत र भिडियो मार्फत देखाउने कोसिस हाम्रो हो । पुरुषको मात्र विषय राख्दा पुरुषवादी, पूर्वाग्रही र एकल चिन्तनको आरोप लाग्ला भन्ने भए पछि महिलाको विषय र पक्षको गीत पनि जोडेका हौ । पुरुषका भन्दा महिला नै बढी बिभेद, उपेक्षा, अपमान र हिंसामा परेको सत्य हो । यो विषय पटक पटक बाहिर आइरहेका छन् पनि, मैले चाही अलि समाजमा समस्या बढ्दो क्रममा रहे पनि खुलेर बोल्न र बहस गर्न डराइएको विषय पुरुषको भएकाले यसलाई बहस, चिन्तनका लागि गीत बनाउने निर्णयमा पुगेको हुँ ।’

अन्ततः लोकप्रिय कलाकार थानेश्वर गौतम जीले यो सिर्जनामा संगीत भरिदिनु भयो । पहिलो खुड्किलोबाटै संरक्षकको भूमिकामा स्मिता स्नेह इन्टरटेन्टमेन्टका संचालक राजेन्द्र खत्रीले सकारात्मक सहयोग र सहकार्य गर्नुभयो । त्यसपछि हाम्रो टिमले थप अध्ययन गरेर सम्भावित कन्ट्रोभर्सी उत्पन्न नहुने र सबैले स्विकार्न सक्ने दृश्य निर्माण गरेर एउटा पुरुषको पीडालाइ पर्दामा उतार्ने तयारी गरियो । सोँच्दै जादा महिलाका पनि समस्या नभएका त होइनन्, कुन बिषयलाई समाबेश गराउन सकिएला त भनेर सोच्दै जाँदा प्रदेशीहरुको परिवार प्रति ध्यान तानियो । र सोही अनुरुप मैले शब्दहरु तयार गरेको उनको कथन छ ।

गीत तयार गरेर जब युट्युबमा अपलोड गरियो । हामीहरु अर्को अचम्मको सामना गरिरहेका छौ । त्यो के हो भने युट्युबमा कमेन्ट ९९.९९ प्रतिशत त पुरुषहरुका मात्र कमेन्टहरु आइरहेका छन् । आखिर किन यस्तो भो ? महिलाहरुले प्रतिक्रिया किन लेखेनन् या किन हिच्किच्याएँ ? के पुरुषवादी गीत लेखेका कारण यस्तो भएको हो ?

आखिर एक जना पुरुषको जीवन बिग्रदा उसको परिवारमा नारीहरुको (आमा, दिदी बहिनी वा श्रीमतीको) जीवन खुशी हुन सक्छ ? ढकाल भन्छन्,  ‘म साँेच्दै छु र दाबी पनि छ कि आखिर यो गित त लोकप्रिय हुनुपर्ने हो । कहाँनेर चुकेँ म ? के भिडियोको दृश्यले मन छुन नसकेको हो ? तर, जति प्राप्त प्रतिक्रिया छन् । सकारात्मक छन् । धन्यवाद सहितका उत्साहप्रद छन् । यही कारणले अरु थप सिर्जना गर्न उत्प्रेरणा मिल्नेछ ।’

स्मिता स्नेहा इन्टरटेन्मेन्टको युट्युव मार्फत सार्वजनिक यो गीतमा कलाकार थानेश्वर गौतम र कमला पोखरेलले आवाज भरेका छन् । स्मृति तिमिल्सिनाले निर्देशन गरेको गीतको म्युजिक भिडियोमा चर्चित कलाकार प्रिति आले, ज्योती मगर, निक्स शर्मा लगायतले अभिनय गरेका छन् ।

उसो त सर्जक ढकाल तीनै पात्र हुन् जसले यसअघि पनि दोहोरीको राजा, मुखियाको नाती, उखान, महारानीको माइती यात्रा लगायत गीत सिर्जना गरेका छन् भने जोवान, चौतारीको बर लगायतका हिट गीत रचेका छन् । र सर्जक ढकालले यो गीतको यसरी बिट मारेका छन्ः-
महिलाः
बिहे गरी जिस्काएर दुई दिनमा छाडी
आधा करोड युवा पुगे युरोप अनि खाडी
पुरुषः
न त हार, न पुरुषको जित
नीति, निर्माण गर्नेले नै गल्ती गरे कि त

गीतको म्युजिक भिडियो तल उपलब्ध छ ।

 

-गीतका सर्जक नकुल ढकालसँग गरिएको कुराकानीमा आधारित । 

२०७९, ३ श्रावण मंगलवार १२:५७
कथालिका नयाँ कथा
कथालिका