आहा ! पोखरा पुम्दिकोट – कथालिका

आहा ! पोखरा पुम्दिकोट

माछापुच्छ्रे फेवातालमा,पौडी खेल्दो रैछ
पोखरा त साँच्चिकैको, पोखरा नै रैछ
पोखराको मनमोहकतामा प्रेमप्रकाश मल्लले सिर्जना गरेको यो गीतले धेरे कुरा बोल्छ । लेकसाइड, फेवाताल मात्र हेरेर आहा पोखरा भन्ने धेरै छन् । तर, पोखरा भित्रका सुन्दरता र पर्यटकीय गन्तव्य स्थल यति धेरै छन् कि यसको असली स्पर्श गर्न दिनले पुग्दैन, महिनौ लाग्छ ।

पोखरा महानगरपालिकाको वडा नम्बर-२२ मा अवस्थित पुम्दिकोट एक आकर्षक पर्यटकीय स्थल हो । यहाँ रहेको ५२ फिट अग्लो शिव मूर्ति मुख्य आकर्षणका रूपमा छ । सनातनकालदेखि भूमेश्वर महादेवको मन्दिर रहेको पोखरा–२२ को पुम्दीकोटमा यस ५२ फिट उचाइको सोही नामको महादेवको मूर्ति स्थापना गरिएको हो । सो कार्यको लागि आठ हजार वर्गफिटको गोलाकार जगमा यो मुर्ति निर्माण भएको छ ।


पुम्दिकोट हाल धार्मिक पर्यटकको गन्तव्य स्थलका रूपमा विशिष्ट पहिचान बनाएको छ भने आन्तरिक र बाह्य पर्यटकको लोकप्रिय गन्तव्य बनेको छ ।
नेपाल सरकारले उपलब्ध गराएको २२ रोपनी जग्गाको परिसरको भुइँतल्लामा ध्यान केन्द्रसहित गोलाकार जगको वरिपरि १०८ वटा शिव लिङ्ग, दोस्रो तल्लामा गणेशद्वारा शिवलाई परिक्रमा गर्दै गरेको मूर्ति राखिएको छ । सौर्य ऊर्जा विधिद्वारा सो परिक्रमा निरन्तर रुपमा जारी रहनेछ । तेस्रो तल्लामा फाइबर ग्लासको पद्मासन अवस्थाको महादेवको मूर्ति स्थापना गरिएको छ ।

यसरी पुग्न सकिन्छ पुम्दिकोट
पोखराको छोरेपाटनबाट सात किलोमिटर दक्षिण पश्चिममा अवस्थित उक्त स्थलमा पुग्नका लागि नगर बससमेत सञ्चालन हुने गर्दछ ।
पदयात्राका लागि पोखराको रानीवन, पुम्दीकोट, भुम्दीकोट, थाप्लेडाँडा हुँदै पञ्चासेसम्मको पुरानो बाटोलाई नयाँ पहिचान दिइ यस स्थानसम्म जानेबाटो निर्माण गरिएको छ ।
हेर्नुहोस् पुम्दिकोटका फोटो फिचरः

२०७९, २१ श्रावण शनिबार १०:००
कथालिका नयाँ कथा
कथालिका