रेमिट्यान्सले ‘खण्डहर’ बन्दै गाउँ – कथालिका

रेमिट्यान्सले ‘खण्डहर’ बन्दै गाउँ

स्वच्छ हावापानी र अनाज दिने यो धरालाई यसरी बञ्जर बनाउनु केवल मान्छेको सुगमताको खोजी, सुबिधाको खोजी मात्र कसरी हुन सक्छ र ? असफल राज्य, अराजक राजनीति, भ्रष्ट नेता र कर्मचारी तन्त्रले होइन र ?

रेमिट्यान्स गाउँले परिचित गाउँ वस्ती मात्र होइन, नेपालका अधिक गाउँ वस्तीको साझा कथा, व्यथा र ताजा अवस्था बनेको छ रित्ता घर, सुनसान गाउँ । बागलुङको रेमिट्यान्स गाउँले चिनिएको एउटा वस्ती छ काठखोलाको बिहुँ । तस्वीरमा देखिएको दृश्य र शब्दमा अभिव्यक्त बिद्यमान कथा केबल काठेखोला र बिहुँको मात्र होइन ।

काठेखोला गाउँपालिकाका अधिकांश गाउँ केही वर्षमा झाडी बन्ने निश्चित हो । १५,१६ जनाको संयुक्त परिवारलाई समेत जन्माउने, हुर्काउने घरहरू अहिले ‘खण्डहर’ बनेका छन् ।
बागलुङको रेमिट्यान्स गाउँले चिनिने बिहुँको तस्वीरमा देखिएको दृश्य र शब्दमा अभिव्यक्त बिद्यमान कथा केबल काठेखोला र बिहुँको मात्र होइन । यो त नेपालका अधिक गाउँ वस्तीको साझा कथा, व्यथा र ताजा अवस्था हो ।

एकाद घरहरूमा बृद्धअबस्थाका बा-आमा भेटिन्छन् । नातिनातिना र छोराछोरी च्यापेर हजुरबा, हजुरआमा, आमाहरू शहरमा वा सुगम भनिने ठाउँहरूमा जान तछाडमछाड छ ।
सुगमताको खोजी मानिसको स्वभाव त हो । तर, के अहिलेका मान्छे चाहानाबस् यसो गरिरहेछन् कि बाध्यताबश ?

गगन अविदित

स्वच्छ हावापानी र अनाज दिने यो धरालाई यसरी बञ्जर बनाउनु केवल मान्छेको सुगमताको खोजी, सुबिधाको खोजी मात्र कसरी हुन सक्छ र ? असफल राज्य, अराजक राजनीति, भ्रष्ट नेता र कर्मचारी तन्त्रले होइन र ?

बन जताततै छ । काठ बनमा कुहेको छ । तर, खाना पकाउन काठ प्रयोग घट्दै जानू र आयातित सिलिन्डर ग्याँसको प्रयोग बढ्नु दुर्भाग्यपूर्ण छ । हाम्रो घरमा त ग्याँस छ। ग्याँसमा पकायो आनन्द । यस्तो भन्दै ग्यांस नहुनेलाई फुर्ती झार्ने समाज बन्नु । नहुनेले नी हिनताभावले किन्न बाध्य हुनु निकै विडम्बना पूर्ण छ ।

स्थानीय अगुवाहरूले बनमा काठ कुहियो । किचेनमा ग्याँस भित्रीयो भन्ने तिर लाग्नु भन्दा पहिले युवाहरूलाई गाउँमै कसरी रोक्ने रु गाउँलाई क्षणिक बृद्दाआश्रम बन्नबाट कसरी रोक्ने र ? बसाईसराईको दलदलबाट कसरी जोगाउनेरु भन्ने तिर उपलब्धि आउने गरेर सोच्न जरुरी छ ।

बाँझो खेतखलियान र बारीहरूलाई सामुहिक खेतिको अवधारणामा लगौं। या बाझो खेतबारिमा अनाज उब्जाउको नीति ल्याउंदै, त्यसमा लाग्ने, लाग्न उद्दतलाई प्रोत्साहन गरौं । विशेष व्यबस्था गरौं । बोर्डिङहरूलाई सामुदायिक विध्यालयमा मर्ज गर्दै स्तरिय सार्वजनिक विध्यालय बनाऔं । गुणस्तरिय पब्लिक लाईब्रेरी बनाऔं । शिवालय देवालयमा धार्मिक लाईब्रेरी बनाऔं । साइन्स एण्ड टेक्नोलोजी घरघर पुराऔं । हरेक घरलाई सिपले सिगारौं । तालीमहरूको व्यबस्था गरौं ।

स-साना लघु उधोग खोलौं । गाउँपालिकाले नै  खोल्न सक्छ । त्यसको केही प्रतिशत स्वामित्व गापाले लिने । केही जनतालाई दिने । उत्पादित सामानहरू गापामै खपत गर्ने ।
अध्ययन अनुसन्धानलाई विशेष जोड दिऔं । सार्वजनिक स्वास्थ्यको बढो ख्याल गरौं । गुणस्तर हिन सामग्रीहरू, खाद्यसामग्रीहरू उत्पादन तथा वितरण गर्ने पसल तथा वितरकलाई प्रतिबन्ध लगाऔं । बेलाबेलामा अनुगमन, ल्याब टेस्ट, ल्याबेलिङ टेस्ट गरौं ।

स्थानीय कला बास्तुकलालाई प्रमोसन र प्रोत्साहन गरौं । कंक्रीटको थुप्रो ठडाउनु, स्टील र फलामका डण्डा तेर्साउनु, जथाभावी डोजर नचाउनु विकास होइन भन्ने जति सक छिटो बुझ्यो उति थप हानी हुन बाट बचिन्छ ।

हाम्रो संस्कृति, सभ्यता, कलालाई जगेर्ना गर्दै गर्दै प्रकृति प्रदत्त विकासनै मौलीक विकास हो । यस्तो विकास खास विकास हो । बास्तुकला प्रयोग गरिगरी दामी मन्दिर बनाको छ । तर त्यसैका सत्तल र भवनहरूमा कंक्रीट र स्टिलको भद्दा प्रयोग छ । गेटहरू, चौताराहरू, गोरेटाहरूरघोरेटा कंक्रीटले जथाभावी पोतेको छ । थेट चेत…?

मन्दिर, सत्तल र पदमार्गहरूमा पैसाको दुहाईदिनु परेको छ । भित्ताहरू जथाभावी शिलालेखले फोहोर गरेको छ । मान्छेहरूले कुन दिन पैसाको प्रयोग गरेर मन्दिरको नामनै आफ्नो बनाईदिने हुन् ? यस्तै लाग्छ । आर्थिक सहयोगका शिलालेखहरू निश्चित ठाउँमा , एकै ठाउँमा व्यबस्थित ठाँउमा राख्ने शिघ्र व्यबस्था गर्न पर्यो । नत्र मन्दिरको मुल मुर्तीमै मुर्ती भन्दा ठूलो शीलालेख राख्दिन्छन् है कुन् दिन पहुँचवाला पैसावालाले ?

पैसा छ । चेतना छैन । विवेकी चेतनाको अभिबृद्दी गरौं ।

२०७९, १० आश्विन सोमबार ०६:१५
कथालिका नयाँ कथा
कथालिका