अपराधको कथाः चार्ल्स शोभराज अर्थात् सिरीअल किलर – कथालिका

अपराधको कथाः चार्ल्स शोभराज अर्थात् सिरीअल किलर

शोभराजविरुद्ध भारत, थाईल्यान्ड, टर्की, इरान लगायतका मुलुकमा गरी झन्डै २० जना भन्दा बढीको हत्यामा संलग्न भएको आरोप छ ।

कुख्यात अन्तर्राष्ट्रिय अपराधीको रुपमा परिचित चाल्स शोभराज १९ वर्षपछि जेल मुक्त भएका छन् ।

बिकिनी किलर, सिरीअल किलर र द सर्पेन्ट आदि विभिन्न उपनामले चिनिने शोभराज फ्रान्सेली नागरिक हुन् । उनका पिता भारतीय मूलका हुन् भने आमा भियतनामी मूलकी हुन् । सन् १९९७ मा रिहा हुनुअघि उनी भारतमा २१ वर्ष कारागारमा बसेका थिए ।

अठहत्तर वर्षीय शोभराजले ४० वर्ष अर्थात् आफ्नो जीवनको आधाभन्दा बढी समय जेलमा बिताएका छन् ।

सर्वोच्चका न्यायाधीशद्वय सपना प्रधान मल्ल र तिलप्रसाद श्रेष्ठको संयुक्त इजलासले बुधबार शोभराजलाई शर्तसहित थुनामुक्त गर्न आदेश दिएको हो । शोभराज सर्वोच्च अदालतको फैसलाले २०६० असोज २ गतेदेखि केन्द्रीय कारागार सुन्धारामा कैदमा छन् । कैद भएको समयमा नै उनले २० वर्षीय युवती निहिता विश्वाससँग जेलमा नै बिहे गरेका थिए ।

१५ दिन भित्र आफ्नो देश फर्काउन आदेश
सुन्धारा कारागारबाट रिहा भएपछि शोभराजलाई अध्यागमन विभाग लगिनेछ । विदेशी नागरिकको हकमा अध्यागमन विभाग बुझाउनुपर्छ । अध्यागमन विभागले जमानीमा केही दिन नेपालमा बस्ने अनुमति दिए शोभराज बौद्धस्थित ह्यात होटलमा बस्ने तयारी गरेका छन् । तर, अध्यागमनले अनुमति नदिएको खण्डमा अध्यागमनको हिरासतमा बसेर विदेश फर्किने प्रकृया थाल्नु पर्ने हुन्छ ।

शोभराजका वकिल गोपाल चिन्तनले अध्यागमनले अनुमति दिएको खण्डमा शोभराजले स्वास्थ्य चेकअपसमेत गराउने छन्।

सर्वोच्च अदालतले बन्दीप्रत्यक्षीकरणको आदेशमा “निरन्तर कैदमा राख्नु कैदीबन्दीको मानव अधिकार मापदण्ड र संविधान, कानुन प्रदत्त अधिकारअनुकूल नदेखिएको” भन्दै रिहा गर्न भनेको छ । आदेशमा “अन्य मुद्दामा थुनामा राख्नु पर्ने नभए निजलाई आजै कैदबाट छाडिदिन तथा यो आदेश भएको १५ दिनभित्र आफ्नो देश फर्काउन आवश्यक व्यवस्था मिलाउन,” भनिएको छ ।

हाल ७८ वर्षका शोभराजको चालचलनमा सुधार आएको र पाँच प्रकारका औषधि सेवन गर्नुपर्ने अवस्थालाई समेत दृष्टिगत गर्दै उनलाई थुनामुक्त गर्नु उपयुक्त हुने अदालतको फैसलामा भनिएको छ ।

कारागार नियमावली, २०२० का अनुसार ७० वर्ष उमेर नाघेका र असल आचरण भएका नेपाली कैदीलाई ७५ प्रतिशतसम्म कैद मिनाहा गर्न सकिने कानुनी व्यवस्था छ ।नेपाली नागरिकलाई जस्तै विदेशी नागरिकको हकमा पनि उक्त व्यवस्था कार्यान्वयन हुनुपर्ने भन्दै उनले कैदमुक्तिको मागसहित पटकपटक निवेदन दिएका थिए । हाल उनले १९ वर्ष कैद अर्थात् ९५ प्रतिशत कैद सजाय भुक्तान गरिसकेको देखिन्छ ।

के थियो अभियोग ?
शोभराजले कैद छुटको माग गर्दै ४ वर्षअघि सर्वोच्च अदालतमा रिट दर्ता गरेका थिए । अमेरिकी नागरिकको हत्या अभियोगमा कसुर दार ठहर भई सर्वोच्चकै फैसलाबाट केन्द्रीय कारागारमा थुनामा रहेका शोभराजले वारेसमार्फत रिट दर्ता गरेका थिए ।

  • एक अमेरिकी नागरिकको हत्या अभियोगमा उनलाई सर्वोच्चले जन्मकैदको सजाय सुनाएको थियो। यसबीचमा २०७१ मा भक्तपुर जिल्ला अदालतले पनि एक क्यानेडिएन नागरिकको २०३२ सालकै हत्या अभियोगमा पनि उनलाई जन्मकैदको सजाय सुनाएको थियो ।

सर्वोच्चले ७८ वर्ष उमेर पुगिसकेको र मुटुको सर्जरी गर्नुपर्ने अवस्था देखिएकोले उनलाई अन्य मुद्दा नभए छाड्न आदेश दिएको हो । शोभराजले १९ वर्ष कैद सजाय भोगिसकेकाले बन्दीप्रत्यक्षीकरणको आदेश जारी गरिदिएको आदेशमा उल्लेख छ ।

२०३२ सालमा एक अमेरिकी नागरिकको हत्या अभियोगमा उनलाई सर्वोच्चले जन्मकैदको सजाय सुनाएको थियो। यसबीचमा २०७१ मा भक्तपुर जिल्ला अदालतले पनि एक क्यानेडिएन नागरिकको २०३२ सालकै हत्या अभियोगमा पनि उनलाई जन्मकैदको सजाय सुनाएको थियो । जन्मकैदमा २० वर्षको सजायको व्यवस्था अनुसार उनले २०८० असोज १ सम्म कैदमा बस्नुपर्ने थियो ।

तर, आफूलाई थुनामा राखिनु गैरकानुनी भएको भन्दै शोभराजले बन्दीप्रत्यक्षीकरणको आदेश माग गरेर निवेदन दायर गरेका थिए । जसमा सर्वोच्च अदालतबाट बन्दीप्रत्यक्षीकरणको आदेश जारी भएको अदालतका प्रवक्ता विमल पौडेलले बताए ।

दर्जनौ देशका २० बढीको हत्या आरोप

शोभराजविरुद्ध भारत, थाईल्यान्ड, टर्की, इरान लगायतका मुलुकमा गरी झन्डै २० जना भन्दा बढीको हत्यामा संलग्न भएको आरोप छ ।

ती घटनाहरू सन् १९७२ देखि १९८२ सम्म भएका थिए। हत्या गरिएका अधिकांश मृतकलाई अचेत बनाउन औषधि दिइएको, घाँटी निमोठिएको, पिटिएको वा आगो लगाइएको बताइन्छ।
तर सन् २००४ सम्ममा ती आरोपहरू पुष्टि हुन नसकेको र नेपालमा नै पहिलो पटक हत्याको अभियोग पुष्टि भएको बताइन्छ ।

सन् २०२० मा बीबीसी र नेटफ्लिक्सले उनीबारे द सर्पेन्ट नामक शृङ्खलाबद्ध वृत्तचित्र बनाएको थियो ।भेष बदल्ने, प्रहरी प्रशासनलाई समेत चकित बनाउन वा प्रभावमा पार्न पोख्त मानिन्छन् ।

भारतमा जेलमै भोज दिएर भागेका शोभराज
फ्रान्सका पर्यटकहरूलाई विष दिएको अभियोगमा दोषी ठहर भएपछि सन् १९७६ मा शोभराजलाई भारतमा २१ वर्षको जेल सजाय सुनाइएको थियो ।

तर जेलमा १० वर्ष बसेपछि उनी १९८६ मा दिल्लीस्थित तिहाड जेलबाट भागेका थिए । आफ्नो जन्मदिनमा उनले जेलभित्र भोज दिएका थिए । त्यसमा सुरक्षाकर्मीहरूलाई पनि निम्तो दिइयो ।

भोजमा बाँडिएको बिस्कुट र अङ्गुरमा निद्रा लाग्ने औषधि मिसाइएकाले खाने जति सबै जना अचेत भएपछि शोभराज र अरू केही कैदी तिहाड जेलबाट भागे । भारतीय पत्रपत्रिकामा प्रकाशित विवरणअनुसार उनले त्यतिबेला जेलको ढोकामा तस्बिर पनि खिचाएका थिए ।

थाईल्यान्ड सुपुर्दगी हुनबाट जोगिने विश्वाससहित उनी त्यसरी जेलबाट भागेको बताइन्छ ।थाईल्यान्डमा पाँच जनाको हत्या गरेको अभियोगमा फैसला हुँदा उनलाई मृत्युदण्ड पनि हुनसक्थ्यो । सन् १९९७ मा जेलबाट मुक्त हुँदा थाईल्यान्डमा मुद्दा चल्ने हदम्याद गुज्रिसकेको थियो। जेलबाट छुटेपछि उनलाई फ्रान्स पठाइएको थियो । त्यसपछि सन् २००३ मा उनी काठमाण्डूमा देखा परेका थिए ।z

जेलबाटै सनसनीपूर्ण अन्तरवार्ता दिए पछि तरंग
विकिनी किलरका रुपमा कुख्यात चार्ल्स शोभराज जेलभित्र रहँदा समेत अन्तर्राष्ट्रिय चर्चाको केन्द्र बनिरहे ।

९ महिनाअघि मात्रै पनि केन्द्रिय कारागारबाटै बेलायती पत्रिका मिरर र डेलिमेललाई तीनदेखि चार हप्तामा छुट्न लागेको भन्दै सनसनीपूर्ण अन्तरर्वार्ता दिएपछि उनी विवादमा आए ।

कारागारका अधिकारीहरुले अनतरवार्ताका लागि भेट गर्न नदिए पछि टेलिफोनमा कुरा भएको मिररका संवाददाता डन वारर्बोटनले बताएका छन् । त्यहीँ कुराकानीले नेपालको गृह प्रशासनमा चाहिँ बबण्डर मच्चायो ।

शोभराजको अन्तर्वार्ता आएपछि कारागार व्यवस्थापन विभागले छानबिन समिति नै गठन गर्नुपर्‍यो । समितिले कारागारभित्र जाली नोट कारोबारी युनुस अन्सारीको ज्यान मार्ने उद्योगमा पनि शोभराज दोषी भएकाले उनी तत्काल नछुट्ने देखिएको बताएको थियो ।शोभराजले चाहिँ आफूलाई भेट्ने जो कोहीलाई छिट्टै छुट्न लागेको दाबी गर्न छाडेनन् । तर, उनको दाबीलाई धेरैले पत्याउन छाडेका थिए ।

शोभराजले रिहाइका लागि लेखेका थिए राष्ट्रपतिलाई पत्र

केन्द्रीय कारागारमा १९ वर्ष २ महिना जेल जीवन बिताएका सिरियल किलर चार्ल्स शोभराजले राष्ट्रपति विद्यादेवी भण्डारीलाई पत्र लेखेको पाइएको छ ।

शोभराजले आफूलाई अन्याय भएको भन्दै फ्रेन्च कानून व्यवसायी इसाबेल काउन्टेन्ट पिट्रेमार्फत राष्ट्रपति भण्डारीलाई पत्र लेखेर आफूलाई नेपालको जेलमा अवैध रुपमा राखिएको बताएका थिए।

शोभराजको तर्फबाट राष्ट्रपति भण्डारीलाई सम्बोधन गरेर २ जेठ २०७८ मा पठाइएको पत्रमा सन् २००३ मा शोभराज पेरिसस्थित नेपाली कन्सुलेटबाट भिसा प्रमाणीकरण भएर नेपाल आएको भनिएको छ ।‘अहिले उनी ७७ वर्ष पुगेका छन् र सन् २००३ देखि थुनामा छन्’, पत्रमा भनिएको छ, ‘जेलमा उनको अवस्था एकदमै असामान्य र आश्चर्यजनक छ ।’ शोभराजलाई जेलमा राख्दा मानव अधिकारका न्यूनतम सिद्धान्तहरु पनि पालना नगरिएको पत्रमा भनिएको छ ।

चर्चित फ्रेन्च कानून व्यवसायी इसाबेलले अलकायदाका फ्रेन्च सदस्य जाकारियस मुस्याउको मुद्दा पनि लडेकी थिइन् । उनी एकपटक फ्रेन्च प्रहरीलाई जर्मनीको खुफिया प्रहरी गेस्टापोसँग तुलना गरेको आरोपमा पक्राउ समेत परेकी थिइन् ।

शोभराज २ असोज २०६० मा काठमाडौंको क्यासिनो रोयलबाट पक्राउ परेका थिए । उनलाई जिल्ला अदालत, भक्तपुरले कर्तव्य ज्यान सम्बन्धी मुद्दामा सर्वस्वसहित जन्मकैदको सजाय सुनाएको थियो । शोभराजले २१ डिसेम्बर १९७५ मा भक्तपुरमा आरमण्ड लरेन्ट क्यारियरे र त्यसको दुई दिनपछि कोनिजो ब्रान्ची नामक युवतीको हत्या गरेका थिए ।

पत्रमा शोभराजका लागि पनि कानून लागू हुने व्यवस्था गरिदिन आग्रह गरिएको थियो । तत्काल शोभराजलाई छाड्न आदेश दिन पनि पत्रमा आग्रह गरिएको थियो । उनलाई छाडेर नेपालस्थित फ्रेन्च दूतावासलाई हस्तान्तरण गरिदिन आग्रह गरिएको थियो ।

पत्रमा नेपालको कानूनले ६५ वर्षमाथिका व्यक्तिको कैद छुट पाउने व्यवस्था गरे पनि शोभराज ७७ वर्ष पुगिसकेको उल्लेख छ ।पत्रमा शोभराजका लागि पनि कानून लागू हुने व्यवस्था गरिदिन आग्रह गरिएको थियो । उनलाई छाडेर नेपालस्थित फ्रेन्च दूतावासलाई हस्तान्तरण गरिदिन आग्रह गरिएको थियो ।

२०७९, ७ पुष बिहीबार ०८:१८
कथालिका नयाँ कथा
कथालिका