आरोहण कथाः खुसी ‘आँसु’ बन्यो, आँसु ‘बरफ’ – कथालिका

आरोहण कथाः खुसी ‘आँसु’ बन्यो, आँसु ‘बरफ’

  • जब सर्वोच्च सगरमाथाको शिखर चुमे । म बेस्सरी रोए, चिच्याए, रुदाँ रुँदै चिसो र हावाले आँखामै आँशु ‘बरफ’ बनिसकेछ ।

जीवनमा एकाएक परेको बज्रपात, कर्तव्य निर्वाहको शिलशिलामा हिँड्दै हिड्दै वैरीले वर्षेको बम बारुद, जो पड्किएर कालो धुवा मात्र उड्दैन । उड्छ एक लाहुरेको अनगिन्ती सपना क्षणभरमै । दुई खुट्टाले हिड्दै गरेका मान्छेको एकाएक धुवामा उड्छ दुवै खुट्टा । र पनि गुम्दैन होश हवास । अनि आज सम्म पनि गुमेन आत्मविश्वास । त्यही आत्मविश्वासले दुवै खुट्टा गुमाउँदा पनि शानदार सर्वोच्च शिखर सगरमाथा चढ्न सफल रहे ४४ वर्षीय हरि बुढा मगर ।

बालापनदेखि आँखै अघि देखिने हिमाल हेरेर शिखर चढ्ने हुटहुटीलाई साकार रुप दिने उनको अठोट मात्रैले पुग्ने अवस्था रहेन । शारीरिक अपांगता, नेपाली पाँच करोड रुपैयाँ भन्दा बढी आर्थिक व्यवस्थापन लगायतका चुनौती एकातिर थियो भने नेपालको पर्वतारोहरण नीति २०५९ ले दुवै आँखा नदेख्ने र दुवै हात खुट्टा गुमाएकाले हिमाल चढ्न नपाउने व्यवस्थाले थप सास्ती, सकस, अनेकन हण्डर ठक्कर खाइरहे । र पनि हरिले हार मानेनन् ।

अन्ततः हरि बुढा मगरले दुवै खुट्टा गुमाए पनि आत्म विश्वास नगुमाउदा असम्भवलाई सम्भव तुल्याए । र चुमे विश्वकै सर्वोच्च सगरमाथा शिखर, बनाए नयाँ कीर्तिमान । उनै कीर्तिमानी आरोही हरि बुढा मगर आशाको आलोक (कर्मयोगीसँग संवाद) गर्ने कथालिकाको दोस्रो श्रृंखलामा । हेर्नुहोस् पुरा भिडियो संवादः

२०८०, १६ जेष्ठ मंगलवार ११:३६
कथालिका नयाँ कथा
कथालिका