कथालिका किन ? – कथालिका

कथालिका किन ?

कथालिका किन ?

पृष्ठभूमि:
प्रविधिको तिब्र विकासको साथ, कुनै पनि क्षेत्र यसको नयाँ रूपहरूमा विकसित हुन अछुतो छैन । इन्टरनेट प्रविधिको विकासले विश्वव्यापी रूपमा सामग्री खपतको तरिकामा ठूलो बदलाव आएको छ । वेबसाइटहरू, ब्लगहरू, सामाजिक मिडिया पोष्टहरू, समाचार पोर्टलहरू, भिडियो र पोडकास्टहरूमा तत्काल लेख, रचनात्मक सामग्री प्रकाशित गर्ने संस्कृति दिन प्रतिदिन विकसित हुँदैछ ।

यही अनुक्रममा जन्मिएको कथालिका एक डिजिटल पत्रिका हो । अलिकति नयाँ सोच, शैलीका साथ यस डिजिटल पोर्टलले उत्कृष्ट, नलेखिएका/नसुनेका कथाहरू ल्याउन चाहन्छ । नामले नै चित्रण गरेझैं, कथालिकाले नेपालको हरेक कुना कुनाबाट रोचक र प्रेरक कथाहरू कभर गर्न आफ्ना सम्पूर्ण मेहेनत खर्चिनेछ ।

अहिले नेपालमा सञ्चालनमा रहेका ३ हजार अनलाइनहरुमा कथालिका लहडमा होइन । देश, समाज र जीवनका कथाहरु गहिरिएर सोध, खोज गर्ने अभिष्ट बोकेर आएको छ । डिजिटल मिडिया र माध्यम मार्फत नलेखिएका÷नभनिएका÷नबोलिएका कथाहरु लेख्ने÷भन्ने प्रयास हो । स्वतन्त्र, गहिरो रिपोर्टिङ गरिएको पत्रकारिता स्वस्थ र सम्बद्ध समाजलाई शक्ति प्रदान गर्ने इन्धन हो । हामी हाम्रो समयको सबैभन्दा महत्वपूर्ण विषयहरू कभर गर्न कोसिस गर्नेछौं, जुन अकथित हुनेछ ।

हाम्रो चासो:
कथालिका हतारको पत्रकारितामा होइन, यसलाई न त ब्रेकिङ समाचारको हतारो हुनेछ, न त कुनै नेताको भाषणको समाचार कभरेजको चिन्ता । ‘सनसनीपूर्ण’ वा ‘भाइरल’ वा भीड वा सस्तो लोकप्रियतामा होइन, चौतर्फी निराशा, नकारात्मक सोच, चिन्तन हाबी भएको नेपाली समाजमा थोरै भए पनि आशा, सकारात्मक सोच, चिन्तन र उत्प्रेरणा जागृत गर्ने एक अभियान हो । छिटो होइन, केही ढिलो तर गहन खोज, अध्ययन, चिन्तन मनन योग्य समाचार सामग्री (शव्द,दृश्य र अडियो) प्रकाशन मूख्य ध्ये हो ।

हामीलाई थाहा छैन कि आजको भिड र भाइरलको दुनियाँमा यस्ता सिर्जनशील, पृथक सोच, अन्वेषण, खोज सहितको समाचार सामग्रीले बजारमा कति चल्न सक्छौ ? यसको हिसाब किताब नगरी समाजमा सिर्जनशील सोच, खोजमूलक समाचार सामग्री सहितको पत्रकारिताको मूल्य स्थापित गर्ने मिशनमा छौ । यसबाट एक कदम अगाडी बढेर हामी आम पाठक र दर्शकहरूमा सकारात्मक सन्देश, ऊर्जा, उत्साह फैलाउने लक्ष्यमा छौ ।

यस पवित्र सोच सहितको अभियान दिग्गज पाठक-दर्शकका लागि नयाँ स्वादको हुने अपेक्षा छ नै, त्यसमा गहन विषय, गम्भीर सवालहरुको खोज, अध्ययन सहितको पत्रकारिता प्रवद्र्धनमा व्यावसायिक प्रतिष्ठान, वित्तीय संस्था, खास खास व्यक्ति, संघ संस्था, कार्यालय लगायतबाट स्वतःस्फुर्त सहकार्य, साथ, सहयोग हुनेमा हामी आशाबादी छौ ।

कथालिका र कथालिकामा किन ?
–शव्द ब्रह्म हो । यसको दुरुपयोग होइन, यथेष्ट उपयोग गर्ने प्रयास गर्छौ ।
–समाचार छिटो होइन, केही ढिलो तर गहन फिचर, स्टोरीहरु मात्र सम्प्रेषण गर्छौ ।
यो हाम्रो पहिचान (ब्राण्ड) र विश्वास हो ।
–व्यवस्था बदलिँदा अवस्था नबदलेका कथाहरु खोज्छौ ।
देश, समाज बदल्न गएकाहरु आफै बदलिएका कथाहरु भन्छौ ।
–समाजका संवेदनशील सवालका कथाहरु श्रृंखलाबद्ध पनि लेख्छौ र बोल्छौ ।
–व्याप्त निराशा र नकारात्मकता बिच सकारात्मक उर्जा, उत्साह भर्ने सामग्री पस्कन्छौ ।
–अहिलेका ‘ठूला’ मान्छेहरु होइन, भूँईमान्छेका कथा प्राथमिकतामा राख्छौ ।
शब्द, अडियो र दृश्य माध्यम मार्फत एकसाथ कथाहरु प्रस्तुत गर्छौ ।
–‘सनसनीपूर्ण’,‘भाइरल’,भीडमा होइन, गहन र प्रेरणादायक कथा सुनाउँछौ ।
–सर्वत्र करोडौं कस्तुरी, रियल हिरो (आइडल)हरु छन्, तीनका कथाहरु खोज्छौ ।
–समाजका खराब पात्र र प्रवृत्तिको रखबारी गर्ने जिम्मेवारी बिर्सिदैनौ ।
–पत्रकारितामा प्रश्न अपरिहार्य छ । फरक भाका र भाषामा प्रश्नहरु सोधिरहने छौ ।
–सामान्य लाग्ने साना तर ठूला अर्थ राख्ने विषय कथा खोज्छौ ।
–कथालिका पृथक सोचका साथ सञ्चालित छ । यसको कसैसँग प्रतिस्पर्धा छैन । अझ राम्रा कथाहरु भन्न केबल आफैसँग प्रतिस्पर्धा हुनेछ ।

कथालिका नयाँ कथा
  •  घान्द्रुकमा घोडा दौडको रौनक

    घान्द्रुकमा घोडा दौडको रौनक

    • २०८१, १ बैशाख शनिबार ०४:००
      कास्कीको अन्नपूर्ण गाउँपालिका–११ उरीका देवेन्द्र श्रीपालीले सानै उमेरदेखि घोडा दौडाउन सुरु गरे । २६…
  •  खबपुः एक अर्गानिक कमेडियन

    खबपुः एक अर्गानिक कमेडियन

    • २०८०, २८ चैत्र बुधबार ०९:५९
    आमा खाम भाषा मात्र बोल्छिन् र बुझ्छिन् । प्लस टु, स्नातक गरेको भन्दा बुझ्दिनन्, १३,…
कथालिका