मध्यपहाडी हाइवेमा दुई करोडको लागतमा होटल ‘गलकोट स्क्वायर’ – कथालिका

मध्यपहाडी हाइवेमा दुई करोडको लागतमा होटल ‘गलकोट स्क्वायर’

पछिल्लो समय युवाहरु विदेश पलायन हुने क्रम रोक्ने प्रयास स्वरुप स्वदेशमा पनि व्यवसाय र रोजगारमुलक कार्यसँग जोडिन थालेका छन् ।

विदेश जाने युवाको जमात बढी होला तर केही युवामा भने स्वदेशमै केही गर्ने हुटहुटी पनि व्यापक रुपमा देखिन थालेको छ । सामूहिक होस् या एकल रुपमा गाउँ ठाउँमै व्यवसाय अँगाल्नुलाई सकारात्मक रुपमा लिनु पर्छ । युवाहरु लाखौँ खर्चिएर विदेश पलायन हुने प्रचलन बढी रहेको समयमा त्यो रकमलाई स्वदेशमै लगानी गर्नु स्वदेश प्रतिको सच्चा स्वाभिमान, दायित्व र योगदान हुने उनीहरु बताउँछन् ।

विदेश नगएकाहरु कोही कृषि, कोही पशुपालन त कोही अन्य व्यापार व्यवसायमा लाग्न थाल्नु सकरात्मक हो । युवाहरुको सत्प्रयासबाट अन्य युवाहरुलाई पनि स्वदेशमै केही गर्न प्रेरित समेत गरिरहेको छ । विदेश जाँदा गर्ने लाखौँ खर्चलाई स्वदेशमै कुनै पनि व्यवसायमा लगानी गर्ने हो त्यसको प्रतिफल स्वदेशमा पनि राम्रो पाउन सकिने उनीहरुको भनाई छ । विदेश जाँदा लगानी गरेको खर्च जोहो नगर्दै रित्तो हात स्वदेश फर्किनु परेको, उस्तै परे मृत्युलाई अङ्गाली बाकसमा फर्किनु परेको नमिठा घटना समेत हुने गरेको छ ।

बागलुङको गलकोट नगरपालिकाका पाँच युवाले आफ्नै गाउँ ठाउँलाई पृथक पहिचान दिलाउने अभिप्रायले संयुक्त लगानीमा गलकोटमा सुविधा सम्पन्न होटल व्यवसाय सुरु गरेका छन् । हिमबहादुर भण्डारी, हिरा भण्डारी, केयरसिंह खत्री, भिमसेन श्रेष्ठ र मनबहादुर खत्री । यी पाँच युवाले गलकोटमा अहिले सम्मकै सबैभन्दा ठूलो सुविधा सम्पन्न होटल संचालनमा ल्याएका छन् ।

हिमबहादुर भण्डारी गलकोट नगरपालिका वडा नम्बर २ का अध्यक्ष समेत हुनुहुन्छ । उहाँ जनताको सेवासँगै व्यवसायलाई पनि सँगै अगाडि बढाउने सोचमा समर्पित हुनुहुन्छ । भण्डारीसँगै अन्य चार जनाले साढे दुई करोड लागनीमा गलकोटकै सबैभन्दा ठूलो र अत्याधुनिक होटल संचालनमा ल्याउनु भएको छ । चार जनाको ५०÷५० लाख लगानी गरेर यो होटल सांचलनमा ल्याउनु भएको हो ।
उहाँहरुले होटलको नाम ‘होटल गलकोट स्क्वायर’ दिनु भएको छ । होटलसँगै उहाँहरुले बेङ्क्वेट समेत संचालनमा ल्याउनु भएको छ । गलकोटमा आउने पर्यटकलाई लक्षित गरि उहाँहरुले यो होटल संचालनमा ल्याउनु भएको हो । पर्यटकीय हिसाबले गलकोट बागलुङमै चर्चित छ । यहाँ आउने पर्यटक राम्रो होटल नपाउँदा बागलुङ र बुर्तिबाङ पुग्न बाध्य छन् । अब यहाँ आउने पर्यटकलाई गलकोटमा राम्रो व्यवस्थानका साथ राख्न सकिने हिरा भण्डारीले बताउनुभयो ।

भण्डारीले विषेश गरि गलकोटमा स्वरोजगार सिर्जना गर्ने र यहाँ आउने आन्तरिक तथा बाह्य पर्यटकलाई व्यवस्थित बसोबासका लागि आफूहरुले ठूलो लगानी गरे होटल संचालनमा ल्याएको बताउनुभयो । उहाँले गलकोटमा व्यवस्थित होटलहरु नहुँदा गलकोट आउने पर्यटकहरु बुर्तिबाङ र बागलुङ जाने गरेको भन्दै उनीहरुलाई गलकोटमै व्यवस्थापनका लागि यो होटलले सहजता प्रदान गर्ने बताउनुभयो ।

‘गलकोटमा व्यवस्थित होटलहरु नहुँदा गलकोट आउने सयौँ, आन्तरिक तथा बाह्य पर्यटकहरु कि बुर्तिबाङ जानुहुन्छ, कि बागलुङ नै फर्किनुहुन्छ, गलकोटमा कम मात्रै बस्ने गर्नुहुन्छ,’ भण्डारीले भन्नुभयो ‘उहाँहरुलाई १/२ दिन गलकोटमै राख्नका लागि हामीले अहिले व्यवस्थित होटलको सुरुवात गरेका छौँ, आशा छ, अब पर्यटकहरुलाई गलकोटमा पनि राख्न सक्ने छौँ ।’

अर्का होटल संचालक हिमबहादुर भण्डारीले पर्यटनसँगै स्थानीय युवालाई रोजगारसँग जोड्ने कोशिस आफूहरुले गरेको बताउनुभयो । उहाँले गलकोटमा धेरै धार्मिक तथा पर्यटकीय स्थलहरु रहेको र वर्षेनी हजारौँ आन्तरिक पर्यटक गलकोट भित्रिने गरेको भन्दै उनीहरुलाई गलकोटमा व्यवस्थित रुपमा राख्ने गरि होटल संचालनमा ल्याइएको बताउनुभयो । यसले पर्यटन प्रवद्र्धनसँगै रोजगारी सिर्जना समेत गर्न टेवा पुग्ने गरेको बताउनुभयो ।

‘व्यवसाय त भइनै हाल्यो, हामीले व्यवसायसँगै पर्यटन प्रवद्र्धन र रोजगर सिर्जना गर्ने हिसाबले यो व्यवसाय सुरु गरेका हौँ, यसले पक्कै पनि गलकोटको पर्यटन क्षेत्रको प्रवद्धर्नलाई ठूलो टेवा पु¥याउने छ,’ भण्डारीले भन्नुभयो ‘हामीले भर्खरै मात्रै यसको ‘स्टाटिङ’ गरेका छौँ, विस्तारै व्यवस्थित बन्दै जाने छ, पर्यटन र रोजगार हाम्रो प्रमुख प्राथमिकतामा रहेको छ ।’

अहिले १० जना युवालाई रोजगारी दिएको भण्डारीको भनाई छ । उहाँले होटललाई थप व्यवस्थापनसँगै कामदार पनि थपिँदै जाने बताउनुभयो । यो होटलमा २५ जनालाई एकै पटक व्यवस्थापन गर्न सकिने छ र १०० जनालाई एकै पटक खाजा खानाको व्यवस्थापन गर्न सकिने होटल व्यवस्थापनले जनाएको छ । विभिन्न कार्यक्रम, विवाह, ब्रतबन्धका लागि हल समेत व्यवस्थित रहेको बताइएको छ ।
होटलले इन्डियन, चाइनिज, कन्टिनेन्टल परिकारहरु उपलब्ध गराउने सक्ने हिरा भण्डारी बताउनुहुन्छ । उहाँले विषेश गरि पाहुनको चाहनालाई मध्य नगर गरि स्थानी स्तरमा रहेका स्रोत साधानको प्रयोग गरिने बताउनुभयो । स्थानीय स्रोत साधानको प्रयोगले ग्रामीण क्षेत्रका नागरिकले उत्पादन गरेका वस्तुहरुले सहज रुपमा बजार पाउने र उपयुक्त मुल्य पाउने भण्डारीको भनाई छ ।

२०७८, १३ मंसिर सोमबार १७:१४
कथालिका नयाँ कथा
  •  खोलामा बगेर गइरहेछ ‘भोटको नुन’

    खोलामा बगेर गइरहेछ ‘भोटको नुन’

    • पोखरा
    मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिका–३ तेताङका ७३ वर्षीय थर्चेन गुरुङले ३० वर्षअघिसम्म नर्साङखोला किनारमा रहेको खानीको…
  •  खानीमा अल्झेको आशा

    खानीमा अल्झेको आशा

    • पोखरा
    सिसाखानी, पाण्डवखानी, छापाखानी, लाम्मेलाखानी, राङ्खानी, भुङ्खानी, खोलाखानी, फलामखानी लगायत थुप्रै खानीका नाम छन् ।पहिले खानी…
कथालिका