लाखौ लगानीमा गाउँमै सामूहिक पशुपालन – कथालिका

लाखौ लगानीमा गाउँमै सामूहिक पशुपालन

६१ लाख लगानीमा जैमिनी नगरपालिका वडा नम्बर ५ बिनामारेमा सामूहिक रुपमा पशुपालन थालिएको छ ।

७७ जनाको समुहले प्रति व्यक्ति ५० हजारको दरले रकम संकलन गरी श्रीकृष्ण कालीगण्डकी पशुपंक्षी तथा कृषि फार्म सञ्चालन गरेका हुन् ।

कोरोना कहरकै बिचमा गाउँमा विदेशबाट फर्किएका, अवकास लिएर बस्नु भएका, रोजगार नभएका यवाहरु मिलेर सामूहिक रुपमा फार्म खोलेर दुध बिक्री सुरु गरेको श्रीकृष्ण कालीगण्डकी पशुपंक्षी तथा कृषि फार्म सञ्चालक समितिका अध्यक्ष दिपेश पौडेलले बताउनु भयो । जैमिनी नगरपालिकाबाट १८ लाख अनुदान र ७७ जनाबाट ५० हजारको दरले रकम संकलन गरी ५४ रोपनी जग्गामा फार्म सञ्चालन गरेको पौडेल बताउनु हुन्छ ।

गाउँमा भएका युवाहरु विदेश पलायन हुने र बजारबाट दुध र दुग्धजन्य चिजहरु किनेर गाउँमा ल्याउनु पर्ने अवस्थालाई ध्यानमा राखेर गाउँमै दुध उत्पादन गरी विक्री गर्ने योजनाका साथ सामूहिक फार्म सञ्चलान गरिएको उहाँको भनाई छ । ‘आफ्नै देशमा गरे के हँुदैन ? हामी सबै मिल्यौ या चाह्यौ भने सम्भव हुन सक्छ, यसका लागि दृढ इच्छा शक्ति र मेहेनत चाहिन्छ,’ पौडेलले भन्नुभयो । यस्तो प्रयासले गाउँमै रोजगारीको समेत सिर्जना हुनेछ ।

असारदेखि पूर्ण रुपमा संचालनमा आएको फार्ममा अहिले १२ वटा भैसी र ४ वटा गाई रहेको छ । पौडेलले भन्नुभयो “अहिले जैमिनीका अधिकांश घरमा हाम्रो फार्मबाट दुध जान्छ, मासिक १ सय २० लिटर दुध विक्री गरेका छौ, हामीले आगामी दिनमा जैमिनीबासीलाई दुध पु¥याएर बागलुङ बजार र कुश्मा बजारमा समेत दुध विक्री गर्ने योजना बनाएका छौ, हामीले दुधबाट बनाउन मिल्ने कुराउनी, दही, घिउ, पनिर पनि अहिले उत्पादन गरेका छौ, बाँकी दिनमा थप दुग्धजन्य पदार्थबाट बनाउने परिकारहरु तयार गर्ने र विक्री गर्ने योजनामा रहेका छौ, कोरोनाको समय भएका कारणले हामीले चाहे जति भैसी, गाई फार्ममा पाल्न नसकेको अवस्था छ ”।
उन्नत जातका भैसी र गाई भारतबाट ल्याउने भनिएता पनि कोरोनाले गर्दा महङ्गो पैसा हालेर पोखराबाट गाई भैसी खरिद गरिएको हो । अहिले गाईको भन्दा भैसीको दुधको माग बढी रहेको छ ।

फार्म संचालन गरेर गाउँकै ३ जना र पोखराबाट २ जना मानिसलाई रोजगार दिएको श्रीकृष्ण कालीगण्डकी पशुपंक्षी तथा कृषि फार्म संचालक समितिका सदस्य कृष्ण बहादुर हमालले जानकारी दिनुभयो । भर्खर मात्र फार्म खुलाएका कारणले फार्ममा अझै धेरै काम बाँकी रहेता पनि आधुनिक गोठ बनाएर गाई, भैसी राखेको पौडेल बताउनु हुन्छ । ‘बाहिरबाट ल्याएका गाई भैसीलाई यहाँको मौसम नमिलेका कारण बिरामी हुने र मर्ने गरेका छन्, हामी संग अहिले सबै गाई भैसी असोज कात्तिकमा दुध दिने छन्, यो सिजनमा गाउँमा सबैको घर घरमा दुध पाउन सकिन्छ,’ उहाँले भन्नुभयो, ‘पौष,माघको समयमा दुधको खडेरी लाग्ने भएकाले अब हामीले ७ वटा भैसी पौष, माघ महिनामा दुध दिने गरी पाल्ने योजनामा छौ । हामीसंग अहिले १ लाख ५० हजार रुपैयाँ सम्म पर्ने भैसी गोठमा छन् ।’

फार्ममा पालिएका गाई भैसीका लागि आफै घाँस उत्पादन गरिएको छ । ‘हामीले १० वर्षको योजना बनाएर फार्म सञ्चालनमा ल्याएका हौ । अझै धेरै काम बाँकी नै छ, फार्ममा गर्न तर सुरुवाती समयमै हाम्रो फार्मको दुधको माग धेरै भएको हामीले महुशुस गरेका छौ,’ उहाँले भन्नुभयो, ‘अहिले हामीले फार्ममै आएर दुध किन्नेलाई १ लिटरको ८० र डेरीलाई बेच्दा १ लिटरको ९० रुपैयाँमा विक्री गर्ने गरेका छौ । हामीले महिना १ लाख ५० हजार खर्च कटाएर आम्दानी गरेको छौ ।’ आगामी दिनमा फार्मलाई थप व्यवस्थापन गरेर अगाडी बढ्ने योजना रहेको हमाल बताउनु हुन्छ । फार्म स्थापित गरेर गाउँबाट विदश पलायन भएका युवाहरुलाई गाउँमै रोजगार र अवसर सिर्जना गर्ने मुख्य लक्ष्य भएको हमाल बताउनुहुन्छ ।

 

२०७८, १४ मंसिर मंगलवार ०५:५७
कथालिका नयाँ कथा
कथालिका