मृत्यु अघिको त्यो अन्तिम नोट – कथालिका

मृत्यु अघिको त्यो अन्तिम नोट

फेसन ब्लगर किरजायदा रोड्रिगेज पेटको क्यान्सरका कारण अल्पायुमै निधन भयो । इन्स्टाग्राममा आधा मिलियन फ्लोअर्सलाई शेयर गर्दै क्यान्सर बिरुद्ध लड्दा रोड्रिगेज ४० वर्षकी थिइन् । उनको निधनबाट फ्यानहरु स्तब्ध भए । जसमध्ये एक फ्यानले लेखका थिएः-“स्वर्गले एक परी पाएको छ ! हामी तपाईंलाई सधैंभरि माया गर्छौं । ”

विश्व प्रसिद्ध फेशन डिजाइनर, ब्लगर एवम् लेखिका किर्जिदाले क्यान्सरबाट निधन हुनुअघि लेखेको नोट सर्वत्र चर्चाको विषय बन्यो । यद्यपि, सामाजिक सञ्जालमा शेयर भएको उक्त सामग्रीमा प्रयोग गरिएको तस्वीर फेक भएको खुलेको छ । पढ्नुहोस् के थियो त्यो मृत्यु अघिको अन्तिम नोटमा ?

१) दुनियाँको सबैभन्दा महँगो ब्राण्डका कारहरू मेरो ग्यारेजमा त्यसै थन्किएका छन् तर, मलाई भने ह्विलचेयरको प्रयोग गरिरहनु परेको छ ।
२) मेरो घर अनेकौं डिजाइनका कपडा, जुत्ता, महँगा सरसामानले भरिएको छ तर, मेरो शरीर भने अस्पतालले दिएको एउटा छोटो पछ्यौरीले मात्र ढाकिएको छ ।
३) बैंकमा मेरो खाताहरूमा रहेको पैसा मेरो पैसा हुन् तर अब त्यो पैसा मेरो लागि कुनै कामको छैन ।
४) मेरो घर एक महल झैं छ तर म अस्पतालमा एक सानो आकारको बिस्तरामा पल्टिरहेको छु ।
५) म एक पाँचतारे होटलबाट अर्को पाँचतारे होटलहरूमा जाने गर्थें तर अब म आफ्नो समय अस्पतालमा एक प्रयोगशालाबाट दोस्रो प्रयोगशालामा जानका लागि बिताइरहेकी छु ।
६) मैले सयौं मानिसहरूलाई अटोग्राफ दिएकी छु तर आज डाक्टरहरूको प्रेस्क्रिप्सन नै मेरो लागि अटोग्राफ भएको छ ।
७) मेरो कपाललाई सजाउनको लागि मसँग सात जना ब्युटिसियनहरू थिए तर आज मेरो टाउकोमा एउटा पनि कपाल छैन ।
८) म एक निजी जेटमा जहाँ चाहे, त्यहाँ उड्न सक्थें तर अब मलाई अस्पतालको बरण्डामा जानको लागि पनि दुई जना मानिसहरू सहयोग लिनु पर्छ ।
९) विश्वमा कयौं प्रकारका खाद्यान्नहरूमा मेरो पहुँच छ तर अहिले मेरो आहार दिनमा दुई गोली र रातमा दुई थोपा तितो औषधि मात्र रहेको छ ।|

यो घर, यो कार, यो जेट, यो फर्निचर, यति धेरै बैंक खाताहरू, यति धेरै प्रतिष्ठा र प्रसिद्धि, यिनीहरु अब मेरो लागि कुनै कामका छैनन् । यी मध्ये कुनैले पनि मलाई थोरै भए पनि अब आराम दिन सक्दैनन् ।

मृत्यु भन्दा अधिक सत्य केही पनि छैन रहेन । सबै सँग मीठो बोलौ । धनको घमण्ड नदेखाउ । सबैलाई समान व्यवहार गरौ । यही नै जीवन हो नि । मरेको दिन पनि अहो ! कति मजाको हसिलो, सहयोगी, सरल मान्छे थियो भनेर प्रशंसा गरून् मलामी, आफन्त र शुभेच्छुकहरुले । यति भए पुग्दैन र ?

२०७९, ७ श्रावण शनिबार ०९:३३
कथालिका नयाँ कथा
कथालिका