सुर साधनाको कथाः चल्यो गीत, बुझेन चित्त – कथालिका

सुर साधनाको कथाः चल्यो गीत, बुझेन चित्त

  • अधिकांश गीत परदेशीका विषयमा गाएका रायमाझीको निर्देशनमा परदेशी-२ दसैंमा प्रदर्शनको तयारीमा छ भने यही भाद्र १५ गते राजधानीमा एकल सांगीतिक कार्यक्रमको तयारीमा व्यस्त छन् ।

सुर साधनाको पर्यावाची नाम, प्रतिष्ठाको उच्च शिखर तर शालिन व्यक्तित्व । सफलतामा न कुनै आडम्बर न कसैप्रति कुनै इष्या र द्धेष । एकै व्यक्तिको अनेक परिचय । त्यो पनि अमिट छापका साथ । गायक, संगीतकार तथा निर्देशक उर्फ नारायण रायमाझी ।

नेपाली मौलिक लोक संगीत र साधनामा ४ दशक सक्रिय कलाकारितामा बिताएका उनी संगीतप्रेमीका माझ लिजेण्डरी कलाकारका रुपमा सर्वस्वीकार्य छन् । अधिकांश गीत परदेशीका विषयमा गाएका रायमाझीको निर्देशनमा परदेशी-२ दसैं (कात्तिक-३) मा प्रदर्शनको तयारीमा छ भने यही भाद्र १५ गते राजधानीमा एकल सांगीतिक कार्यक्रमको तयारीमा व्यस्त छन् ।एकल कार्यक्रममा उनीद्धारा गायन र संगीतवद्ध बहुचर्चित गीत त प्रस्तुत गर्नेछन् नै, लघु नाटक पनि प्रस्तुत गरिनेछ ।

लोक गीत, लोक दोहोरी, आधुनिक, चलचित्रमा समेत उत्तिकै सशक्त प्रतिभा प्रस्तुत गरेका रायमाझीका ३ सय भन्दा बढी गीत रेकर्ड छन् । कार्गिल युद्धको कथामा आधारित गीत ‘मलाई सम्झी रेलिमाई नरोऊ है आमा, तिम्रो छोरो रेलिमाई जिउँदै छ रणमा ।’ लाहुरे जीवनकै सन्देश कहने झलकमान गन्धर्वको सर्वाधिक प्रसिद्ध गीत ‘आमाले सोध्लिन् नि’ पछि रेडियोमा श्रोताले अधिक फर्माइस गर्ने लोकगीत हो ।

त्यसपछि सर्वाधिक रुचाइएको गीत हो ‘नमुछे आमा दहीमा टीका’ । उसो त त्यसपछिका अरु पनि दर्जनौ गीत चर्चित छन् । ‘मलाई सम्झी नरोए आमा,’ ‘भन्थेउ आमा नेपालमा दुःख छ, विदेशमा त पैसाको रुख छ’, ‘कसलाई रहर होला सान्दाइ गाउँघर छोडेर जानलाई’, ‘धन कमाउन म जान्छु पियारी, बस तिमी बालबच्चा सियारी’, ‘राम्दी पुल तर्ने,’ ‘लाइछौ बेसन’, ‘हाँसेर बोलिदेऊ माया’लगायत छन् ।

यिनै गीतका गायक, सर्जक, संगीतकार तथा गोर्खा पल्टन, परदेशी जस्ता हिट चलचित्रका निर्देशक नारायण रायमाझी कथालिका पडकास्ट (कुरा खस्रा मिठा)को पहिलो पाहुना बनेका छन् । प्रस्तुत छ अनौपचारिक तथा जिवन्त संवाद गर्ने पडकास्टको पुरा भिडियो कुराकानीः

२०८०, ११ भाद्र सोमबार ०६:५९
कथालिका नयाँ कथा
कथालिका