नेचुरल भ्यू पोइन्ट बेलढुंगा – कथालिका

नेचुरल भ्यू पोइन्ट बेलढुंगा

दृश्यावलोकनका लागि डाँडाकाँडामा भ्यू टावर बनाउने होड चलिरहेको बेलामा बेलढुंगा भने प्राकृतिक भ्यू पोइन्ट हो । जहाँबाट धौलागिरी, मनाष्लुदेखि पुथा हिमाल सम्मका हिमश्रृंखला र बागलुङ, म्याग्दी, कास्की, गुल्मी लगायतका दर्जनौ गाउँ ठाउँ र सुन्दर मनोरम प्राकृतिक दृश्यावलोकन गर्न सकिन्छ ।

 

बागलुङ जिल्लाको काठेखोला गाउँपालिका-३ धम्जा ओखले र म्याग्दी जिल्लाको बेनी नगरपालिका-३ भकिम्लीको सीमानामा अवस्थित छ । बागलुङ र बेनी सदरमुकाम दुबै तर्फबाट करिब २ घण्टाको सवारी साधनको यात्रामा सिधा देउराली पुग्न सकिन्छ । त्यसबाट माथि जम्मा १५ मिनेटको पदमार्गमा पैदल यात्रा गर्नुपर्नेछ । बेलढुंगाको तल बागलुङ तर्फ धम्जा ओखलेमा बेलढुंगा घरबास (होम-स्टे) समेत सञ्चालनमा छ ।

२०८२, ८ कार्तिक शुक्रबार १२:४५
कथालिका नयाँ कथा
कथालिका