जिल्ला समन्वय समितिको तथ्यांक अनुसार बागलुङमा ५ सय भन्दा बढी झोलुङ्गे पुल छन् ।
बागलुङ र पर्वत जिल्ला जोड्ने कालीगण्डकी नदी माथि मात्रै २० बढी झोलुङ्गे पुल छन् । ‘सिङ्गल स्पान’मा दक्षिण एशियाकै लामो दाबी गरिएको ५६७ मिटर लामो ‘गण्डकी गोल्डेन ब्रीज’ लगायत लामो र अग्लो पुलहरुको समेत कीर्तिमानी पुल यस जिल्लामा छ ।