बुढेसकालमा ‘भाइरल’ तिवारी आमा – कथालिका

बुढेसकालमा ‘भाइरल’ तिवारी आमा

  • आफ्नै घर गाउँ, काम धन्दामा रमाइरहेकी ६५ वर्षिय तिवारी आमा उमेरले ६० कटे पछि मात्रै प्रविधिलाई पछ्याए । थाहै नपाइकन त्यही प्रविधि र सामाजिक सञ्जालले दिएको चर्चाले उनी अहिले दंग छन् ।

नेपाली समाजमा केही वर्ष पहिले सम्म अक्षर र अकं नचिन्नेलाई निरक्षर भनिन्थ्यो । यस्ता व्यक्तिहरुलाई राज्यले पनि निरक्षरको सूचिमा दर्ज गर्दै साक्षर अभियान चलाउथ्यो । तर, अहिले समय बदलिएको छ । अक्षर र अंक चिन्दैमा कोही साक्षर र शिक्षित त हुन सक्छ । तर, डिजिटल जमाना अयोग्य हुने खतरा छ ।

डिजिटल जमानाले कुन बेला कुन व्यक्तिलाई चर्चित र बदनाम बनाउँछ ? केही भन्न नसकिने अवस्था छ । स्याङ्जाका लक्ष्मी तिवारी त्यस्तै एक पात्र हुन्, जो अहिले पनि राम्ररी मोवाइल चलाउन जानेकी छैनन्, मोवाइल डायल गर्न, आफै खिच्न र हाल्न पनि आउँदैन । मात्र आएको फोन उठाउँछन् र बोल्छन् तर, सामाजिक सञ्जालमा ‘तिवारी आमा’ नामबाट देश विदेशमा भाइरल छन् ।

आफ्नै घर गाउँ, काम धन्दामा रमाइरहेकी ६५ वर्षिय तिवारी आमा उमेरले ६० कटे पछि मात्रै प्रविधिलाई पछ्याए । थाहै नपाइकन त्यही प्रविधि र सामाजिक सञ्जालले दिएको चर्चाले उनी अहिले दंग छन् ।

पुराना भाका बालन, रत्यौली लगायतका मौलिक भाषामा गाइदिने र उस्तै शैलीमा रोचक कुराकानी गरिदिएका कारण उनलाई धेरैले हेर्छन्, सुन्छन अनि घुम्दा डुल्दा पनि भाइरल आमा नामले बोलाउँछन् । यही कुराले बुढेशकालमा उनलाई ज्यादा खुशी मिलिरहेको छ ।

भाइरल शब्द त उति प्रियकर होइन । र पनि प्रविधि र सामाजिक सञ्जालले दिने चर्चा र सफलताले तिवारी आमालाई जस्तै खुशी मिल्नु, उहाँको कुरा र सामग्रीले अरुलाई खुशी र रमाइलो हुनु पनि सुखद विषय नै हो । ६५ वर्षमा मोवाइलको प्रयोग र यसले दिएको खुशीले तीब्र गतिमा विकास भइरहेको डिजिटल प्रविधिलाई पछ्याउन र समयअनुसार आफुलाई बदल्न पनि प्रेरित गर्दछ । यसबारेको विस्तृत भिडियो रिपोर्टमाः

२०८२, १८ मंसिर बुधबार ११:५९
कथालिका नयाँ कथा
कथालिका