राजनीतिमा महाविर पुनको ‘युटर्न’ – कथालिका

राजनीतिमा महाविर पुनको ‘युटर्न’

निवर्तमान शिक्षामन्त्री महाविर पुनले कथालिकाको सँगको संवादको क्रममा राजनीतिमा जाने आफ्नो सम्भावना ९९ प्रतिशत नरहेको र १ प्रतिशत सम्भावना रहेको बताएका थिए । अहिले उनै महाविर पुनको जीवनमा त्यही १ प्रतिशतले काम गरेको छ । र, अन्तरिम सरकारबाट राजीनामा दिएर संसदीय राजनीतिमा होमिएका छन् । भलै उनको यो निर्णयलाई चुनाव गराउने जिम्मेवारीबाट भागेको भन्दै कतिपयले आलोचना समेत गरेका छन् ।

पुनकै भनाईमा झोक चलेर म्याग्दी पुगेर स्वतन्त्र उम्मेदवारी दिएका हुन् । केही शिक्षा विधयेक र निर्णय कार्यान्वयन गर्ने सन्दर्भमा सरकार र राष्ट्रपतिबाट साथ नपाए पछि झोक चलेर रातारात आफ्नो गृहजिल्ला म्याग्दी पुगेर स्वतन्त्र उम्मेदवारी दिए पछि जिल्लाको राजनीतिमै नयाँ तरंग ल्याइदिएको छ । पुराना परम्परागत राजनीतिक दलका उम्मेदवारहरुका अगाडि ठुलो चुनौती खडा भएको छ । महाविरले स्वतन्त्र उम्मेदवारका रुपमा कुन चिन्ह पाउनेछन् ? त्यो हेर्न बाँकी छ । अब म्याग्दीबासीले फागुन २१ मा जाहेर गर्ने अभिमतले कस्तो उम्मेदवार चुनिनेछन् रु त्यो बहुप्रतिक्षित बनेको छ ।

तर, चुनाव जिते पछि पाँच वर्षको कार्यकाल हुन्छ । त्यो बिचमा महाविर पुनलाई फेरि यस्तै झोक चल्छ र राजीनामा दिन्छन् कि भन्ने संशय पनि स्वभाविक उत्पन्न भएको छ । कथमकदाचित त्यस्तो भयो भने चाही पुनः निर्वाचनमा राज्यलाई आर्थिक भार थपिनेछ । चुनाव जिति हालेमा महाविर पुनलाई बिचमै फेरि त्यस्तो झोँक नचलोस् ।

उसो त महाविर पुन स्वयंम्ले भने झै म्याग्देली जनताले पुरानो प्रतिको निराशा, नयाँ प्रतिको आशा र संशयका बिच जनताको दुःख सुखमा साथ रहने, परिपक्व, संसदमा सशक्त भूमिका खेल्न सक्ने राम्रो अब्बल उम्मेदवारको पक्षमा विवेकसम्मत फैसला गरुन् ।

 

२०८२, १० माघ शुक्रबार ०६:५२
कथालिका नयाँ कथा
कथालिका