ड्रोनमा देश देशावरः नेपाल प्रकृतिले कोरेको अनुपम चित्र – कथालिका

ड्रोनमा देश देशावरः नेपाल प्रकृतिले कोरेको अनुपम चित्र

  • हिमालको काखबाट तराईका समथर फाँटसम्म फैलिएको यो भूमि, प्रकृतिले आफ्ना अनुपम रङहरू उदारतापूर्वक छरेको एउटा जीवन्त क्यानाभास हो ।

हरेक बिहान सूर्य केवल पूर्वबाट उदाउँदैन मात्र, ऊ सँगै जाग्छ एउटा देश, उदाँउछ अनेक सम्भावना । त्यही सम्भावनाको देश हो नेपाल ।

हिमाल र पहाडका थुम्काबाट झुल्किने सुनौलो घामको झुल्का, चिसो हावाको स्पर्श, कलकल द्वबग्ने खोला र झरनाहरुको संगीत, चराहरूको चिरबिर आवाज, घामको पहिलो किरणसँगै मुस्कुराउने हिमालहरु अनि नयाँ दिनको स्वागतमा मुस्कुराइरहेको सर्वत्र सुन्दर मनोरम प्रकृति… नेपालले प्रत्येक बिहान संसारलाई सुनाउने र देखाउने आशाका कथाहरु हुन्, सम्भावनाका परिदृश्यहरु हुन् ।

यो ‘प्रकृतिको क्यानाभास’ वृत्तचित्र यिनै सिंगो नेपालका विभिन्न भागमा यात्रा गर्दाका बखत ड्रोनबाट कैद गरिएका सुन्दर प्रकृति, संस्कृति र साहसिक यात्रा समावेश छन् ।

२०८३, ३ श्रावण आईतवार ०६:४९
कथालिका नयाँ कथा
कथालिका