‘मृत’ व्यक्ति ५ महिनामा घर, कसको जल्यो आर्यघाटमा शव ? – कथालिका

‘मृत’ व्यक्ति ५ महिनामा घर, कसको जल्यो आर्यघाटमा शव ?

  • यो फिल्ममा हुन सक्छ, नाटकमा हुन सक्छ । अनि वास्तविक जीवनमा ? त्यो पनि अपवादमा मात्र सम्भव हुन सक्छ । यही अपवादको घटना मोरङको लेटाङमा भएको छ ।शोकको वार्षिकी जारी रहेकै बेला ५ महिना पश्चात मृत्यु भएर अन्त्येष्टि गरिएको व्यक्ति जीवितै घरमा आउँछन् ।

केही मानसिक रुपमा अस्वस्थ युवा, बेला-बेला हराइरहन्छन्, अनि आफैं घर फर्किरहन्छन् । तर, ५ महिना अघि लामो समय सम्पर्कविहिन हुन्छन्, परिवार, आफन्तले सर्वत्र खोजतलास गर्छन्, भेटिन्नन् । अन्ततः परिवारले आशा मार्दै जान्छ, एक दिन प्रहरीले बेवारिसे शव भेटिएको सार्वजनिक सूचना जारी गरेर शव पहिचानका लागि शिक्षण अस्पतालमा बोलाउँछ, अनुहार चिन्न नसक्ने अवस्थाको शव खोई, के कसरी आमाले छोराको भएको बताउँछन् र अन्त्येष्टिका लागि सोही शव परिवारको जिम्मा लगाइन्छ । परिवारमा रुवाबासी, काजकारिया, पीडाको क्रन्दन र शोक फेरि एकपटक उत्कर्षमा पुग्छ । शोकको वार्षिकी जारी रहेकै बेला ५ महिना पश्चात मृत्यु भएर अन्त्येष्टि गरिएको व्यक्ति जीवितै घरमा आउँछन् ।

यो फिल्ममा हुन सक्छ, नाटकमा हुन सक्छ । अनि वास्तविक जीवनमा ? त्यो पनि अपवादमा मात्र सम्भव हुन सक्छ । यही अपवादको घटना मोरङको लेटाङमा भएको छ । यहाँका पदमबहादुर राय ६ महिनापछि घर फर्किएका छन् । जबकि उनको परिवारले आशा मारेर अन्त्येष्टि गरिसकेका थिए ।

यस्तो अपत्यारिलो घटना

लेटाङ नगरपालिका९ ५ खेरुवाका ३६ वर्षीय पदमबहादुर राय बेलाबेला घरबाट हिँड्थे । मानसिक स्वास्थ्य सामान्य भन्दा कमजोर रहेका उनी कहिले आफैं घर फर्कन्थे, कहिले परिवारले खोजेर ल्याउँथे ।

गत २०८२ को माघमा भने घरबाट निस्किएका उनी फर्किएनन् । परिवार फर्किएर आउने आशमा थियो । गत जेठ २६ गते सुनसरीको बराहक्षेत्र नगरपालिकामा९४ चतरा पकली खण्डमा मोटरसाइकलको ठक्करबाट एक जनाको मृत्यु भयो । पहिचान हुन नसकेको शवको हुलिया माघदेखि हराइरहेका पदमबहादुरसँग मिल्दोजुल्दो थियो ।

मृत्यु भएको ठानेर अन्त्येष्टि गरिएका ३७ वर्षीय पदमबहादुर जीवितै भेटिदाँ उनको शव ठानेर दाहसंस्कार कसको गरियो ? अस्पतालमा डिएनए परीक्षण किन गरिएन ? यसको ठोस जवाफ तत्काल कसैसँग छैन । अब वास्तविक मृतकको पहिचानका लागि पुनः अनुसन्धान गर्नुपर्ने देखिएको छ ।

प्रहरीका अनुसार गत जेठ २६ गते सुनसरीको बराहक्षेत्र नगरपालिका९४ स्थित चतरा९पकली सडकखण्डमा मोटरसाइकलको ठक्करबाट गम्भीर घाइते एक पैदलयात्रीको उपचारका क्रममा बुढीगंगास्थित विराट टिचिङ अस्पतालमा २७ गते मृत्यु भयो । शव पहिचान हुन नसकेपछि कोशी अस्पतालको शवगृहमा राखेर प्रहरीले आफन्तको खोजीका लागि हुलियासहित सार्वजनिक सूचना जारी ग¥यो । सूचनाका आधारमा अस्पताल पुगेकी पदमबहादुरकी आमाले शव आफ्नै छोराको भएको भन्दै सनाखत गरेकी थिइन् । त्यसपछि प्रहरीले शव परिवारलाई जिम्मा लगायो । आफन्तले चिसाङ खोलामा अन्त्येष्टि गरे ।

पुरानो दुर्घटनाको फाइल, कसको होला त्यो शव ?

राय सकुशल फर्किएपछि प्रहरीले एउटा पुरानो दुर्घटनाको फाइल फेरि खोल्नुपर्ने भएको छ ।

गत जेठमा मृत्यु भएको ठानेर अन्त्येष्टि गरिएका ३७ वर्षीय पदमबहादुर जीवितै भेटिएका छन् । त्यसबेला उनको शव ठानेर दाहसंस्कार गरिएको व्यक्ति को थिए भन्ने प्रश्नको जवाफ भने अझै भेटिएको छैन ।

जेठ महिनामा दुर्घटनामा परी ज्यान गुमाएका ती वास्तविक मृतकको पहिचानका लागि अब पुनः अनुसन्धान सुरु गर्नुपर्ने देखिएको छ । लेटाङ नगरपालिका९५ खेरूवाका पदमबहादुरको मृत्यु भएको विश्वासमा परिवारले अन्त्येष्टि गरेको थियो ।

बीमाको रकम पनि भुक्तानी

मृत्युका आधारमा दुर्घटना बीमाको ५ लाख ५० हजार रुपैयाँ समेत प्राप्त भएको थियो। तर, घटनाको छ महिनापछि पदमबहादुर घर फर्किएपछि शवको पहिचानदेखि बीमा भुक्तानीसम्मका विषय पुनः परीक्षण गर्नुपर्ने भएको छ ।

मोरङका प्रहरी प्रमुख एसपी कवित कटुवालले दिएको जानकारी अनुसार परिवारले पदमबहादुर जीवितै रहेको पुष्टि गरेपछि प्रहरीले घटनासँग सम्बन्धित पुराना तस्बिर र भिडिओको अध्ययन थालेको छ । ‘उहाँ जीवितै फर्किएको कुरा परिवारले पुष्टि गर्नुभएपछि हामी फोटो९भिडिओ हेरेर पुनः अनुसन्धानमा जुटेका छौँ,’ कटुवालले भने, ‘कहिलेकाहीँ परिवारले सनाखतका क्रममा आफ्नै मान्छे हो भनिदिँदा यस्तो हुन्छ । उहाँहरूले बीमाबापतको ५ लाख ५० हजार बुझ्नुभएको थियो । त्यो फिर्ता गर्ने भन्नुभएको छ । उहाँहरूले हामीलाई राम्रोसँग समन्वय गरिरहनुभएको छ ।’

प्रहरीको अनुसन्धान अब दुई वटा प्रश्नमा केन्द्रित हुने उनले जानकारी दिए । त्यसबेला अस्पतालमा राखिएको शवको वास्तविक पहिचान के थियो र परिवारले त्यसलाई कसरी आफ्नो पहिचान दाबी ग¥यो रु यो पाटो पनि अनुसन्धानको विषय बनेको छ ।

छोरा गुमाएको शोकमा मानेका थिएनन् दशैं

छोरा गुमाएको शोक परेको भन्दै परिवारले यसपालिको दशैंमा टीकासमेत लगाएन । तर, उनी दशैंको पूर्णिमाका दिन जीवितै घर फर्किए।

पदमबहादुर घर आइपुगेपछि उनको परिवार एकातिर खुसी छ भने अर्कोतिर ‘आफ्नो छोरो भनेर कसको अन्त्येष्टि गरियो ?’ भन्ने अन्योल र त्रासमा पनि छ । मृत्यु संस्कार गरिसकेका व्यक्ति जीवितै घर फर्केपछि परिवारले धार्मिक विधिअनुसार उनको पुनर्जन्मको संस्कार गराएको छ ।

घटनापछि परिवारमा खुसी छाए पनि अर्काको शव जलाइएको विषयले त्रास पनि थपेको स्थानीय पत्रकार प्रशान्त निरौला बताउँछन् । ‘मृत्यु संस्कार गरिसकेको छोरो फर्किंदा परिवार खुसी छ,’ छिमेकीसमेत रहेका निरौला भन्छन्, ‘तर, दुर्घटनामा परेको शव कसको थियो र अब के होला भन्ने डर छ ।’ प्रहरीले सुरुमै डीएनए परीक्षण गरेर शव जिम्मा लगाएको भए यस्तो स्थिति नआउने उनको बुझाइ छ ।

२०८३, १३ कार्तिक बिहीबार ०८:५३
कथालिका नयाँ कथा
कथालिका