घोडेजात्रा (फोटो फिचर) – कथालिका

घोडेजात्रा (फोटो फिचर)

संघीय राजधानी काठमाडौंमा शुक्रबार परम्परागत घोडे जात्रा मनाइएको छ ।

घोडे जात्रा घोडा प्रतिको सम्मान त हुँदै हो तर यो घोडा दौड नभएर जात्रा भएकाले धार्मिक र सांस्कृतिक मान्यतासँग पनि यसको सम्बन्ध छ। पिशाच चतुर्दशीको भोलिपल्ट औंसी तिथिमा मनाइने यो पर्व घोडा दौडाएर पिशाच, दुष्टात्मा भगाउने कार्य र विश्वासलाई मल्लकालको बढ्दो तान्त्रिक विधाको प्रभावसँग जोडेर हेर्ने गरिन्छ ।

घोडेजात्राका अवसरमा टुँडिखेलमा घोडा दगुराउने जात्राका साथै अरू विभिन्न देवीदेवताका रथयात्रा गरिएको छ। घोडेजात्रा नेवार समुदायको एउटा ठूलो चाड हो। घोडेजात्राको केही दृश्य फोटो पत्रकार रत्न श्रेष्ठले आकर्षक रुपमा कैद गरेका छन् । फोटो फिचर यहाँ प्रस्तुत गरिएको छ:-\

२०७८, १८ चैत्र शुक्रबार १५:२७
कथालिका नयाँ कथा
कथालिका