मानवताको कथाः सेवासँगै मानवता जगाउने अभियान – कथालिका

मानवताको कथाः सेवासँगै मानवता जगाउने अभियान

मान्छेले मान्छेलाई मनमा राख्न छोडेको छ, मान्छेले मान्छेलाई घरमा राख्न छोडेको छ । र ऊ भर्चुअल दुनियाँमा कस्मेटिक हाँसो र खुसीमा बाच्ने होडमा छ । र त देशमा घर र वस्ती रित्तिदै जाँदा पनि खोल्नु परेको छ मानव सेवा आश्रम र बृद्धाश्रमहरु ।

यही बिबशताको जगमा देखिएको एउटा जबरजस्त सपना, जुन सपना बृहत्तर छ । एउटा पवित्र सोच, जुन व्यक्ति र सीमित समूहको स्वार्थमा होइन, सिंगो राज्यको कल्याणमा छ ।

एक अभियान, जो राज्यले बिर्सिरहेको दायित्व निर्वाह गर्नमा सक्रिय र समर्पित छ ।

जसको केही छैन, जसको कोही छैन ? उनीहरुको भएर तन्नेरी वयमै अनुपम उदाहरण बनिरहेका छन् । अहिलेको पूजीवादी दुनियामा मानवीय हृदयले भरिपूर्ण यस्ता पात्र भेटिनु दुर्लभ हुन थालेको छ ।

समाजमा चरम उपेक्षित, अपमानित भएर बाँच्न अभिसप्त अशक्त, असहाय, अनाथ र मानसिक तथा शारीरिक रुपमा कमजोर भएका देशभरका नागरिकको भरोसा बनेको छ मानव सेवा आश्रम । सोही आश्रमका स्थापनाका एक अभियन्ता अर्थात् मानव सेवा आश्रमका केन्द्रीय अध्यक्ष रामजी अधिकारी । मानव सेवा आश्रम स्थापना सहित आफूजस्तै युवाहरुलाई मानव सेवा र सत्कर्ममा समर्पित गरेर सडक मानव मुक्त देश बनाउने महत्वकांक्षी योजनाका साथ अभियानमा सक्रिय छन् ।

उनै अधिकारीसँग सत्कर्मको जिवन्त संवाद गर्ने कर्मयोगीसँग कथालिकाको पहिलो श्रृंखला । प्रस्तुत छ अध्यक्ष अधिकारीसँगको भिडियो अन्र्तवार्ताः

  • नोटः कथालिका नेपाली समाजमा नलेखिएका, नभनिएका अकथित कथाहरुलाई भिन्न स्वाद दिने (पढ्न, हेर्न र सुन्न) ध्येयले सञ्चालित छ । देशका कथा, समाजका कथा र जीवनका कथा कथालिका डिजिटल पोर्टलमा पढ्न,हेर्न सक्नुहुन्छ ।कथालिका अफिसियल युट्युवमा प्रेरणादायक भिडियो र अडियो कथाहरु हेर्न सुन्न सक्नुहुन्छ । यही अनुक्रममा प्याराग्राफ नेपालले प्रेरणादायी व्यक्तिहरुसँग जिवन्त संवाद मार्फत सत्कर्मका लाग्न प्रेरित गर्ने अभिप्रायले कर्मयोगीसँग कथालिका (प्रेरणादायी संवाद श्रृंखला) भिडियो कार्यक्रम सुरु गरेको हो ।

र यो पनि … (आर्काइभबाट) 

‘आश्रम चलाउन सुरुमा माग्न जाँदा कुकुर लाइदिन्थे,फोहोर पानी छ्याप्थे,अहिले सहयोग लिएर आउँछन्’

२०७९, ४ चैत्र शनिबार १३:२५
कथालिका नयाँ कथा
  •  देवतालाई आराम

    देवतालाई आराम

    • सोलखुम्बु
    यो चलनलाई कतिपयले रूढीवादीको संज्ञा दिने गरेका छन्। यसलाई तोड्न धेरैले कोसिस गरे तर ठूला…
  •  अयरपानीः दुई जिल्लाको एक साझा घरबास

    अयरपानीः दुई जिल्लाको एक साझा घरबास

    • पोखरा
    स्याङ्जा र कास्की सीमानाको यो गाउँको मेलमिलाप यहाँको सुन्दर विषेशता हो । होम-स्टे सञ्चालनमा आइसके…
  •  सिपले सफल हर्कबहादुर

    सिपले सफल हर्कबहादुर

    • पोखरा
    हर्कबहादुर यदि सही समयमै तालिम नलिएको भए ऋण खोजेरै भए पनि विदेश जानुपर्ने बाध्यताको लहरमा…
  •  मनाङ गाउँ

    मनाङ गाउँ

    • पोखरा
    हिमाल पारिको जिल्ला मनाङको मनाङ ङिस्याङ गाउँपालिका–६ स्थित मनाङ गाउँ । प्रसिद्ध अन्नपूर्ण चक्रीय पदमार्गमा…
कथालिका