लालपुर्जा विहीन जग्गाधनी – कथालिका

लालपुर्जा विहीन जग्गाधनी

जिल्लाको ओमसतिया गाउँपालिकाभित्रका सर्यौ स्थानीयवासी वर्षौंदेखि भूमि उपभोग गरे पनि लालपुर्जा विहीन बनेका छन् ।

विसं २०२७ मा नापी कार्यालयले घरबासको जग्गा भनेर फिल्डबुकमा लेखेको भेटिए पनि व्यक्तिले लालपुर्जा नपाउँदा सरकारलाई समेत वार्षिकरूपमा लाखौँ भूमिकर घाटा लागेको छ ।

गाउँब्लकका दर्जनाँै बस्ती रुपन्देहीभरि भेटिन्छन् तर उनीहरुको लालपुर्जा नबनेको जिल्ला नापी कार्यालय रुपन्देहीले बताएको छ । मानिसले ठूलाठूला व्यावसायिक भवनसमेत बनाएका छन् । आपसी सहमतिमा किनबेचसमेत हुने गरेको छ तर जग्गाको लालपुर्जा नबनेको ओमसतियाका स्थानीयवासी जीतेन्द्र चौधरी बताउँछन् ।

गाउँ ब्लक जग्गाको लालपुर्जा पाउनका लागि पटकपटक स्थानीय सरकारसँग माग गरे पनि सुनुवाइ नभएको स्थानीयवासीको भनार्इ छ । विसं २०१९ मा जग्गा ऐन र २०२१ सालमा भूमिसम्बन्धी ऐन बनेपछि देशभर जग्गा नापजाँच सुरु भएको थियो । रुपन्देहीमा भने २०२७ सालमा जग्गा नापजाँच भएको थियो । त्योबेला बस्ती बाक्लो भएको ठाउँमा नाप्न असजिलो भएको भन्दै पछि नाप्ने भनेर एकमुष्ठ गाउँको क्षेत्रफल नापी त्यसलाई गाउँ ब्लकको नाम दिएर छोडिएको नापी कार्यालय रुपन्देहीले बताएको छ । छाडिएको सोही जग्गाको नापजाँच नहुँदा अहिले पनि गाउँब्लक जग्गामा बस्ने लालपुर्जाविहीन बनेका हुन् ।

जिल्लाको ओमसतिया, सैनामैना, देवदह, बुटवल, सियारी, लुम्बिनी लगायतका क्षेत्रका दर्जनौँ बस्ती अहिले पनि लालपुर्जा विहीन रहेको भूमिहीनका अगुवा प्रतापनारायण चौधरी बताउँछन्। नापी कार्यालय रुपन्देहीका प्रमुख अजित कुँवरले जिल्लामा गाउँब्लकमा बसोबास गर्नेको जग्गा नाप्ने काम र पुर्जा वितरण कार्य निरन्तर हुने गरेको बताउँछन् । जिल्लामा एक हजार २५० गाउँब्लकमा ५० हजार घरधुरीलाई लालपुर्जा वितरण गर्न बाँकी रहेको जउनले जानकारी दिए ।

२०७८, २१ पुष बुधबार १४:५४
कथालिका नयाँ कथा
कथालिका