गर्भ जाँच गाउँमै, सुत्केरी सहरमा – कथालिका

गर्भ जाँच गाउँमै, सुत्केरी सहरमा

सुत्केरी सुविधाका लागि टाढा धाउन नपरोस् भनेर सरकारले गाउँमै निःशुल्क बर्थिङ सेन्टर सञ्चालन गरेको छ तर, गाउँका महिला अझै पनि पैसा खर्च गरेर सहर पुगी सुत्केरी गराउँछन् ।

आदिवासी, मधेसी र मुस्लिम समुदायको बाहुल्य रहेको झापा गाउँपालिकाको दुई वर्षको तथ्याङ्क विश्लेषण गर्दा स्थानीय महिला पालिकमै रहेको बर्थिङ सेन्टरमा गर्भवती जाँच गर्न आए पनि बच्चा जन्माउन भने झापाका महिलाहरु दमक र विर्तामोडका ठूला अस्पताल नै धाउने गरेको तथ्याङ्कले देखाएको छ । पालिकाको कामाटोली बजारमा विगत पाँच वर्षदेखि सुविधासम्पन्न बर्थिङ सेन्टर सञ्चालनमा छ । तर, विगत दुई वर्षको अवधिमा पालिकामा तीन हजार ११७ बालबालिकाको जन्म भए तापनि सो बर्थिङ सेन्टरमा भने ४४ को मात्र जन्म भएको स्वास्थ्य केन्द्रका प्रमुख लक्ष्मण विकले बताए ।

पालिकाले स्वास्थ्यचौकीमै बर्थिङ सेन्टर सञ्चालन गरेको हो । जहाँ सुत्केरी गराउने जनशक्ति र उपकरण पर्याप्त छ । सहर धाउन नसक्ने अतिविपन्न समुदायका नगन्य महिलाले मात्र सुत्केरी सेवा लिएको पालिकाको तथ्याङ्कले देखाएको छ ।

उहाँका अनुसार सेन्टरमा आर्थिक वर्ष २०७७/०७८ मा ११ र २०७६/०७७ मा २३ जना सुत्केरी भएका छन् । सुत्केरी हुने अधिकांश मुस्लिम समुदायका महिला रहेको उनले बताउ । उनले गर्भवती हुने महिला पहिलोपटक जाँच गराउन धेरै आउने तर दोस्रो पटकदेखि घट्दै जाने गरेको बताए ।

गतबर्ष पहिलोपटक महिनावारी रोकिएका २२४ ले स्वास्थ्य जाँच गराएका थिए । दोस्रोपटक जाँच गराउनेको सङ्ख्या घटेर १५४ मा सीमित भएको थियो । तीमध्ये पनि चौथोपटक जाँच गराउन आउनेको सङ्ख्या ७८ रहेको थियो । प्रसूति हुनेको सङ्ख्या ११ रहेको उनको भनाइ छ । “पैसा हुनेहरु विराटनगर, विर्तामोडतिर जान्छन्”, प्रमुख विकले भने, “चौबीसै घण्टा सेवा दिइरहेको हाम्रो बर्थिङ सेन्टरमा भने पैसा नहुने अति गरिब मात्र आउँछन् ।”

गर्भवती भएपछि महिला नियमित लिनुपर्ने खोप र औषधिका लागि मात्र आउने गरेको उनी बताउछन् । बर्थिङ सेन्टरमा आवश्यक उपकरण र सामग्री पर्याप्त रहेको जिकिर सहित उनी भन्छन्, “अस्पतालमै सुरक्षित सुत्केरी गराउनुपर्छ भन्ने चेतना चाहिँ मान्छेमा आयो तर आफ्नै स्थानमा भएको सेन्टरको सेवाप्रति विश्वस्त बनाउन अझै बाँकी देखियो ।”

गाउँपालिकाका पञ्जीकरण शाखाका कर्मचारी रोहित कर्णले आव २०७७/०७८ मा दुई हजार १८ बालबालिकाको जन्मदर्ता भएको बताए । जसमध्ये ९८७ बालिका र एक हजार ३१ बालक रहेको उनको भनाइ छ । यसैगरी अघिल्लो आव २०७६/०७७ मा एक हजार ९९ को जन्मदर्ता भएकोमा ५५६ बालक र ५४३ बालिका छन् ।

२०७८, ७ फाल्गुन शनिबार ०७:०८
कथालिका नयाँ कथा
  •  देवतालाई आराम

    देवतालाई आराम

    • सोलखुम्बु
    यो चलनलाई कतिपयले रूढीवादीको संज्ञा दिने गरेका छन्। यसलाई तोड्न धेरैले कोसिस गरे तर ठूला…
  •  अयरपानीः दुई जिल्लाको एक साझा घरबास

    अयरपानीः दुई जिल्लाको एक साझा घरबास

    • पोखरा
    स्याङ्जा र कास्की सीमानाको यो गाउँको मेलमिलाप यहाँको सुन्दर विषेशता हो । होम-स्टे सञ्चालनमा आइसके…
  •  सिपले सफल हर्कबहादुर

    सिपले सफल हर्कबहादुर

    • पोखरा
    हर्कबहादुर यदि सही समयमै तालिम नलिएको भए ऋण खोजेरै भए पनि विदेश जानुपर्ने बाध्यताको लहरमा…
  •  मनाङ गाउँ

    मनाङ गाउँ

    • पोखरा
    हिमाल पारिको जिल्ला मनाङको मनाङ ङिस्याङ गाउँपालिका–६ स्थित मनाङ गाउँ । प्रसिद्ध अन्नपूर्ण चक्रीय पदमार्गमा…
कथालिका