जसले एक मतले बिजय र पराजय भोगे – कथालिका

जसले एक मतले बिजय र पराजय भोगे

थाक लगाइएका मत गणना भएर घट्दै गएपछि तीव्र प्रतिस्पर्धाका उम्मेदवारमा छटपटी बढ्न थाल्छ । दुई,तीन मतमात्र गन्न बाँकी छँदा मतगणना गर्ने कर्मचारी भन्छन्, “ल, वडाध्यक्षमा गोलाकारभित्रको हँसिया हथौडा एक। एक मतले यो चिह्न बढ्यो । अब दुई मतमात्र गन्न बाँकी छ”, अर्को मतपत्र लिँदै ती कर्मचारी भन्छन्, “ल जेब्राको एक।” वडाध्यक्षमा मत बराबर हुन्छ । अब घोप्टिएको अन्तिम एकमात्र मतपत्र गन्न बाँकी छ । ब्यग्रता बढ्दैछ, सम्बन्धित उम्मेदवार र उमेद्वारका गणना प्रतिनिधिको । “ल, यो पनि वडाध्यक्षमा जेब्राको” कर्मचारीको यो भनाइले एकथरिमा खुसी र अर्को पक्षमा सन्नाटा छाउँछ । बर्दिवास नगरपालिका–१४ को मतगणनास्थलको दृश्य यो सोमबार रातीको हो।

हो, यस्तै ब्यग्रताबीच जेब्रा चिह्नका वडाध्यक्षका स्वतन्त्र उम्मेदवार विजयकुमार महतोले नेपाली कांग्रेसका भरत हमाललाई एक मतले पछि पार्दै विजयी हुनुभयो । महतोको प्राप्त मतमा अन्तिम मतपत्रले ५०८ पु¥यायो । हमाल ५०७ मै अडिए। एकै मतले विजयी । जिल्लामा एकै मतले वडाध्यक्ष पद हात पर्ने महतो जस्तै अन्य दुई पनि छन् । बर्दिवास–७ मै यसअघि जेब्रा चिह्नकै रामसोगारथ यादवले आफ्ना निकटतम प्रतिस्पर्धी नेकपा ९माओवादी केन्द्र०का सुरेन्द्रकुमार सिंह कोइरीलाई पछि पारे । कोइरीले ७२६ र यादवले ७२७ मत पाउनुभएको निर्वाचन अधिकृतको कार्यालयले पुष्टि गरिसकेको छ । यो गणनामा पनि बर्दिबास–१४ कै जस्तो व्यग्र कौतुहलता भएको थियो । गणनास्थलका सबैको आँखा अन्तिम मतपत्रमै गडेको देखिन्थ्यो ।

गत वैशाख ३० गते सम्पन्न स्थानीयतहको निर्वाचनमा एकै मतले जित हात पार्ने अर्का भाग्यमानी जिल्लाकै महोत्तरी गाउँपालिका–१ का लोकतान्त्रिक समाजवादी पार्टी नेपालका रञ्जितकुमार चौधरी हुन् । उनी ३६६ मत प्राप्त गरी विजयी हुनुभयो भने निकटतम प्रतिस्पर्धी नेकपा ९एमाले० का मोहम्मद अनामुल राइनले ३६५ मै अडेर हार बेहोर्न बाध्य भए । त्यहाँ पनि एकै मतले विजयी ।

एकै मतले विजयी भएका तीनै जनाले ‘जनताको विश्वासको परिणाम’ भन्दै वडाका सबै जनतालाई काखापाखा नगरी सेवा गर्ने प्रतिबद्धता जनाएका छन् । “अहिले व्यक्त मतको उच्च सम्मान गर्छु, जनताको सेवामा समर्पित हुन्छु”, बर्दिबास–१४ का नवनिर्वाचित वडाध्यक्ष महतोले भने । महोत्तरी–१ का चौधरी र बर्दिवास–७ कै यादवले पनि महतोको जस्तै प्रतिबद्धता जनाएका छन् ।

निर्वाचनमा होमिएका उम्मेदवारलाई हार वा जितको नतिजा स्वभाविक नै भए पनि एक मतको फरकले भने हार्नेलाई पिरोल्दो रहेछ । मतदानमा छुटेका कैयौँ आफन्तलाई सम्झँदै ‘उहाँ आउनुभएको भए त’ भन्ने पनि भेटिएका छन् ।

सर्वसाधारणले पनि एक मतको हारजितलाई खास घटनाका रुपमा लिएका पाइएको छ । “जित्नै रहेछ, दुई अझै थपिएको भए त हुन्थ्यो नि १” बर्दिबास–७ की मतदाता मुना खत्रीले भने, “एकै मतले भन्ने सुन्दा हार्ने र सुन्नेलाई ज्यादै थकथक लाग्ने रहेछ ।” जिल्लामा अहिले मुस्किलले ४० प्रतिशत मतपरिणाम सार्वजनिक भएको छ । मतगणना जारी रहेका स्थानीय तहरुमा अझै एकै मतको विजयत्रात्रा हेर्न र देख्न पाइने सम्भावना रहेको प्रतिक्रिया दिने पनि भेटिएका छन् । “अझै यस्तो देखिन सक्छ तर कामना गर्छु, त्यस्तो नहोस्”, बर्दिवास–१४ का मतदाता सुकन महतोले भने, “जित्ने र हार्नेलाई कस्तो के लाग्यो कुन्नि १ मलाईचैँ अझै एक मतले रन्थनाइरहेको छ ।”

पर्वतमा ४ जना उम्मेदवारले १/२ मतान्तरले वडाअध्यक्षमा विजयी हात पारेका छन् । पर्वतको फलेवास नगरपालिका र मोदी गाउँपालिकाका २/२ जना वडाअध्यक्षका उम्मेदवारले १/२ मतान्तरले निर्वाचन जितेका हुन् ।

जस अनुसार पर्वतको फलेवास नगरपालिका १ कार्किनेटाको वडाअध्यक्ष पदमा नेपाली कांग्रेसका चोलाकान्त पाध्यायले नेकपा एमालेका दिर्घनारायण शर्मालाई १ मतले पछि पार्दै वडाअध्यक्षमा निर्वाचित हुनुभएको छ । निर्वाचित पाध्यायले ६१० मत प्राप्त गर्नुभएको थियो भने पराजित उम्मेदवार नेकपा एमालेका दिर्घनारायण शर्माले ६०९ मत प्राप्त गर्नु भएको छ ।

त्यसै गरी फलेवास नगरपालिकाकै वडा नं. २ थापाठानामा नेकपा एमालेका गंगानारायण श्रेष्ठले आफ्ना प्रतिद्वन्दी नेपाली कांग्रेसका पूणर्बहादुर भण्डारीलाई २ मतले पछि पार्दै वडाअध्यक्षमा निर्वाचित हुनुभएको छ । श्रेष्ठले ८६२ मत प्राप्त गर्नुभयो भने भण्डारीले ८६० मत प्राप्त गर्नुभएको थियो ।

मोदी गाउँपालिकाको वडा नं. ५ र ६ मा पनि नेपाली कांग्रेसका उम्मेदवारहरुले नेकपा एमालेका उम्मेदवारलाई २ मतले पछि पार्दै वडाअध्यक्षमा निर्वाचित हुनुभएको छ । मोदी ५ बाजुङमा नेपाली कांग्रेसका मानबहादुर अधिकारीले १११४ मत प्राप्त गर्नु भयो भने उहाँका प्रतिद्वन्दी नेकपा एमालेका तेजबहादुर क्षेत्रीले १११२ मत प्राप्त गर्नुभयो । वडा नं. ६ मा नेपाली कांग्रेसका दिपेन्द्रजंग लामिछानेले १०९३ मत प्राप्त गरी प्रतिद्वन्दी नेकपा एमालेका नन्दलाल सुवेदीलाई २ मतले पराजित गराउनुभएको छ । एमालेका सुवेदीले १०९१ मत प्राप्त गर्नुभएको थियो ।

२०७९, ३ जेष्ठ मंगलवार १२:००
कथालिका नयाँ कथा
कथालिका