क्षणभरमा मरेको ‘मोडेल सपना’ – कथालिका

क्षणभरमा मरेको ‘मोडेल सपना’

भर्खर अंकुराउदै गरेको जीवन, जवानी र सपना कुनै कुत्सित मनसायको कसरी शिकार बन्दछ ? टिकटक मार्फत युवतीले बहोरेको यौन दुव्र्यवहारको चरम पीडाको घटना र सार्वजनिक भिडियो यसको एक उदाहरण हो । नाबालिग गायिका माथि अभिनेताको बलात्करण प्रकरण सेलाउन नपाउँदै नेपाली बजारमा अर्को सनसनीपूर्ण घटना सार्वजनिक भएको छ । एक युवतिले आफु १६ वर्ष हुँदा मिस नेपाल र मोडेल बन्ने सपनाको दौडमा यस्तो दर्दनाक पीडाको सामना गर्नुपरेको बताए पछि सिंगो देश तरंगित छ ।

आफू किशोरावस्थामा बलात्कृत भएको घटना सात वर्षपछि टिकटकमा भिडियो बनाएर पोस्ट गरेकी छिन् । २१ भागमा बाँडिएको पौने एक घन्टाको भिडियो क्लिपमा यौन हिंसाका दर्दनाक पीडा हेरेर सुनेर सर्वत्र अवाक र आक्रोश जन्मिरहेको छ । सामाजिक सञ्जालदेखि सडक सम्म यसको बिरुद्ध आवाज बुलन्दित भइरहेको छ ।

मिस नेपाल र मोडेल बन्ने सपना
एक किशोरी मिस ग्लोबल इन्टरनेसनल–२०१४ मा सहभागी थिइन् । राजधानी स्थित एक कन्सल्टेन्सीले विद्यार्थीहरूलाई विदेश पठाउने र मिस नेपालजस्ता सुन्दरी प्रतियोगिता र कार्यक्रमहरू आयोजना गथ्र्यो ।

सानैदेखि अभिनय, मोडलिङतिर रुचि भएको र कक्षा १२ को बोर्ड परीक्षा सकिएपछि उनी हाउस अफ फेसनमा अडिसन दिन गएकी थिइन् । त्यतिबेला उनी छनोटमा नपरे पनि त्यहाँका तस्बिरहरू बाहिर आएपछि ‘फोटो सुट’ का लागि बोलाइएकी थिइन् । त्यसपछि ब्युटी पेजेन्टमा भाग लिएको र फस्ट रनर अप हुन सफल भएको पनि उनले बताएकी छन् । फस्ट रनर अप भएपछि ‘इभेन्ट सक्सेस’ पार्टीका लागि होटल एभरेस्टमा आयोजकमध्येका मुख्य व्यक्तिले बोलाएरु आफू माथि बलात्कार भएको उनको जिकिर छ ।

पाण्डे थर भएका कन्सल्टेन्सी सञ्चालकले आफूलाई बेहोस हुने औषधी मिसाइएको पेय पदार्थ खुवाएर बलात्कार गरेको उनले आफ्नो टिकटक मार्फत सार्वजनिक गरेकी हुन् । पार्टीका लागि बोलाएर बानेश्वर स्थित एभरेस्ट होटलमा गएको र त्यहाँ पुग्दा सञ्चालकबाहेक कोही थिएनन्,’ उनले भनेकी छिन्, ‘अरु कोही आउनु भाछैन ? भनेर सोध्दा तिमी अलि छिटो आयौ, एकछिनमा पार्टी सुरू हुन्छ । अहिले लेमोनेड खाउ भनेर पिए लगत्तै मलाई रिंगटा लाग्न थाल्यो । घर जान्छु भन्दा निस्किन दिएन ।’
घर जान खोज्दा पार्टीमा केटीहरूले ड्रिंक गरेपछि उनीहरूलाई गाह्रो होला भनेर एभरेष्ट होटलमै कोठा बुक गरेको र त्यसमै आराम गर्न भनेर कोठामा लगेको उनले बताएकी छिन् । अर्धचेत अवस्थामा रहेर ब्युझिँदा सञ्चालकले बलात्कार गरिरहेको पाएको उनको भनाई छ । आफू होशमा आउँदा आफ्नो शरीरमा कुनै कपडा नभएको नग्न अवस्थामा पाएको र निकै डर लागेको उनले भनेकी छिन् ।

मिस नेपालको असहयोग र आक्रोश
यस प्रकरणमा यौनदुव्र्यवहारका आरोपित पात्रहरु त जरुर कठघरामा उभिनु पर्छ नै, अहिले मिस नेपाल माल्भिका सुब्बाको नाम पनि यसमा सामेल छ । र सामाजिक सञ्जालहरुमा त उनको चर्को आलोचना भइरहेको छ । यद्यपि, त्यस समयमा पीडित युवतीले के कसरी आफ्ना समस्या सुब्बा सामु राखेकी थिइन् । यतिबेला उनको समस्याबारे गम्भीरता नदेखाउनुमा नियत थियो कि परिस्थितिजन्य समस्या ? यो दुवै पक्षबाट अझ मिहिन रुपमा बुझ्नु बुझाउनु पर्ने देखिन्छ ।

‘म जतिबेला जीवनमा कहिल्यै सोँच्दै नसोचेको घटना बेहोरिरहेको थिए, पीडाले क्षत विक्षत थिए, त्यसबेलामा सहयोगका लागि धेरै सँग अनुनय विनय गरे,’ उनले भनेकी छिन्,‘यही क्रममा मिस नेपाल माल्भिका सुब्बासँग सहयोगका लागि पुगे तर, अपेक्षित सहयोग पाएन, यो तिम्रो समस्या हो भन्दिए ।’
तत्कालीन समयमा मिस नेपाल सुब्बाले दिएको जवाफले आफू थप दुखित र पीडित भएको उनको भनाई छ । मिठो शब्दमा मिस नेपालहरुले आवाज बिहीनको आवाज भन्छन् तर, उनीहरुको त्यो बोलि र व्यवहार बिचको फरक देखेर आफूलाई उदेक लागिरहेको उनी बताउछिन् ।

यसमा बिहीबार नै सुब्बाले सार्वजनिक रुपमा माफी मागेकी छन् । त्यसबेला आफू पनि डिप्रेसको अवस्थामा भएकाले सहयोग गर्न नसकेको उनको स्वीकारोक्ति छ ।

पीडाले क्षत विक्षत भएपछि आत्महत्या प्रयास
ती युवतिले यसक्रममा पटक पटक आत्महत्याको प्रयास समेत गरेको बताएकी छिन् । टिकटकमा उनले छोटा छोटा श्रृखंलाबद्ध भिडियोमा घटनाबारे फेहरिस्त बताएकी छिन् । धेरै वर्ष पहिलेको घटना भए पनि त्यसबेला आफूमा यस्तो विषय सार्वजनिक गर्ने साहस नभए पनि अहिले भन्नै पर्ने आवश्यकता बोध गरेर प्रस्तुत भएको उनले बताइन् ।

बलात्कार पश्चात विहान घर जाने बेलामा सञ्चालकले धम्कीपूर्ण भाषा प्रयोग गर्दै यो कुरा कसैलाई नभन्न र भनेमा यौन क्रियाकलापको अश्लिल फोटो भिडियो आफुसँग सुरक्षित भएको बताएका थिए । यसपछि ती सञ्चालकले निरन्तर ६ महिना सम्म आफूलाई बलात्कार गरेको उनले जिकिर गरेकी छिन् । ‘पटक पटकको बलात्कार पीडा, त्यसमा कसैको सहयोग नपाउँदाको अवस्था अझ पीडादायक हुँदोरहेछ,’ उनले भनिन्, ‘यसले म आफै पटक पटक मर्ने प्रयास गरे, धेरै रोए तर अहिले केही सम्हालिएर बाँचिरहेको छु ।’

र मोडल बन्ने सपना म¥यो
अहिले उनको मिस नेपाल, मोडल बन्ने सपना मरेको छ । किशोरी अवस्थामा हुर्किदै जाँदा सुन्दर सपनाहरु सजाए पनि अहिले सपनाहरुमा एकाएक तुषरापात भएको उनले बताएकी छिन् । महिलाका सपना मात्र होइन, यौवन र जीवन नै असुरक्षित भएको उनको जिकिर छ । मोडल र अभिनेत्री बन्न चाहने नयाँ पुस्ताका किशोरी तथा युवतीलाई मान्छेहरू भेट्न जाँदा सुरक्षित भएर जान, एक्लै नजान पनि सुझाएकी छन् । ‘मेरो सोच सपनाहरु कति ठुला थिए, कति सुन्दर थिए तर त्यो ग्ल्यामर्स दुनियाँको केही खराब व्यक्तिहरुका कारण मरेको छ,’ उनी भन्छिन्, ‘अहिले त मसँग भएका प्रमाणहरु पनि डिलिट गर्दिसके, कारबाही होला जस्तो पनि लाग्दैन तर, अबका हाम्रा भावी पुस्ता माथि यस्तो दुव्र्यवहार नहोस् र कसैले गर्ने आँट नगरोस् भन्ने हिसाबले म बोलेकी हुँ । मेरो जस्तो सपना क्षणभरमै कसैले नमारिदिओस्, मार्न नदिऔं ।’

पीडितमैत्री न कानुन, न सरकार
बलात्कार सम्बन्धि काननु त छ तर, यसको कार्यान्वयन पक्ष निकै फितलो छ । अर्को तर्फ नेपालको कानुनलाई जता पनि व्याख्या गर्न सकिने र सत्ता शक्तिको आडमा पीडकले उन्मुक्ति पाउने प्रवृत्ति अधिक छ । यस प्रकरणमा पनि युवतीले ठुलो साहस गरेर त विषय बाहिर ल्याएकी छिन् । तर, दोषिलाई कानुनी कठघरामा ल्याउने सवालमा सरकार र सरोकारवाला निकाय मुकदर्शक छ । स्वतस्फूर्त रुपमा बालुवाटार अघि र सामाजिक सञ्जालहरुमा बिरोध प्रदर्शन जारी छ । यसबारेमा लेखक बुद्धिसागर भन्छन्, ‘खै उजुरी परेको छैन !’ भन्दै पन्छिने यो फेरि अर्कैखाले अहम् हो । वर्षाैं लामो मानसिक प्रताडनासँग जुध्दै युवतीले सार्वजनिक रूपमा बोल्ने आँट गरेपछि सम्बन्धित निकाय आफैं अघि सर्नुपर्ने होइन र ? पीडितलाई दैलोदैलोमा बोलाएर अझै कति रिँगटा दिने ?

२०७९, ६ जेष्ठ शुक्रबार ०८:४८
कथालिका नयाँ कथा
कथालिका