कथाः कुथै – कथालिका

कथाः कुथै

गोधुली साँझ निक्कै गलेकी र निथु्रक्क भिजेर सोत्तर लिएर आएकी कुथै र तुलेको टाढैबाट देखादेख भयो । वर्षौ पछि आफ्नो पतिलाई देख्दा उनका आँखाबाट खुसीका आँसुका धारा बग्न थाले वर्षायामको झरी झै तर पनि तुले आक्रोशित मुद्रामा भन्दै थियो–‘के–के गरिस् म नभएको मौका पारेर ।’ 

श्याम गैरे

वर्षायाम रिमझिम रिमझिम अनवरत पानी परेको पनि सात दिन भइसक्यो तर, रोकिने सुरसार नै छैन । भेडाहरू भ्याँ भ्याँ गर्दै कराइ रहेछन् बाहिर निस्कने आशमा । हिमाल तिरको बर्फिलो सिरेठोमा गोठालाहरुको जीउ भने बाहिर निस्कन डराइरहेछ । म सिरक ओढेर सफा मौसमको प्रतिक्षामा छु । यहाँबाट थूरथूर काप्दै दुधिलाको बोटमा चढेको तुले भने दुधिलाका डाला झार्दैछ ।

म हजुरलाई अलि पुरातन जुग तिर यात्रा गराउँछु है त । के तपाईं राजीखुसी हुनु हुन्छ ? जतिबेला न फोन थियो, न मोबाइल, न त इन्टरनेट नै । सूचना सञ्चार गर्न पनि चिठ्ठीकै भर पर्नु पर्ने कस्तो जुग थियो है ? जबो, नुन लिन पनि सात सात दिन हिँडेर बटौली जानु पर्ने । यो कुरा त सबैलाई सर्वविदितै छ तर स्क्रिनमा दौडिएका आँखालाई निमेष भरको लागि ल्याण्डिङ गराऊ न है ! अनि म मेरो आफ्नो बिमान विरासत अनुभूतिको तीर्थ यात्रामा लैजान्छु । हजुर पनि बस्नु अनि सिट बेल्ट पनि लगाउँनु है त ।

जहाज आकाशमा उडिरहेको थियो, तल धरतीबासी गोठाला, भेडाहरु सबै फुरुङ्ग थिएँ मौसम सुधारको अवस्था देखेर । गोठाले काइलो चोर औँलाले देखाउदै थियो त्यो विमानलाई– ऊ ऊ हेर हेर देखिस् तुले भन्दै । तुले अलि सानो छ उमेरले ।
लिलेः कतिको भइस तुले ?
तुलेः एघार वर्ष दाजै
लिलेः धेरै पो भैछस् त । तेरा उमेरा मेरो ब्या भईसक्याथ्यो।
तुले मरक्क मुन्टो बटारेर भेडा धपाउन लाग्यो । ऊ अलि सोझो छ । यत्तिकैमा बाबुरामले सुईअ सुसेली हाल्यो, यताबाट तुलेले पनि जवाफ सुसेलीमै जवाफ फर्कायो । एकैछिनमा बाबुराम बोका खेद्दै, उहुँइ गर्दै पसिनै पसिनाले भिजेको शरीर लिएर आईपुग्यो । ठट्यौलो लयमा लिले, भानु भने बाबुरामलाई ओए के छ रेडियो नेपाल तेरो हालखबर भन्दै जिस्क्याए । ऊ पनि के कम नि, के हुनु स्याल हो यस्तै छ भन्दै आवाज चर्काउँदै जवाफ फर्कायो ।
ह..के छ तुले तेरो सोध्न थाल्यो बाबुरामले कछाड फुकाउँदै ।

लीलेः हैन ह..के गर्छ यो रेडियो नेपालले ?
तिम्रीमा ठास्नी हो के गरेको देखेनौ । बाबुराम बोल्न थाल्यो । भनु तुलेको बिहेको प्रसङ्ग झिक्यो अनि कछाड झै खोल्न थाल्यो रहस्य बाबुरामले बिहे बारेका ।

गोठाला पनि अचम्मैका छन् । कोही खुल्ला चहूँरझैं सुन्दर हृदय भएका, कोही बुट्यान जस्ता भने कोही चाहिँ सुरिलो सल्लाका रुख जस्ता सदावहार मिलनसार अनि ठट्यौला । दिनभरि गोठालो गफ ग¥यो, चौपाया हे¥र्यो दिनभर भने ।
राती झाम्रे गायो, घट्टा खायो कस्तो रमाइलो है जीवन साथीहरू भनिरहेका दृश्यहरु विमानबाट देखिन्थे ।
यस्तै हुन् गोठालाहरु काम खासै हुँदैन । कहिले के कहिले के उटुङ्गी गर्दछन् बस्छन् ।

यत्तिकैमा देवीलाल आइपुग्यो । नाम देवीलाल भए पनि लमी भनी चिन्थे उसलाई जताततै । जस्ताको पनि बिहेको छिनोफानो मिलाउँथ्यो उसले । कतिलाई त बहिनी देखाउने दिदीसँग भिडाई दिन्थ्यो ऊ । यसो गर्नुको कारण चाहीँ ऊ आफैलाई बिहेमा फसेको खेद मेट्न रहेछ ।

लीले र लमिका उट्पट्याङ्ग गफ चल्दै गए तुलेको बिहेको बारेमा ।
तुले पनि के कम, हो मा हो थप्यो र लामिका रसिला कुराको जन्त गयो ।
जन्त गए पछि अन्त मन के लाग्थ्यो तुलेलाई । जाई से सङ् यूईसे रङ्ग भने झैं गोठालाले बिहेको बीउ तुलेको मनमा रोपि छाडे ।

एकदिन त सारै उक्सिएर बेलुकी घर फर्किए पछि बा सँग गोठालोबाट फर्किए पछि सारै जिद्दी गर्न थाल्यो–‘बिहे गरिदिनु प¥यो भनेर ।’ बा पनि हैरान भई सके पछि तुलेको बिहे गर्ने निधो गरे ।
गाउँमा सोधीपुछनी गरिसके पछि बिहेको लागि हिँड्ने तयारी गर्न लागे । मंसिरको महिना एकाबिहानै मल्लाज तिर जान लागे लमी र तुलेका बा मुरारी ।

खाली खुट्टा, लामो सफर हिँड्दा कहिले खुट्टामा काँडा बिझ्थ्यो भने कहिले मनमा । बाटामा अनेक प्रसंगमा कुरा हुन्थे लमी र मुरारीका बीच । कहिले भैंसी, कहिले हलो, कहिले जुवा भने कहिले तास ।

लमी बेला बेलामा ऊ आफ्नो जीवनलाई विभिन्न रङ्गसँग तुलना गथ्र्र्याे त कहिले वन बीचका बाटाहरुमा ।
लामो समय जङ्गलको बाटो हिँडेपछि वस्ती भेटियो । त्यति खेर सम्म मुरारी र लमी निक्कै तिर्खाएका थिएँ अनि नजिकैको पण्डित जी कहाँ पानी मागे र क्याक क्याक पार्दै एक अंखोरा पानी दुवैले पिए । लमी पण्डितसँग गाउँका केटीका बारेमा सोधपुछ गर्न थाल्यो भने मुरारी सुनी रहे । त्यसपछि आफ्नो बाटो लागे ।
त्यतिखेर सम्म उनीहरू निकै भोकाई रहेका थिए ।

जे भए पनि बुवाको कर्तव्य निभाउनै पर्ने है भन्दै थिए मुरारी लमी पनि हो नि मुरारी जी भन्दै सही थप्यो ।
गोधुली साँझ पर्न लाग्दा सम्म उनीहरू गोकुल जीको घर पुग्न लागेका थिए ।

गोकुल जी निकै आध्यात्मिक रहेछन् । हरे कृष्ण हरे कृष्ण कृष्ण कृष्ण हरे हरे हरे राम हरे राम राम राम हरे हरे को कृतन गाउदै निक्कै प्रशन्न मुद्रा मा देखिन्थे उनी । हामी पुगिसकेपछि उनी निक्कै खुसी भए र स–सम्मान हाम्रो सत्कार गरे ।

खाना खाई सके पछि गोकुल जी प्रसंग निकाले हामी आएको कारण बारे । लमी पनि के कम प्रसङ्ग मिलाएर कुरा निकाले बिहेको ।
“मोही माग्न आउने ठेकी किन लुकाउने “ भन्दै कुरा सोझाउन थाले लमी । कति हलको छ खेत, कति हुन्छ पराल अनि कति हुन्छन् धान ? भन्दै जिज्ञासा राखे गोकुल जी अनि जवाफमा मुरारी भन्न थाले धान तेह्र मुरी हुन्छन् छ हलको खेतमा । सम्पत्तिको विवरणबाट यसरी कुरा अगाडि बढ्न थाल्यो केटाको बारेमा।
गोकुल जीः केटाको नाम अनि उमेर कति नि ?
लमीः तुले हो उसको नाम अनि एघार वर्षको भयो ऊ । अनि खोई त कन्या ?
गोकुल जीः कुथै मामाघर गाएकी छिन् हिजो मात्र ।

हुन्छ मरी लाने चोलामा के नै छ र तेरो मेरो भन्नु गोकुल जी भावुक मुद्रामा जबाफ दिए । यस्तै छ हजुर हामी सम्पत्ति दिन सक्दैनौ । केराका पातमा गोडा धोएर दिने हो– गोकुल जी आफ्नो सवै कुरा प्रष्ट संग बताएँ ।
हामी सम्पत्ति खोज्न आएका होइनौ नी हजुर लमीले विनम्र हुँदै भन्यो ।

‘हुन्छ उसो भए केटा केटीको कुण्डली हेराउ अनि लगन गाठो कसौला’ गोकुल जी ले भने । त्यसपछि सबै कुरा मिलेपछि २२ मंसिरलाई कसियो । त्यसपछि खाना खाएर लमी र मुरारी बिहानै घर तिर फर्किएँ ।
पर्र्सीपल्ट कुथै घरमा फर्किन मामाघरबाट फर्किइन् । घरमा आउँदा अनौठा बिहे बारेका कुराहरू जुन उनले कल्पना पनि गरेकी थिएनन् । यस्तो सुन्दा उनका मनमा भने विभिन्न कुराहरू खेले ।

यता तुले भने बाटो हेरेर बसिरहेको थियो बा को भने दिउँसो गोठालाहरु तुलेको बिहेमा जन्त जाने, भतेर खाने, बाजामा नाँच्ने भन्दै सल्लाह गरिरहेका थिए । बेलुकी बा फर्किए पछि सबै बेली बिस्तार सुनाए र तुले पनि खुसी भयो ।
एक कान दुई कान मैदान भनेझैं गाउँभरि तुले र कुथैको बिहेको हल्ला फैलियो चौतर्फी । दिनहरू तयारीमै बित्दै गए, समय पनि नजिकिदै गयो र विहेको दिन पनि आयो ।

एका बिहानै उठ्यो तुले अनि मनतातो पानीले कपाल भिजायो खौरिनको लागि । त्यसपछि ग्रह शान्ति गर्न बस्यो यज्ञ मन्डपमा । पुजा पनि सकियो र लुगा पनि लगायो उसले– पल्लो घरे काकाको कोट सँगै दौरा सरवाल। अनि पहिरियो माला तोरी र प्याउली फूलको ।

यत्तिकैमा तुले रिसले चुर भएर अगेनाबाट झरिलो अगुल्टो निकाल्यो र तलाई आज यही अगुल्टोले दागबत्ती दिन्छु भन्दै अगुल्टो मुखमा झोस्दियो ।

यसो पहिरन हेर्दा ऊ बीस बर्षीया जस्तो देखियो । बाबुरामले रेडियो स्टेशनमा बजेका गीत झैं सुरीलो स्वरमा गाउन थाल्यो गीत । संगै दमाई काईलो रागी पउनि फेरि फेरि सानाई फुक्यो बाबुरामकै गीतको लयमा ।
यसरी तूले र कुथै दुवै बिहेमा धेरै खुसी भए । फरक यत्ति मात्रै हो कि तूलेको अनुहारमा प्रष्टै त्यो खुसी देखिन्थ्यो भने कुथैको अनुहार खास्टोले ढाकिएको थियो ।

“अध्यारो रातमा जीवनको उज्यालो भर्न मण्डपमा बसेका यी एक जोडीको मनमा निक्कै सुन्दरता देखिन्थे । “
’जसरी बाबुरामको उक्साहटमा लगेर घरी घरी तुलेलाई कुथैलाई खुसुक्क बेला बेला चिमोटी रहन्थ्यो । त्यसरी नै निद्रालाई उनीहरू चिमोटि रहेथे ।’ यसो गर्दा गर्दै सिन्दुर हाल्ने काम पनि सकियो र अन्तमा सम्धी सम्धेलो पश्चात जन्तीहरु धोती फेर्दै जन्तीहरु टपरीमा खान थाले दाल र भात । यसरि तुलेको बिहे सम्पन्न भयो ।
“बाटोमा आउँदा कोही बाजा तालमा नाचिरहेथे भने कोही जीवन तालमा।“

बिहान घामको झुल्कोको उदयसंगै बुहारीको उदयले तुलेकी आमा भागिरथी स्वागत गर्न पाउँदा निक्कै खुसी देखिन्थिन् । उनले समातेका दियो संगै बलेका बातीहरुले पनि भनिरहेथे तमसोमा जोतिर्गमयः । मुलायम फूलका गुच्छाहरू टेक्दै घर भित्र जान पाउँदा कुथै पनि निक्कै आनन्दको महसुस गरिन् ।

“जुवा पनि खेलिन् र महांगोमा जितिन् त्यसपछि निक्कै सस्तोमा पूरा पुवा पनि खाइन ।“
यसरी मुख देखाउने क्रममा उनले पहिलोपल्ट देखेको नयाँ ठाउँ, नयाँ परिवेश सँगैका नयाँ अनुहारहरुले उनको मनमा कता कता डर उत्पन्न गरिरहेको थियो । कालः सर्व विरोपायती– अर्थात् समयले सबैमा मलम पट्टी गरिदिन्छ भने जस्तै विस्तारै उनलाई त्यो परिस्थिति पनि अनुकूल लाग्दै गयो ।

सम्पूर्ण बिहे सकिएपछि भागिरथी कुराउनी घोटिन र सेल रोटी पनि हालिन्–दुराने फर्काउन जाँदाको कोसेलीलाई । एवम् रितले यी बाल जोडीहरुका दिनचर्या घर देखि वन र वन देखि घर गर्दा, भेडाहरु हेर्दा, घाँस काट्दा, गोबर फालेर बित्न थाले।

नाचगान गर्न एकदमै सिपालु कुथै कहेले जङ्गलमा एक्लै घाँस काट्दै गीत गाउँथिन् त कहिले मजेत्रोको साडी बनाएर साडी ढल्काउँदै नचथिन अनि कता कता भेडा ले भ्या भ्या गर्दा जिस्कायाझै लाग्थे अनि रोक्थिन् आफ्नो नर्तन् ।
गाउँमा खान लाउन पनि गरो भयो भनि मुरारी किचकिच गर्न थाले तुलेलाई । सानो उमेरमा बस्न थालेको तुलेको कुथै सँगको को स्नेहको बन्धन विस्तारै समयले टाढा लागिदियो । कुथै सँग बिहे भएको सात महिनामै भारत जानु पर्ने भयो । त्यसपछि सन्तोष दाई सँग बिहानै भाग्यो ऊ घरवाट । परिवारको किचकिचबाट मुक्त पाउँन संगै कुथैलाई सुख दिने बाहानामा । टाढाको बाटो, खाली खुट्टा हिँड्दा पैतालामा बिझेका काँडा र मन दुवै चस्कि रहन्थ्यो विरहमा ।

तुलेले घर छोडेको दिनदेखि नै कुथैका दुःख भोगाईका दिन सुरु भए । कामको बोझ र उमेरको मागको उल्टो सम्बन्ध हुन थालेको महसुस हुन थाल्यो उनलाई ।
तुले गाउँ छोडेको रात गाउँमा बाजा गाजा सहित चन्द्राको बिहे हुँदै थियो । त्यसमा कुथैलाई पनि चन्द्राले निम्तो गरेकि थिइन् किनकी उनीहरू संगै मेलापात, वन र घर गर्थे संगै गोठालो पनि । त्यसैले उनी घर धन्दा सासकेर त्यहाँ पुगिन । नाच गान औधी मन पर्ने उनलाई रमाइलो गर्ने त्यो एक अवसर थियो । रातभर उनि दिल खोलेर गाउँने र बाजा ताल मा नाचिन् ।

घर फर्किएपछि मुरारी र भागिरथी भने बुहारी भएर पनि बाजामा नाच्छेस ह ? तेरो आजबाट जात फेरियो भन्दै निक्कै हृदय छिया छिया हुने गरी गाली गरे र घृणाको नजर बसाएँ । फलस्वरूप तुले घर छोडेको सात दिनमा भागीरथी कुथैलाई बिहेका गहना फुकाल्न दबाब दिन थालिन् । सुरुका केही दिन त अटेर गरिन् तर पनि हरिपदेखि दैव डराउँछ भनेझैं सासुको अगाडी केही लागेन । अनि फुकालिन् नाक, कान र गलाका सबै गहना अनि थमाइदिन् भागीरथीको हातमा ।

अनि अधिकांश गाउँलेले पनि यो कदमको प्रशंसा गरेका थिए । तर लिले, डम्बरे, मिनालाई चाही नराम्रो लागेको थियो ।
“उनी एक रात मात्र बाजामा नाचगान गरिन् तर यसरी सासु ससुरा भने संगै अधिकांश गाउँलेहरु उनको जीवन माथि नै ब्यालेट डान्सर जसरी नर्तन गर्न थाले ।“

गाईले खाने खोले त्यो पनि समयमा नदिए पछि उनको मन संगै आँखाबाट आँसुहरू बलिन्धारा बगे । चौध वर्षकी उमेरमा नै कुथै नराम्रो सँग काममा पनि पेलाई रहने तर खोले पनि समयमै नदिने उनीहरूको अपमानको सिकार भइन् । यसले गर्दा उनी कहिले जंगल त कहिले बाटोमै बेहोस हुन्थिन् । कति पटक त टोपीमा पानी थपेर पिलाएका छन् लिले र बाबुरामले ।
केही सिप नलागे पछि उनी रातारात माइत तिर लागिन् ।
र सवै बेली बिस्तार लगाइन् कुथै । तत्पश्चात् गोकुल जी आफ्नी छोरीलाई यस्तै हो जीवन घर गरेर खानु पर्छ । ज्वाई पनि हुन हुन्न यति बेला, उहाँ आए पछि त समस्या समाधान भई हाल्छ नि भन्दै प्रेमले सम्झाउन थाले । अनि अर्को दिन नै कुथै घर तिर लागिन् ।

आकाश गढगढाई रहेको थियो, खोलाहरु बढेका थिए, मुलहरु पलाए, पालुवाहरु फेरिदै थिए तर उनलाई सासु र ससुराबाट गर्ने व्यबहार भने कहिलै फेरिएनन् । वर्ष दिन वितिसक्दा पनि पतिको केही आएन केबल बाडुल्की र सम्झना बाहेक ।
माइती घरदेखि घर पठाए भने घर देखि एक्लै बस्न गाई गोठमा । लाग्थ्यो एकतिर दाम्लोमा गाई बाँधिएको छ भने अर्को तिर आफु ।
विहान बेलुका पति आउने बाटो हेर्दा हेर्दै, आँखा तन्काउँदा तन्काउँदै निधारमा निराशाको बाटो बन्दै गयो । साउनको झरीमा एकदिन सोत्तर काट्न गाएको बेला तुले घर आएछन् । अनि बाटोमा आउँदा गाउँलेहरु निक्कै नराम्रो कुराहरु गरेछन् कुथैको बारेमा । घरमा आउँदा त झन् बुवा आमाले के के नहुँदा नहुँदा कुरा लगाइदिए तुलेलाई । यी सब कुरा सुनेपछि तुले रिसले एकदमै चूर भयो ।

गोधुली साँझ निक्कै गलेकी र निथु्रक्क भिजेर सोत्तर लिएर आएकी कुथै र तुलेको टाढैबाट देखादेख भयो । आफ्नो पतिलाई देख्दा उनका आँखाबाट खुसीका आँसुका धारा बग्न थाले वर्षायामको झरी झै तर पनि तुले रिसाउँदै आक्रोशित मुद्रामा भन्दै थिए–‘के–के गरिस् म नभएको मौका पारेर ।’ तुले एकाएक झोक्किन थालेपछि उनले पनि भनिन्,–‘मैले के नै गरेकी छु र एक दिन बिहेमा नाचगान बाहेक ।’ अझैं मुखमुखै लाउँछेन् हँ ? भन्दै तुले गर्जिएपछि उनका सपनाहरू संगैका आशाका किरणहरु पनि ओइलिन थाल्यो ।

तुलेकी आमा तेरी स्वास्नीलाई बोलाई भन्दै क्रोधित मुद्रामा प्रस्तुत भइन् । अनि गोठबाट तुलेले कुथैलाई ‘यता घरमा मर् तेरो पेट चिरिन’ सन्काहा शासकको पारामा बोलायो ।
अनि उनी जाडो संगै डरले थुरथूर काप्दै भित्र पसिन् । उता आगोका झरीला कोइलाहरू बलिरहेथे त यता त्यसरी नै कुथईको मन जलिरहेथ्यो ।

यत्तिकैमा तुले रिसले चुर भएर अगेनाबाट झरिलो अगुल्टो निकाल्यो र तलाई आज यही अगुल्टोले दागबत्ती दिन्छु भन्दै अगुल्टो मुखमा झोस्दियो । अनि अगुल्टोले शरीर भरी पिट्यो । यसरी पिट्दा उनका सबै शरीरका कपडाहरू जलेका थिए । कुथै कराउँदै चिच्याउदै रुँदा छिमेकी कसैले पनि सुनेनन् उनको क्रन्दन । किनकी बाहिर घनघोर वर्षा भइरहेको थियो । मुसलधारे वर्षाका जसरी आँसुका ढिका बग्न थाले आँखबाट ।

“लाग्छ हिजो सम्म उनलाई हेरेर रिसाउँदा देखिने राता आँखा र काला अनुहारहरू अहिले उनले शरीरमा यस अगुल्टे युगमा को उत्तराद्र्धमा अवतार लिरहेछन् । यतिबेला उनलाई बाहिरको मुसलधारे वर्षाले जलेको मुख र फोकै फोकाका पोका परेको शरीर भिजाएर न्याय ग¥र्यो तर अरू कसैले गरेनन् ।

त्यसपछि उनी घरबाट भागिन् मुसलधारे पानी सँगैको औंसीको रातको प्रवाह नै नगरी ।
मुरारी खोई का गई ह ? भन्दै खोज्न लागेका थिए । तर, त्यो जाठी जता सुकै मरोस् ! कहाँ पो जाली र ? भन्दै भागिरथीले रोकी मुरारीलाई । त्यसदिन सबैले खाए अनि सुते । भोलिपल्ट बिहानै पल्लो घरकी इन्द्रा आई र सोध्न थाली खोई त कुथै ? च्याठीदै खोई केथा उतै गोठ तिर होली करे भन्दै भागीरथीले कराई ।

घरका सबै जनाले कसैलाई थाहै नहुने गरी खोज्न थाले खोलातिर, वनतिर, अनि गाउँतिर तर दिनभर खोज्दा पनि उनलाई कतै भेटेनन् । हार खाएर केही सिप नलागे पछि बाबुराम र लीलेलाई भने । कतै झुण्डिएकी त छैन भन्दै घरमा भएका नाम्लो, दाम्लो अनि बरियो गन्न थाले । तर, यिनीहरूको संख्यामा कुनै फेरबदल थिएन ।

यसो गर्दा चार दिन बित्यो अझै पनि नआएपछि खोज्दा पनि नभेटिएपछि माइत त गाएकी होली भन्ने ठानेर बावुराम र लीलेलाई कुथैको माइत मल्लाज पठाउँने निधो गरे । पानी पनि विदो भयो र भोलिपल्ट एकाबिहानै दुवै कुथैको माइतको यात्रा तय गरे । बाबुराम र लीलेका मनमा विभिन्न कुराहरु खेले किनकी कुथै उनीहरूलाई गोठालो जाँदाकि दावली थिइन् । पक्कै पनि हातपात नगरेसम्म कसैले त्यसै घर छोड्ने कुरै हुँदैन नि है लिले ? बाबुरामले भन्यो अनि हो नि भन्दै लिलेले सही थप्यो । यसरी बेलुकी कुथैको घर पुगें उनीहरू । जन्त जाँदा बाहेक कहिल्यै नगएको, नचिनेको घरमा एक्कासी अपरिचित अनुहार देख्दा गोकुल जी र उनकी श्रीमती नर्भस भए । हामी कुथैका दावली हौ नि अनि बिहुँबाट आएको हो भनेपछि चाहीँ अलि शान्त भए । अनि खोई त कुथै भन्दै लीलेले सोध्यो गोकुल जी लाई । उतै होली करे घर यहाँ त आकी छैन भने गोकुल जीले ।

“तत्पश्चात सबैका मनमा विचारका हाईवेमा संकाका सवारहरू दौडिन थाले ।
सवै बेलीबिस्तार सुनाउदै थिए बाबुराम भने कुथैकि आमा ढिडो मस्काउँदै थिइन् । कुरा सुन्दा सुन्दै उनी गुर्लुङ्ग ढलिन् अगेनो छेऊ । गोकुल जीले पानी पिलयपछि आधा घण्टामा मात्र बल्ल होशमा आइन् । त्यस रात कसैलाई पनि निद्रा लागेन ।
भोलिपल्ट बिहान हामीहरू बिमानमा उडिरहेका थियौ, त्यति नै बेला त्यो घरमा एकदमै सन्नाटा छाएको थियो यो प्रष्ट देख्न सकिन्थ्यो हाम्रो बाइनाकुलरबाट ।

“बाबुराम र लीले घरतिर फर्किएँ केवल कुथैको स्मृति बोकेर ।“ र तुलेको घर फर्किएपछि सबैलाई जानकारी दिए कि कुथै माइत पनि छैनन् भनेर । उता गोकुल जी पनि खोज्न थाले भने यताका सम्पूर्ण गाउँले पनि खोजी कार्य जारी राखे ।
“यसरी गन्धर्वको माध्यमले यो समाचारले धेरै गाउँहरू र सहरहरू चाह¥र्यो । तर पनि कुथै कतै भेटिइनन् । दिनहरू बित्दै गए र दुई महिना पनि पुरा भयो । घटनाले नयाँ रुप धारण गर्न थाल्यो।
तुलेकी आमा अब तुलेलाई नयाँ बुहारी खोज्नु पर्छ भनेर योजना बनाउन थालिन् ।

कुथैका साथीहरु काइलो, बाबुराम र लीले जसलाई यो कदमको चित्त बुझेको थिएन उनीहरूले तुलेका परिवारको विरोध गर्न थाले । यसो गर्दा यो परिवारलाई जोखिम बढिरहेको थियो । अनि तुलेका बाआमा बाबुराम, लीले र काइला लाई सम्झाउन लागिन् तर यिनीहरू मान्दै नमने पछि अक्कल लगाए ।

एक साँझ उनीहरूलाई बोलाए, खिर खुवाए अनि तिमीहरूलाई हामीले बीस/बीस रुपैयाँ दिन्छौ बिहे पनि गराईदेऊ भनिन् । धन देखे पछि शिवजीका त तीन नेत्र खुल्छन् भने पछि यिनीहरूका नेत्र किन नखुल्लान् ? अझ त्यस माथि बीस रुपैयाँ जतिबेला तीन सयमा खरबारी आउँथ्यो ।

मन्जुरी पश्चात तीनै जनाले कुथैलाई बिर्से र तुलेको दोस्रो बिहे मात्र सम्झिए र लागे धाईरिङ तिर । उता तीन चार दिन बसेपछि बिहेको कुरो छिनोफानो मिलाए र फर्किए । कसैलाइ थाहै नदिई यता बिहे हुँदै थियो । साँझ तिर मालढुङ्गा पुग्दा त यताबाट बाबुराम, लिले, काइलो र तुले उताबाट गोकुल जी पनि आएका रहेछन् । खोई कुथै ? भन्दै आँखा तर्दै झोक्किए । अनि रिसको झोकमा तुलेका गालामा फिलिङङ्गो उड्ने गरी बसाले । बल्ल तल्ल भाग्न सफल भए ती चार जना । पख् तँलाई त म कहाँ छोडुला भन्दै जिल्ला प्रहरी कार्यालय पर्वतमा भोलिपल्ट उजुरी दर्ता गराए । र तत्काल प्रहरीले मुरारीको नाउँमा पक्राउ पूर्जी काट्यो अनि हवल्दार रणसिंह सहितको चार जनाको टोली बिहुँ तर्फ पठायो ।
उता रातीमा ती कन्यासँग तुलेको धाइरिङको कुल मन्दिरमा बिहे भयो । अनि चार बजे तिर उनीहरू हिँडे । अनि दिउँसोको दुई बजे पुगे घरमा । मौसम सफा हुँदै थियो र घर पुग्न साथ हल्का घामपानी प¥यो ।

आकाशमा बिमानले परिक्रमा गरिरहेको थियो भने यता नयाँ कन्या भित्राउने काम चल्दै थियो । बिधि विधान अनुसार अब चतुर्थी संगै मुख देखाउने काम शुरू हुन लाग्दै थियो । त्यतिकै हवल्दार रणसिंहको टिम मुरारीको घरमा आइपुग्यो। त्यतिबेलाको समयमा पुलिस गाँउमा पस्नुलाई निक्कै खतराको संकेत मानिन्थ्यो । जब पुलिस आए मुरारीका हात काप्न थाले र धोती पनि खस्न थाल्यो । अनि गल्तीको स्मरण र महशुस गर्न थाले ।

बिमान नजिकैको चौरमा रोकियो र सवार पाँच जना यात्रु पनि त्यही आइपुगे । यता मुरारीको हातमा हतकडी कसिदै थियो भने उता तुलेको जीवन गाठो । हवल्दार थर्काउदै सोध्न थाले तपाइँ हो मुरारी ? निन्याउरो मुखले हो हजुर भन्दै मुरारी जवाफ फर्काए । खोई त कुथै ? फेरि हवल्दारले सोधे । सबै विमानका संगै प्रहरीहरू मन्डप तिर गइरहेका थिए ।
मण्डपमा पण्डितजी ल अब मुख देखाउने बेला हुन लाग्यो भागीरथी कहाँ छौ ? ल आऊ । सबै जना नयाँ कन्याको रूप हेर्न आतुर थिएँ भने प्रहरी कुथैलाई खोज्दै थियों मुरारीको हातमा हतकडी लगाउँदै ।

त्यसपछि कन्या टक्क विस्तारै मजेत्रोको दुवै भाग समान रुपले माथि सार्दै थिइन् भने मान्छेहरू आँखा माथि सार्दै थिए । घाम एकदम चर्को थियो हवल्दार रण सिंहको अवाज जस्तै । त्यसपछि भागीरथी फर्लुङ्ग ढलिन् र तुले पनि पल्टिए संगै बाबुराम, लीले र काइलो हाँस्न थाले किनकी ती कन्या कुथै नै थिइन् ।

यत्रो विमानमा यात्रा गराएको पैसा लाग्दैन ? ल ल पैसा निकाल्दै गर्नु है, म चाहीँ कुथैको नयाँ भाग लेख्दै गर्छु ल !

गैरे डा. कोईराला रिसर्च इंस्टीट्यूट फर बियो टेक्नोलोजी एण्ड बायोडाइभर्सिटिमा अनुसन्धान सहायकको रुपमा कार्यरत छन् ।

२०७९, ४ असार शनिबार ०९:२४
कथालिका नयाँ कथा
कथालिका