कवि हलधर नागः हर कविता कण्ठस्थ – कथालिका

कवि हलधर नागः हर कविता कण्ठस्थ

‘साहेब, म सँग दिल्ली आउन पैसा छैन, कृपया मलाई प्रदान गर्ने घोषणा गरिएको पद्मश्री पुरस्कार हुलाकबाट पठाइ दिनुहोस्’, पद्मश्री सम्मानित भारतको ओडिशाका प्रसिद्ध लोककवि हलधर नागको भनाइ भन्दै नेपाल, भारत लगायतका देशमा सामाजिक सञ्जाल रंगिए। जसको चौतर्फी प्रंशसा समेत भइरहेको छ । तर, स्वयम् कवि हलधरले भने यसको भारतिय सञ्चार माध्यमहरुमा कडा रुपमा खण्डन गरेका छन् ।

यो करिब ५ वर्षअघिको कुरा हो । जतिबेला उनले भारत सरकारद्धारा प्रदान गर्ने पद्मश्री सम्मान पाएका थिए । उक्त सम्मानको घोषणा भए पश्चात ओझेलमा रहेका हलधर एकाएक देश विदेशमा चर्चामा रहेका थिए । नागले अहिले यो गलत सूचनालाई शरारती ढंगले भाइरल बनाइएको बताए । सत्य यो हो कि उनले २०१६ मा पद्मश्री पुरस्कार पाएका थिए, यो वर्ष होइन। २०१६ मा पद्मश्री अवार्ड लिन दिल्ली बोलाउँदा पनि उनले आफ्नो गरिबी उल्लेख गर्दै सरकारलाई कुनै चिठ्ठी नलेखेको बताउछन् ।

लोककवि हलधरले पद्मश्री अवार्ड अघि नै ओडिशाका मुख्यमन्त्री नवीन पटनायकले आफूलाई कलाकार भत्ता दिँदै आएकाले संघर्षपूर्ण जीवनबाट सहज लयमा उन्मुख भइसकेको बताए । ओडिशा सरकारले उनीहरूलाई बस्नको लागि जग्गा पनि दिएको छ, जसमा बरगढका एक डाक्टरले आफ्नै खर्चमा घर पनि बनाएका छन्। अहिले उनीहरुले सरकारबाट मासिक १८ हजार भत्ता पनि पाउँछन् ।

यस्तो छ हलधर नागको कथा
ओडिशाका निवासी हलधर नाग कोसली भाषाका प्रसिद्ध कवि हुन् । सन् १९५० मा ओरिसाको बरगढ जिल्लाको एउटा गरिब परिवारमा जन्मेका हल्धर नाग १० वर्षको हुँदा उनका आमाबुवाको मृत्यु भयो । त्यसपछि उनले तीन कक्षा पढ्दा पढ्दै पढाइ छोडे । ढाबामा मिसाइएको भाँडाकुँडा सफा गरेर धेरै वर्ष अनाथ जस्तै जीवन बिताए ।

स्थानीय विद्यालयमा १६ वर्ष भान्साको काम गरेका हलधर नागले केही वर्षपछि बैंकबाट १ हजार रुपैयाँ ऋण लिएर विद्यालय अगाडि फोटोकपी, कलम, पेन्सिल र किताबको सानो पसल खोलेका थिए । यसबाट उनले धेरै वर्षसम्म जीविकोपार्जन गरे । यस अवधिमा उनले आफ्नो लेखनको जोशलाई मर्न दिएनन् र सधैं केही न केही लेखिरहे ।

स्थानीय पत्रिकामा पहिलो पटक कविता
कवि हलधर नागले आफ्नो पहिलो कविता ‘धोडो बर्गाच’ ९पुरानो बरगद० सन् १९९० मा लेखेका थिए । उनले अन्य चारवटा कविता पनि लेखेका थिए जुन स्थानीय पत्रिकामा प्रकाशित भएका थिए । त्यसपछि उनको लेखन अहिले पनि जारी छ ।

हलधर नाग भन्छन्, ‘यो मेरो लागि ठूलो सम्मानको कुरा हो र यो घटनाले मलाई लेख्न थप हौसला दिएको छ ।’ त्यसपछि नागले नजिकैका गाउँमा गएर कविता सुनाउन थाले । त्यस क्रममा उनले जनताबाट सकारात्मक प्रतिक्रिया पाए ।

हलधरको अद्भुत क्षमताः सबै कविता कण्ठस्थ
७१ वर्षीय हलधर नागले हालसम्म २० वटा महाकाव्य र अन्य धेरै कविता लेखिसकेका छन् । उनको एउटा चामत्कारिक विशेषता यो हो कि उनले अहिलेसम्म लेखेका सबै कविता सम्झन्छन् । उनले लेखेका प्रत्येक शब्द सम्झन्छन् ।

आजको युवा पुस्ताले कोसली भाषाका कविताप्रति चासो राखेकोमा खुसी लागेको उनी बताउँछन् । मेरो विचारमा कवितामा सामाजिक सन्देश र वास्तविक जीवनको सम्बन्ध हुनु निकै जरुरी रहेको उनको भनाइ छ । प्रसिद्ध लोककवि हलधर नाग ओडिशामा लोक कवि रत्नू नामले प्रसिद्ध छन् । उनका अधिकांश कविता समाज, प्रकृति, धर्म र पौराणिक कथामा आधारित छन् । उनले आफ्नो लेखनबाट समाज सुधारको प्रचार पनि गर्छन् । ओडिशाको सम्बलपुर विश्वविद्यालयमा कवि हलधर नागको लेखनको सङ्कलन हलधर ग्रन्थवाली–२ पाठ्यक्रमको हिस्सा बनाइएको छ ।

२०७९, ३१ असार शुक्रबार ०४:१०
कथालिका नयाँ कथा
कथालिका