दिन एकः घटना दुई – कथालिका

दिन एकः घटना दुई

एकैदिन उस्तै प्रकृतिका दुई घटनाले ‘सेलिब्रेटी क्रेज’का उम्दा क्षमताका एक पात्रलाई ‘बलात्कार’ आरोपले जेलमै पु¥याएको छ भने अर्का पात्रलाई जीवन करियरकै कठिन ‘अग्नी परीक्षा’मा उभ्याइदिएको छ ।

भाद्र २१ गते मंगलबार, एकै दिन उस्तै प्रकृतिका दुई घटनाको यस्तो परिदृश्य देखियो । जसले सर्वथा उच्च सम्मानका साथ हेरिने ‘सेलिब्रेटी क्रेज’ बोकेका उदाउदाँ उम्दा क्षमता भएका एक पात्रलाई नाबालिका ‘बलात्कार’ आरोपले जेलमै पु¥याएको छ भने अर्का पात्रलाई उस्तै आरोपमा जीवन करियरकै कठिन ‘अग्नी परीक्षा’मा उभ्याइदिएको छ । अब यसमा उनका चामत्कारिक बलिङ, चौका, छक्काले काम गर्ने छैन । केबल उनले गरेको कर्म र व्यवहार नै यसको मुख्य कसी बन्नेछ ।

एकैदिनका यी दुई घटनाका परिदृश्यले नेपाली समाजमा देखिएको सेलिबेट्री क्रेज, अन्तरनीहित स्वार्थ र स्वरुपका अनेकन कुरुप चित्र र चरित्र उदांगो बनाइदिएको छ । भलै अदालतबाट सत्य तथ्य प्रमाणित हुन बाँकी नै छ ।

घटना-१
राष्ट्रिय क्रिकेट टिमका कप्तान सन्दीप लामिछानेविरुद्ध जबरजस्ती करणीसम्बन्धी कसूरमा प्रहरीसमक्ष किटानी दर्ता भयो ।
आफ्ना एक साथीसँग प्रहरी वृत्त गौशाला पुगेकी पीडितले आफूलाई कप्तान लामिछानेले दुईपटक बलात्कार गरेको आरोप सहित किटानी जाहेरी दर्ता भएको जिल्ला प्रहरी परिसर, काठमाडौंका प्रमुख भरतबहादुर बोहोराले बताए ।

लामिछाने ६ भदौमा टी–२० सिरिज खेल्न केन्या गएका थिए । त्यसको अघिल्लो दिन उनले पीडितलाई पिंगलास्थानस्थित होटल काठमाडौं इनमा लगेर दुईपटक बलात्कार गरेको पीडितको भनाइ छ । मध्यबानेश्वर स्थित होस्टेलमा बस्दै आएकी उनले सन्दीपलाई राति ८ बजेपछि होस्टल बन्द भइसक्ने बताएकी थिइन् । तर सन्दीपले ‘एकछिन–एकछिन’ भन्दै ढिला गरेको पीडितको भनाइ छ । झण्डै ११ बजिसकेपछि सन्दीपले होटलमा बस्ने प्रस्ताव गरेको उनको बयान छ । दुईवटा कोठा लिन भने पनि सन्दीपले नमानेको जाहेरीमा उल्लेख छ ।

प्रहरीको विज्ञप्तिमा भनिएको छ, ’नेपाली राष्ट्रिय क्रिकेट टोलीको कप्तान सन्दीप लामिछानेले भाद्र ५ गते काठमाडौं र भक्तपुरको विभिन्न स्थानमा लगी काठमाडौं ल्याई रातको अन्दाजी ११ः५५ बजे एक होटलको कोठा नं. ३०५ मा पटक–पटक जबर्जस्ती करणी गरेको लगायत उल्लेख गरी प्रहरी वृत्त, गौशालामा जाहेरी दरखास्त दिइएको छ ।’

पीडित भनिएकी बालिकाको उमेर अहिले १७ वर्षको छ । गौशाला प्रहरीका एक अधिकृतका अनुसार काठमाडौंको एक कलेजमा अध्ययनरत पीडित युवती लामिछानेकी ‘फ्यान’ थिइन् । उनीहरुबीच सामाजिक सञ्जाल स्न्यापच्याट र ह्वाट्स एपमार्फत कुराकानी हुने गरेको थियो । सामाजिक सञ्जालमार्फत नै लामिछानेले उनीसँग भेट्ने प्रस्ताव राखेका थिए । स्न्यापच्याटमा संवाद पठाएको हेर्ने वित्तिकै आफैं डिलिट हुन्छ ।

प्रहरीले पीडितलाई एकद्वार संकट व्यवस्थापन केन्द्रमा विस्तृत स्वास्थ्य परीक्षण गराएको छ । काठमाडौं प्रहरी परिसर प्रमुख बोहराले जाहेरी परे पछि अनुसन्धान अघि बढाइएको बताउँछन् । यसबारे आरोपित लामिछाने वेस्टइन्डिज भएकाले उनको प्रतिक्रिया आइसकेको छैन । उनले आफ्ना कुरा नागरिक, प्रहरीदेखि अदालत सम्म राख्ने नै छन् । आरोपित लामिछानेलाई इन्टरपोल वा अरु भिन्न विकल्प मार्फत नेपाल ल्याउने भन्ने विषयमा प्रहरीले बोलिसकेको छैन ।

मुलुकी अपराध संहिताको दफा २१९ अनुसार कसुर पुष्टि भए लामिछानेलाई १० देखि १२ वर्षसम्म कैद सजाय हुन सक्छ ।

घटना-२
सेलिब्रेटी क्रेज र ‘स्टारडम’को आडमै नाबालिगलाई बलात्कार गरेको अभियोग लागेका लोकप्रिय अभिनेता पल शाहलाई मंगलबार नै कैद सजाय सुनाइएको छ । शाह बिरुद्ध एक नाबालिग गायिकालाई जबरजस्ती करणी गरेको आरोपमा तनहुँ जिल्ला अदालत र नवलपुरमा मुद्धा परेको थियो ।

पीडित बालिकाका बाबुले जाहेरी दिएका थिए । सुटिङका क्रममा कलाकार शाहसहित पीडित र अरु व्यक्तिहरु ७ चैत २०७७ मा गैडाकोट रिसोर्टमा बसेको र सोही दिन राति कलाकार शाह पीडितको कोठामा प्रवेश गरेर जबर्जस्ती गरेको अभियोग थियो ।

तर, पछिल्लो समय पीडितले अदालतमा बयान फेरेपछि बलात्कार आरोपको घटनाले नयाँ मोड लिएको थियो । यही बलमा शाहले बलात्कार कसूरमा सफाइ पाएका छन् । यद्यपि, बाल यौन दुरुपयोगमा भने पल दोषी ठहर भएका हुन् । उनलाई बाल यौन दुरूपयोगमा साढे दुई वर्ष कैद, १० लाख क्षतिपूर्तिको सुनाइएको छ ।

‘जाहेरी पर्दैमा कोही दोषी हुँदैन, प्रमाणित नहुँदै अपराधी करार ’

हुन त पछिल्लो समय प्रहरीमा उजुरी, जाहेरी या मुद्धा पर्न साथ पुरै अपराध र दोषि करार नै जस्तो गरिन्छ । तर, अदालतबाट फैसला नभई कुनै पनि आरोपित, अभियोग लागेका व्यक्ति अपराधी दोषी होइनन्, हुँदैनन् ।

यद्यपि, सामाजिक सञ्जालमा त क्षणभरमै फैसला नै गरे जस्तो गरी खेदिन्छ । सार्वजनिक सञ्चार माध्यम मिडियाहरु पनि तथ्य जाँच, जिम्मेवार पत्रकारिताबाट भिड र भाइरल हुने आंकाक्षाले उस्तै शीर्षक, भाव सहित समाचार दिन्छन् । जसले पछि अदालतबाट निर्दोष सावित भएकाहरु आजीवन दोषी अपराधी जस्तो जीवन दैनिकी झेल्न बिबश बनिरहेका छन् । आफू र आफ्ना मान्छेको दुःख, अप्ठ्यारा, जटिलतामा मात्र दुख्ने र तथ्य बुझ्ने, अरुकोमा सतहीमै रमाउने प्रवृत्तिले समाजलाई डरलाग्दो दिशा तर्फ लैजाँदैछ ।

विज्ञान शर्मा भन्छन्–‘कुनै अभियोग दर्ता हुने बित्तिकै नेपाल प्रहरीले गहिरो अनुसन्धान सुरू गर्ने हो । अनुसन्धान एक तहमा नपुगुञ्जेल सम्भावित पिडित र पिडक दुबैको पहिचान सार्वजनिक नगरिकन जिम्मेवारी निर्वाह गर्नुपर्ने हो तर दुर्भाग्य पछिल्लो समय नेपाल पुलिसलाइ पनि मिडिया ट्रायलमा निकै रूचि बढेको छ ।

सामाजिक सञ्जाल अनियन्त्रित अवस्थामा छ । यदि कुनै पुरुषमाथि एक महिलाले यौनजन्य अपराधमा जाहेरी दिइन् भने उनको पहिचान गोप्य राख्नुपर्ने प्रावधान छ । अरु त गैरजिम्मेवार बने नै । स्वयम् कानुनको रक्षक प्रहरीले समेत आरोपको तथ्यबारे अनुसन्धान सुरु नहुँदै मिडियामा प्रचारबाजी गर्नुले सरकार र मानव अधिकारलाई गिज्याइरहेको छ । जाहेरीदेखि अदालतको फैसलासम्ममा धेरै लामो प्रक्रिया हुने र त्यतिञ्जेलसम्म ‘आरोपित’ को छवि धुलिसात अवस्थामा पुग्ने देखिएको छ । जसबारे गम्भिर बहसको खाँचो छ ।

उदाउँदा प्रतिभाको धरापमा करियर
पल शाह नेपाली रंगमञ्चमा उदियमान र लोभलाग्दा प्रतिभा थिए । महिनामा २८,३० म्युजिक भिडियोमा काम गर्ने प्यासन र व्यस्तताले उनको चर्चा चुलिँदै थियो । कोरोनाकालमा खेलेको भूमिकाबाट त अझै धेरै नेपालीको मन जितेका थिए । तर, एकै घटना र आरोपबाट शाह चर्चाको चुलीबाट एकाएक भूइँमा पछारिए । सन्दीप लामिछाने पनि नेपाली क्रिकेटरमा कम उमेरमै अब्बल खेल कौशल प्रदर्शन गर्ने खेलाडी थिए । उनले देश भित्र मात्र होइन, अन्तर्राष्ट्रिय स्तरमा समेत सर्वाधिक पारिश्रमिक लिएर बिभिन्न प्रतिष्ठित प्रतियोगिता खेले । उनको खेल कौशल र अद्भुत प्रतिभाकै कारण कम उमेरमै नेपाली क्रिकेट टिमको कम्तानी सम्हाल्ने अवसर समेत पाए । आम शुभेच्छुक नेपालीलाई झस्काउने अहिलेको घटना र आरोपले उनी प्रतिको धारणामा बदलाव त आयो नै, उनको उदाउँदो करियर नै धरापमा परेको छ ।

यसबारे मुमाराम खनाल भन्छन्, ‘अलिकति आशालाग्दो सफलताको सिंढी चढ्दै गरेका युवाहरूलाई के भएको हो ? नाबालिका माथिको यौन दुव्र्यवहार त्यही मादक सफलताको दम्भ त होइन ? नत्र कृत्य र कुकृत्य त छुट्याउनुपर्ने ।

दुई घटनाका एउटै सन्देश
सेलिब्रेटी या स्टारडम को अवसर पाउनु या बनाउनु सामान्य कुरा होइन । तर, कठीन मेहेनत, परिश्रमको जगबाट प्राप्त गरेको यस्तो उपलब्धि, मान प्रतिष्ठाको आडमा अनेकन स्वार्थमा जोडिन थाल्यो भने के हुने रहेछ ? अहिलेको ताजा यी दुई घटनाका उदाहरण हेरे काफी हुन्छ ।

सफलताले फरक क्रेज बनाइरहेकाहरु सबैको आकर्षणको केन्द्रमा हुन्छन् । उनीहरुसँग सँगै हिँड्न, बोल्न, फोटो खिच्न पाए पनि सौभाग्य ठान्ने जमात ठुलै छ । र उनीहरुसँग जीवन बिताउन चाहनेहरु पनि प्रशस्तै होलान् । यस्तो बेलामा नजिकिन कुनै कसर बाँकी नराख्ने तर अपेक्षा गरे जस्तो केही नहुँदा या बुझाईमा फरक पर्न साथ विषयले अनेक घटनाको रुप लिएर आउने खतरा हुन्छ । यसबाट जोगिएर सेलिब्रेटी क्रेज, स्टारडमको सम्बन्ध र गरिमा कायम राख्नुपर्छ ।

कुनै शिखर या सफलतामा पुग्नु मात्र ठुलो कुरा रहेनछ । त्यहाँ पुगिसके पछि पनि हामी आप्mनो उचाईको कद अनुसार कति अनुशासित, मर्यादित भएर बाँच्छौ र बस्न सक्छौ ? त्यसले नै सफलता, खुसी या उपलब्धिको निरन्तरतामा अर्थ र महत्व राख्दो रहेछ ।

२०७९, २२ भाद्र बुधबार ०७:४९
कथालिका नयाँ कथा
कथालिका