अलविदा लिजेण्डः पेले अब सम्झनामा – कथालिका

अलविदा लिजेण्डः पेले अब सम्झनामा

  • इटालीको रक्षापंक्तिमा खेल्ने खेलाडी टारसिज्यो बुर्गनिसले खेलअघि पेलेबारे भनेका थिए, ‘सबैको जस्तै उसको शरीरमा पनि छाला र हड्डी छ तर, म गलत रहेछु ।’

विश्वका अहिलेसम्मै सबैभन्दा महान् फुटबल खेलाडी पेलेको ८२ वर्षको उमेरमा ब्राजिलमा निधन भएको छ ।

१७ वर्षको उमेरमा अन्तर्राष्ट्रिय खेलाडीका रूपमा सुरु भएको पेलेको खेल जीवन विश्वभरका खेलप्रेमी माझ पृथक रुपमा सम्झनामा रहनेछ ।

सन् १९५८ देखि १९७० को बीचका विश्वकप प्रतियोगितामा उनको प्रदर्शन सम्झनलायक रह्यो । जसमा तीन वटा विश्वकप ब्राजिल आफैँले जितेको थियो । क्लब र देशका लागि खेलेका १,३६३ वटा खेलमा १,२८१ गोल गर्ने उनको अर्को विश्व कीर्तिमान छ।

पेले बारेको १० रोचक तथ्य

रेफ्रीले मैदान छाड्नुपरेको थियो

बोगोटामा जुन १८, १९६८ मा पेलेको क्लब सान्तोस एफसीले कोलम्बियन ओलम्पिक स्वाडसँग एउटा मैत्रीपूर्ण खेल खेलिरहेको थियो।
दर्शकहरूले भरिभराउ रङ्गशालामा रेफ्रीले फाउल र आफ्नो अपमान गरेको भन्दै पेलेलाई मैदान छाड्न भने। रेड कार्डको चलन सन् १९७० बाट मात्र सुरु भएको थियो।

रेफ्रीको उक्त निर्णयको विरोधमा सान्तोसका खेलाडीहरूले उनलाई घेरे। दर्शकहरूको भिडले पनि उक्त निर्णयको विरोध गर्‍यो।

सन् २०१० को एउटा अन्तर्वार्तामा ती रेफ्रीले त्यसपछि आफूलाई खेल छाड्न लगाई एक लाइन्सम्यानलाई सिट्ठी दिन भनिएको बताए।
पेलेलाई तत्कालै खेलमा भित्र्याइयो।

के पेलेले साँच्चै युद्ध रोकेका थिए ?

युद्ध भइरहेको नाइजिरियामा ४ फेब्रुअरी १९६९ मा हुँदा सान्तोसले स्थानीय टोलीलाई बेनिन सहरमा २-१ ले जितेको थियो ।
सन् १९६० को दशकमा पेलेको क्लब सान्तोस एफसी विश्वको निकै प्रसिद्ध फुटबल क्लबमध्ये गनिन्थ्यो।
संसारभरि उसले मैत्रीपूर्ण खेलहरू खेल्ने अवसर पाएको थियो।

तिनैमध्येको एउटा खेल युद्ध भइरहेको नाइजिरियामा फेब्रुअरी ४, १९६९ मा हुँदा सान्तोसले स्थानीय टोलीलाई बेनिन सहरमा २(१ ले जितेको थियो।सान्तोस क्लबको इतिहासको विवरण राख्ने एक व्यक्तिका भनाइमा ब्रजिलको टोलीको सुरक्षा सुनिश्चित गर्न त्यहाँको गृहयुद्धमा पक्षबीच युद्धविराम घोषणा गरिएको थियो।

पेलेले यस कुरालाई आफ्नो दोस्रो आत्मवृत्तान्तमा उल्लेख गरेका छन्।त्यो कुरा पूरै साँचो हो होइन मलाई थाहा छैन तर नाइजिरियालीहरूले हामी त्यहाँ हुँदा कुनै धावा नबोल्ने सुनिश्चितता गरेका थिए।

पेले र बीटल्सको कथा

पेले अङ्ग्रेजीको कक्षा लिन गएको एउटा भाषासम्बन्धी स्कूलमा द बीटल ब्यान्डका जोन लेननले जापानी भाषा सिकिरहेका थिए
सन् १९७५ मा पेले न्यूयोर्क कस्मसका तर्फबाट अमेरिकाको पहिलो व्यावसायिक फुटबल लीग खेल्न न्यूयोर्क पुगे।
उनी अङ्ग्रेजीको कक्षा लिन गएको एउटा भाषा पाठशालामा द बीटल ब्यान्डका जोन लेननले जापानी भाषा सिकिरहेका थिए।
उनको भनाइअनुसार लेनन र बीटल्सका अन्य सदस्य सन् १९६६ मा इङ्ल्यान्डमा खेलिएको विश्वकपका बेला ब्रजिली टोलीलाई होटलमा भेट्न आउन खोजेका थिए।
पेलेले आफ्नो पुस्तकमा लेखेअनुसार जसलाई पुरातनवादी ब्रजिली फुटबल सङ्घका निर्देशकहरूले रोकेका थिए।

कहिल्यै युरोपेली क्लबबाट खेलेनन्
सान्तोस एफसी क्लबले रेआल मड्रिड र एसी मिलानजस्ता क्लबका प्रस्ताव लत्याइदिन्थ्यो
उनका आलोचकहरू पेलेले कहिल्यै युरोपेली फुटबल नखेलेर आफ्नो जीवन सहज बनाएको ठान्छन्।
अन्य ब्रजिली खेलाडीलाई झैँ पेलेलाई आफ्नो महत्त्वपूर्ण समयमा विदेशमा गएर खेल्न रोकिएको थियो।
सान्तोस एफसी क्लबले रेआल मड्रिड र एसी मिलानजस्ता क्लबका प्रस्ताव लत्याइदिन्थ्यो।

त्यतिखेर आफू खेल्ने ठाउँमा खेलाडीको खासै चल्दैनथ्यो र पेलेलाई ब्रजिलमै राख्न त्यहाँको सरकारको उच्च तहबाट दबाव पनि थियो।
सन् १९६१ मा त्यहाँका राष्ट्रपतिले पेलेलाई ुराष्ट्रिय सम्पत्तिु भन्दै ुनिर्यात गर्न नसकिनेु बताएका थिए।

५० वर्षको उमेरमा बल्ल कप्तान
सधै क्लब र देशको लागि क्याप्टेन बन्न अस्वीकार गर्ने पेलेले आफ्नो खेलजीवनमा केवल एक पटक त्यो भूमिका निर्वाह गरेका छन्।
त्यतिबेला उनी ५० वर्षका थिए।
त्यो सन् १९९० मा आफ्नो राष्ट्रिय टोलीको जिम्मेवारीबाट सन्न्यास लिएको १९ वर्षपछि थियो।
आफ्नो ५०औँ जन्मदिनका अवसरमा मिलानमा ब्रजिलविरुद्ध बाँकी विश्वले खेलेको मैत्रीपूर्ण उक्त खेलमा पेलेले ४५ मिनेट खेलेका थिए।

पेलेको अपहरण

पेलेको ४३ मिनेटको गोलपछि दर्शकहरू अनियन्त्रित भएका थिए ।

सान्तोस एफसीका खेलाडीहरू ट्रिनिडाड एन्ड टोबागोमा सन् १९७२ को सेप्टेम्बर ५ मा खेल्दा त्यति सन्तुष्ट थिएनन्।
त्यहाँ आन्दोलन भएको र सडकमा ट्याङ्क देखिएको कुरा खेलाडीहरूले सञ्चारमाध्यमहरूलाई पछि बताएका थिए।
उनीहरू सक्दो छिटो खेल खेलेर विमानमा फर्किन सहमत भएका थिए।
तर पेलेको ४३ मिनेटको गोलपछि दर्शकहरू अनियन्त्रित भए। मैदामै गएर काँधमा पेलेलाई बोकेर सडकमा विजय जुलुस निकाले।
उनलाई उद्धार गर्न असहज रूपमा केही मिनेट समय लाग्यो।

सल्भेस्टर स्टिलोनको ख्याति खोसिदिए

इस्केप टू भिक्ट्रीले दोस्रो विश्वयुद्ध ताकाको नाजी-११ र बन्दीहरूको टोलीबीचको खेलको एउटा काल्पनिक कथा देखाउँछ
जब फिल्म इस्केप टू भिक्ट्रीको छायाङ्कन सन् १९८० मा सुरु भयो सल्भेस्टर स्टलोन फिल्म उद्योगका चर्चित भइसकेका थिए।
इस्केप टू भिक्ट्रीले दोस्रो विश्वयुद्ध ताकाको नाजी-११ र बन्दीहरूको टोलिबीचको खेलको एउटा काल्पनिक कथा देखाउँछ।
पेले त्यसमा अन्य विश्वकप जितेका खेलाडीहरूसहित थिए।

एउटा दृश्यमा पेलेले आग्रह गरेको पहिलो पटकमै एक्रोबेटिक बाइसाइकल किक निसाना नचुक्नेगरी हानेका थिए।
सुरुको पटकथामा स्टलोन अग्रपङ्क्तिमा र म गोलरक्षको भूमिकामा थियौँ,पेलेले भने।
तर उनले जीवनभरि एउटा बल राम्ररी किक हान्न सकेनन्।

पेले राम्रै गोलरक्षक
इस्केप टू भिक्ट्रीमा पेलेले गोलकीपरको अभिनय गरेका थिए
इस्केप टू भिक्ट्रीमा गोलकीपरको अभिनय गरेका पेले वास्तवमै राम्रा गोलरक्षक थिए।
एउटा खेलामा एक खेलाडी मात्र फेर्ने पाउने अवस्थामा उनले क्लब र राष्ट्रिय टोलीका लागि गोलरक्षको उत्तरदायित्त्व पनि वहन गरेका छन्।
सान्तोस फुटबलक क्लबका लागि उनी चार चोटि गोलरक्षक बने। त्यसमध्ये सन् १९६४ मा आयोजित ब्रजिलियन क्लबको सेमिफाइनल खेल पनि थियो।उक्त खेलमा उनको टोली विजयी भयो। पेलेले कुनै गोल खाएनन्।

एउटा मात्र पेले छैनन्

उनका प्रसंशकहरू ुदेअर इज वन्ली वन पेले१ु गीत गाउँदा निकै रमाउँछन्।
तर गीतमा भनिए झैँ वास्विकतामा एक जना मात्र पेले छन् भन्ने होइन।
अफ्रिकाका एक निकै चर्चित फुटबल खेलाडी अवेदी अयु अवेदीले पेलेको रूपमा घाना र कैयौँ युरोपेली क्लबमा खेले।
इङ्ग्ल्यान्डमा केप भर्डीका डिफेन्डर पेड्रो मोन्टिरो, जो सन् २००६ मा साउथम्टन गए, उनी समेत बाल्यकालको बोलाउने नाम पेलेकै रूपमा चर्चित भए।

राष्ट्रपति बन्न चाहन्थे

पेले सन् १९९५ देखि सन् १९९८ सम्म ब्रजिलका खेलकुदमन्त्री थिए ।
सन् १९९० मा पेलेले अन्तर्राष्ट्रिय सञ्चारमाध्यमलाई देशको सन् १९९४ को चुनावमा राष्ट्रपतिमा लड्ने कुरा आफूले रुचाइरहेको बताएका थिए। त्यो अवसर कहिल्यै आएन।तर उनी राजनीतिमा प्रवेश गरेर सन् १९९५ देखि सन् १९९८ सम्म ब्रजिलको खेलकुदमन्त्री बने।

सम्झनामा पेले
बीबीसीका पत्रकार फर्नान्डो दुआर्ते पेलेलाई नजिकबाट चिनेका पत्रकारका रुपमा परिचित छन् । उनले आफ्नो एक लेखमा उनले किङ पेलेको उपमा सहित उनको प्रभाव र विरासतको व्याख्या गरेका छन् ।

अन्तिम पटक पेलेसँग मेरो प्रत्यक्ष भेट सेन्ट्रल लन्डनस्थित सबवेको शाखामा रहेको काउन्टर पछाडि उनले स्यान्डवीच तयार गर्न सङ्घर्ष गर्दै गर्दा भएको थियो ।यो सन् २०१५ को मार्च महिनाको कुरा हो । ब्राजिलका यी फुटबल हस्ती कठिन परिस्थितिका कारण त्यहाँ पुगेका होइनन् ।

अमेरिकी फास्ट फुड कम्पनीका लागि उनी त्यहाँ पुगेका थिए । ब्राजिलमा किङ पेलेका रूपमा परिचित उनले खेलजीवनपछि प्रवद्र्धन गर्ने कैयौँ कम्पनीमध्ये एक त्यो थियो ।त्यसअघि नै पेले र मबीच दुई चार चोटि प्रत्यक्ष भेट भइसकेको थियो जुन सञ्चारकर्मीहरूको भिडमा मलाई देख्दा उनी मुस्कुराउन पर्याप्त थियो ।

अस्पताल पुगेर तपाईँले सबैलाई चिन्तित तुल्याउनुभयो किङ पत्रकार फर्नान्डोले उनलाई भनेका थिए ।के तिमीले बिर्सियौ की मेरो जन्म त्रेस कोरासोइसमा पोर्चुगलको भाषामा थ्री हार्ट्स अर्थात तीन वटा मुटु भएको थियो । तीन वटा मुटु भएको मान्छेलाई मार्न गाह्रो छ, हाँस्दै पेलेले भनेका थिए ।

एक वर्षअघि जुरिखमा फिफाले आयोजना गरेको अवार्ड समारोहमा उनी निकै कमजोर देखिएका थिए । ब्राजिलका पत्रकारहरू जस्तै म पनि उनी धेरै बाँच्दैनन् भन्ने सोचेर साँच्चिकै चिन्तित भएको थिएँ ।

पेले पहिले देखिनै मिर्गौलाको समस्यासँग सङ्घर्षरत थिए । २१ वर्षको खेल जीवनका क्रममा विपक्षीहरूसँगको घम्साघम्सीका कारण उनले सन् १९७० को दशकमा एउटा मिर्गौला गुमाएका थिए ।

फुटबलका प्रशंसक त्यसमा पनि खासगरी ब्राजिलका नागरिकका लागि याड्सन आरान्ज दो नासीमिएन्तुका रूपमा जन्म लिएका पेले सुपर ह्युमनु थिए, फुटबल खेल्ने सर्वकालीन महान् खेलाडी ।जसरी जोन लेननले एक पटक सांगीतिक विधामा आफूलाई प्रभावित पारेका कारण रक एन्ड रोललाई चक बेरी भनिनुपर्छ भनेका थिए । त्यसैगरी फुटबललाई पेले भनिनुपथ्र्यो ।

हालसम्म तीन पटक विश्वकप जित्ने एक मात्र खेलाडी पेले हुन् र सन् १९५८ मा ब्राजिलले पहिलो पटक विश्वकप उचाल्दा उनी १७ वर्षका थिए ।१२ वर्षपछि मेक्सिकोमा भएको विश्वकप ब्रजिलले जित्दा उनी यस्तो टोलीका सदस्य थिए जुन अहिले पनि सबैभन्दा राम्रो टोलीमध्ये एक ठहरिन्छ ।

उक्त प्रतियोगितामा पेलेको प्रदर्शनमाथि सबैभन्दा सुन्दर टिप्पणी इटालीको रक्षापंक्तिमा खेल्ने खेलाडी टारसिज्यो बुर्गनिसले गरेका थिए । खेलअघि मैले आफूलाई भने, ‘सबैको जस्तै उसको शरीरमा पनि छाला र हड्डी छु । तर, म गलत थिएँ ।’ फाइनल खेलमा पेलेले एक गोल गरे र थप दुई गोलका लागि पास मिलाए ।

पेलेले यस्तो छाप छाडेका थिए जसले स्वर्गीय अमेरिकी कलाकार यान्डी वार्होललाई ख्यातिको क्षणिक प्रवृत्तिबारे उनको प्रख्यात भनाइ परिमार्जन गर्न प्रेरित ग¥यो । मेरो भनाइ खण्डन गर्ने केहीमा पेले पर्छन् १५ मिनेटको ख्याति नभएर उनीसँग त्यो १५ शताब्दीसम्म रहनेछ,वार्होलले अनुमान गरेका थिए ।

सन् १९७३ मा म जन्मनुअघि नै पेलेले अन्तर्राष्ट्रिय फुटबलबाट संन्यास लिइसकेका थिए । तर ब्राजिलमा हुर्किँदा उनका उपलब्धिको कथाहरू बारम्बार सुन्नबाट उम्कन असम्भव थियो । ब्राजिललाई विश्वको सबैभन्दा राम्रो फुटबल टोलीका रूपमा स्थापित गर्नुका साथै काला जातिका पुरुष पेलेले अझ महत्वपूर्ण काम पनि गरेस् दासत्वको लाजमर्दो विगत र आजसम्म कायम रहेको पृथकताको विरासत भएको भूमिमा उनी राष्ट्रिय सम्पत्तिका रूपमा स्थापित हुन पुगे ।

न्यूयोर्कदेखि सब सहारा अफ्रिका, म जहाँ जहाँ पुगेको छु त्यहाँ मेरो देश कुन हो भन्दा सबैले उल्लेख गर्ने पहिलो नाम पेले हो । पेलेका आलोचक नभएका भने होइनन् । सन् १९६४ देखि १९८५सम्म ब्राजिलको निरङ्कुश सैन्य शासनविरुद्ध उनले आवाज उठाउनुपर्ने कतिपयको धारणा थियो ।

निरङ्कुश शासनविरुद्ध आवाज नउठाउनेमा पेले एक्लै थिएनन् । उनका समकालीन साथीहरूले पनि त्यसबारे केही बोलेका थिएनन् । तर उनीहरूको व्यक्तित्व पेलेको जस्तो थिएन ।सन् २०२१ को नेटफ्लिक्स वृत्तचित्रमा पेलेले माफी मागे जस्तो भाव व्यक्त गर्दै सैन्य शासनका वर्षहरूमा भएका मानवअधिकार उल्लङ्घनहरूका विषयमा फुटबल खेलाडीहरूले कुनै फरक नपार्ने बताएका थिए ।

यदि मैले उल्लङ्घनहरूेबारे मलाई थाहा छैन भनेँ भने त्यो झूट हुने छ । तर के भइरहेको थियो भन्नेबारे हामी निश्चित थिएनौँ ।पछिका वर्षहरूमा पेलेले सेनाको विरोधमा १९७४ को विश्वकप खेल्न अन्तर्राष्ट्रिय संन्यासबाट फर्कन अस्वीकार गरेको दाबी गर्ने गरेका थिए ।

आफ्नो खेल जीवनको बेला होस या संन्यास लिएपछि पेलेले ब्राजिलमा रङ्गभेदविरुद्ध भएका औपचारिक प्रयासहरूमा सक्रिय रूपमा संलग्नता जनाएनन् ।

सन् २०१४ मा ब्राजिलएन च्याम्पियनशिप खेलमा भएको जातीय दुव्र्यवहारको घटनालाई सामान्य बनाउन खोजेको भन्दै उनको व्यापक आलोचना भएको थियो । पेलेको निजी जीवन पनि विवादास्पद थियो । उनका छोरा एडसन लागू औषध तस्करीमा संलग्न भएको आरोपमा पक्राउ परेका थिए ।

त्यस्तै सन् १९६० को दशकमा प्रेम सम्बन्धपछि जन्म भएकी छोरी सान्ड्रालाई स्वीकार गर्नबाट उनी पन्छिएका थिए । नेटफ्लिक्सको वृतचित्रमा पेलेले निकै धेरैसँग सम्बन्ध रहेका कारण कति छोराछोरी छन् आफूलाई थाहा नभएको स्वीकार गरेका थिए ।
अमेरिकाको पहिलो व्यवासायिक फुटबल लीग पश्चात् सन् १९७७मा उनले खेल जीवनबाट संन्यास लिए । उनले प्रशिक्षक वा व्यवस्थापकको भूमिका कहिल्यै निर्वाह गरेनन् ।

सन् १९७० मा ब्राजिलले लगातार तेस्रो पटक विश्वकपको उपाधि उचालेको थियो, जुन रेकर्ड अहिलेसम्म कायमै छ । फुटबलमा उनको संलग्नता टेलिभिजन विश्लेषणमा सीमित रह्यो । लस एन्जलसको रोज बोल रङ्गशालामा ब्रजिलले सन् १९९४को विश्वकप जित्दा उनले ुप्रेस बक्सुमा हेडफोन नखोलेरै तल माथि गर्दै उफ्रिएको दृश्यले अझै मेरो आँखाबाट आँसु झार्छ ।

उनी एस्केप टु भिक्ट्री नामक चलचित्रका साथै केही टेलिभिजन श्रुखलामा पनि देखिएका थिए। सन् १९९५ देखि १९९८ सम्म उनले ब्रजिलको खेलकुद मन्त्रीको भूमिका समेत निर्वाह गरे ।पेलेले अनगिन्ती राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कम्पनीहरूको प्रवद्र्धन गरेका थिए । कतिपय अवस्थामा यसका लागि उनको मजाक पनि उडाइन्थ्यो ।

त्यस्तो उदाहरण सन् २००० को दशकमा उनले गरेको इरेक्टाइल डिस्फङ्सन ९लिङ्गमा उत्तेजना नहुने समस्याको औषधिको विज्ञापन पनि हो । तर पछि फर्किएर हेर्दा त्यो एक साहसी कदम थियो । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सञ्चार माध्यमका लागि कोट गर्न पेले सबैभन्दा उचित व्यक्तिमध्ये एक थिए । उनले धेरै सोच विचार नगरेरै आफ्नो भनाइ राख्ने गर्थे । आफ्नै ख्याति प्राप्त सहकर्मीहरू निराश हुने भए पनि ।

विश्वकप विजेता ब्रजिलिएन अग्रपङ्क्ति खेलाडी रोमारियोले एक पटक भनेका थिए, पेले मुख रहेका कवि हुन् । कहिलेकाहीँ उनले गलत अनुमान पनि गर्ने गर्थे । सन् १९७०को दशकमा उनले अफ्रिकी टोलीले २१औ शताब्दी अघि नै विश्वकप जित्नेुु अनुमान गरेका थिए ।

सन् १९९४मा आर्जेन्टिनालाई नराम्रोसँग हराएर विश्वकपमा छनोट भएको कोलम्बियाले विश्वकप जित्ने उनले अनुमान गरेका थिए । तर उक्त टोली अमेरिकासँग हार बेहोरेसँगै प्रतियोगिताको पहिलो चरणबाटै बाहिरियो ।

खेलमा मेरो इतिहासले मलाई मेरो मनको कुरा गर्ने अधिकार दिन्छु तर यस्ता पूर्वानुमानबारे उनले आफ्नो बचाउ गर्ने गरेका छन् । सेन्ट्रल लण्डनमा हामीले पछिल्लो पटक भेट्दा पेलेले मेस्सीसँग आफ्नो तुलना गर्नुअघि मेस्सीले एक हजार गोल गर्नुपर्ने

फुटबलमा लियोनल मेस्सीको अविश्वसनीय आगमनसँगै कैयौँले पेलेलाई सर्वकालीन महान् खेलाडीको सूचीमा मेस्सीले उछिनेको धारणा व्यक्त गर्ने गरेका छन्। तर यी ब्रजिलियन महान् खेलाडी त्यस्तो ठान्दैनन् ।म टाउकोले गोल गर्न सक्थेँ र दुवै खुट्टाले बल हान्न सक्थेँ। मेस्सीले देब्रे खुट्टा बढी प्रयोग गर्छन् । उनले एक हजार गोल पनि गर्नुपर्ने हुन्छ, लन्डनमा पेलेले बताएको फर्नान्डोले बताएका थिए।-बीबीसीको सहयोगमा

२०७९, १५ पुष शुक्रबार ०५:१३
कथालिका नयाँ कथा
कथालिका