शताब्दी घरमा पहिलो ‘डिस्कोर्स’ – कथालिका

शताब्दी घरमा पहिलो ‘डिस्कोर्स’

पर्वतको कुश्मामा रहेको शताब्दी घरमा कलाबारेको पुस्तक माथि पहिलो ‘डिस्कोर्स’ गरिएको छ ।

अरनिको निधन भएको दिन पारेर कुश्मा कला परियोजनाले मार्च ११ तारिखका दिन पर्वतमा राष्ट्रिय विभूति अरनिकोलाई विशद रुपमा चर्चा गरिएको छ ।

पर्वते श्रष्टा गणेशकुमार जिसीद्वारा लिखित “अरनिको एशीया: एक प्रस्तावना” पुस्तकको चर्चा गर्दै श्रष्टाहरुले नेपालले राष्ट्रिय विभूति अरनिकोलाई चिन्नै नसकेको बताएका हुन । तत्कालीन समयमा नेपाली कला र संस्कृतिलाई छिमेकी देश चीनमा प्रचार गरेका उनको पूर्ण जीवनी र गहिरो खोज एंव अनुसन्धान हुन सकेको छैन ।

सम्झनामा अरनिकोः ‘चीनले चिन्यो, नेपालले चिनेन’

इसाको बाह्रौँ शताब्दी सन् १२४४ मा ललितपुर पाटनमा जन्मनुभएका अरनिकोले चीनमा गएर आफ्नो कलाकौशलका माध्यमबाट स्वदेशी वास्तुकलाको विदेशमा प्रवद्र्धन गरेका थिए। अरनिको नेतृत्वमा नेपालबाट चीनतर्फ गएका कलाकारको समूहले सन् १२७१ मा चीनको राजधानी बेइजिङको मध्यभागमा करीब आठ वर्षको समयावधिमा प्यागोडा शैलीमा श्वेत चैत्यको निर्माण गरिएको थियो।

अरनिको एसिया एक प्रस्तावना पुस्तकमाथि परिचर्चा गर्दै सहभागी वक्ताहरूले चिनको तिब्बत पुगेर नेपालीका कलालाई एशिया महादेशमा प्रचार गरेको ईतिहाँस मुलुकले जोगाउन नसकेको कार्यक्रममा उपस्थित वक्ताहरूले बताएका हुन ।

“जिसीको पुस्तक कलाकार अरनिकोलाई चिन्ने र नेपालको बूमि, सभ्यत, हिमाली संस्कृति र कलाको सभ्यता विश्वव्यापी रुपमा चियाउने एउटा आँखीझ्याल” भएको कुश्मा कलाका परियोजनाका अध्यक्ष आरके अदिप्त गिरीले कार्यक्रममा चर्चा गरे । उनले भने, “करीब ७०० वर्षअघि विभिन्न धातुमा रसायनको प्रयोग गर्न सकिने अवस्थाले देशको प्राविधिक, कूटनीतिक, व्यापारिक अवस्थालाई आङ्कलन गर्न सकिन्छ, तत्कालीन समयमा तामा, पित्तल, काँचलगायत धातु बनाउन सक्ने पूर्वजका सीपलाई अनुसन्धान गर्नुपर्छ, अहिलेको पुस्ताले अवलम्बन गर्नुपर्छ, त्यसका लागि राज्यले पहिले कलाकार अरनिकोलाई चिन्नु पर्छ। तब मात्र हामीले अरनिकोलाई विमर्श गर्नुको अर्थ छ” गिरीले बताए ।

जहाँ बन्दैछ पहिलो ‘रंग भवन’

अरनिको कला निर्माणका शैलीबारे जानकार भएका चीनका तत्कालीन सम्राट कुब्ला खाँका गुरु पाहसपाले अरनिकोको नेतृत्वमा ८० जना नेपाली कलाकारलाई चीन जाने व्यवस्था गरेको इतिहास रोचक रहेको अर्का वक्ता ईन्द्रमान खत्रीले बताए । उनले थपे- “यो नेपाली कलाको अन्तराष्टृय परिचय र प्रसार हो । अरनिको नेपालको खास शान हुन । मानक नाम हुन ।” “ज्योतिष विज्ञानसमेत जानेका अरनिकोले नेपाली वास्तुकला र नेपाली कलाकारितालाई तिब्बत, बेइजिङ, उथाइसान, भित्री मङ्गोलियालगायत स्थानमा स्वदेशी मौलिकताका आकर्षक मन्दिर, चैत्य, गुम्बा तथा मूर्ति निर्माण गरेका थिए। अरनिको प्यागोडा शैलीको मन्दिरहरु निर्माण गर्ने दक्ष कलाकार हुन्। अरनिकोको काम पछ्याउँदै जाँदा उनी त विश्व स्तरको कलाकार लागेरनै आफूले अरनिकोलाई आफ्नो खोज- अन्वेषणको पात्र बनाएको” कृतिका रचयीता गणेशकुमार जिसीले बताए ।

मुकेशचन्द्र भण्डारीले नेपाल र चीनको मैत्रीपूर्ण एवं सांस्कृतिक सम्बन्ध विस्तार गर्न अरनिको भूमिका अहंम र एतिहासिक भएको चर्चा गरे । शताब्दी घरमा आयोजित कार्यक्रमलाई अबका हरेक वर्ष उनको जन्म र स्मृति दिवसलाई भव्यरुपमा मनाउने र शताब्दी घरको परिसरमा कलाकार अरनिकोको शालिक र उनीद्वारा निर्मित स्वेतचैत्यको स्थापना गरिने कुश्मा कला परियोजनाले बताएको छ । सन् १३०६ मार्च ११ तारिख ६३ वर्षको उमेरमा कलाकार अरनिकोको चीनमा निधन भएको थियो।

२०७९, २८ फाल्गुन आईतवार ०७:१४
कथालिका नयाँ कथा
कथालिका