मान्छेले मान्छेलाई मनमा राख्न छोडेको छ, मान्छेले मान्छेलाई घरमा राख्न छोडेको छ । र ऊ भर्चुअल दुनियाँमा कस्मेटिक हाँसो र खुसीमा बाच्ने होडमा छ । र त देशमा घर र वस्ती रित्तिदै जाँदा पनि खोल्नु परेको छ मानव सेवा आश्रम र बृद्धाश्रमहरु ।
यही बिबशताको जगमा देखिएको एउटा जबरजस्त सपना, जुन सपना बृहत्तर छ । एउटा पवित्र सोच, जुन व्यक्ति र सीमित समूहको स्वार्थमा होइन, सिंगो राज्यको कल्याणमा छ ।
एक अभियान, जो राज्यले बिर्सिरहेको दायित्व निर्वाह गर्नमा सक्रिय र समर्पित छ ।
जसको केही छैन, जसको कोही छैन ? उनीहरुको भएर तन्नेरी वयमै अनुपम उदाहरण बनिरहेका छन् । अहिलेको पूजीवादी दुनियामा मानवीय हृदयले भरिपूर्ण यस्ता पात्र भेटिनु दुर्लभ हुन थालेको छ ।
समाजमा चरम उपेक्षित, अपमानित भएर बाँच्न अभिसप्त अशक्त, असहाय, अनाथ र मानसिक तथा शारीरिक रुपमा कमजोर भएका देशभरका नागरिकको भरोसा बनेको छ मानव सेवा आश्रम । सोही आश्रमका स्थापनाका एक अभियन्ता अर्थात् मानव सेवा आश्रमका केन्द्रीय अध्यक्ष रामजी अधिकारी । मानव सेवा आश्रम स्थापना सहित आफूजस्तै युवाहरुलाई मानव सेवा र सत्कर्ममा समर्पित गरेर सडक मानव मुक्त देश बनाउने महत्वकांक्षी योजनाका साथ अभियानमा सक्रिय छन् ।
उनै अधिकारीसँग सत्कर्मको जिवन्त संवाद गर्ने कर्मयोगीसँग कथालिकाको पहिलो श्रृंखला । प्रस्तुत छ अध्यक्ष अधिकारीसँगको भिडियो अन्र्तवार्ताः
र यो पनि … (आर्काइभबाट)