कर्मयोगीका कथाः सत्कर्मका लागि जन्मिएका महावीर – कथालिका

कर्मयोगीका कथाः सत्कर्मका लागि जन्मिएका महावीर

अधिकाशं मानिस आफ्नो व्यक्तिगत स्वार्थका खातिर इज्जत, इमान, स्वाभिमानको क्रय विक्रयमा लागिरहदा यही समाज र शहरमा यस्ता दुर्लभ पात्र पनि छन्, जसको देश प्रेम, सेवा, सत्कर्म र समर्पण भाव निकै अलौकिक लाग्छ ।

महावीर  पुन त्यही नाम हो, जुन नामसँग बेतारे इन्टरनेट सञ्जालको दुर्गम गाउँमा सहज पहुँच पु¥याउनेदेखि राष्टिय आविष्कार केन्द्र मार्फत नवप्रवर्तन, अनुसन्धानका अनेक आयाम र अभियानको गहिरो साइनो र सम्बन्ध छ ।

देश आत्मनिर्भर बन्नका लागि रोजगार, रोजगारका लागि उद्योग कलकारखाना, कलकारखानाका लागि देशमै आविष्कार, नवप्रवर्तन र अनुसन्धान अपरिहार्य भएको मान्यता राख्ने पुन यसकै लागि सरकार विरुद्ध आन्दोलित समेत हुन्छन् ।

विश्व चर्चित म्यागासेसे पुरस्कार प्राप्त गरेर पनि निकै साधारण जीवनशैली बाँच्नु उनको अर्को विशेषता हो । सिंगो राज्यले निर्वाह गर्नुपर्ने गहनतम अभिभारा एक व्यक्तिको पहलमा कति सम्भव र सहज छ ? महाविर पुनको सोच, सपना र संघर्ष आखिर केका लागि ? म्याग्दीको दुर्गम नागी गाउँमा बेतारे इन्टरनेट, अमेरिका अध्ययनदेखि पुनः स्वदेश फर्किएर नितान्त सामाजिक स्वंयम्सेवी बनेर गरिरहेको सेवा र सत्कर्म यात्रा कहिले सम्म ?

कथालिकाले निरन्तर सञ्चालन गरिरहेको प्रेरक संवाद सहित कर्मयोगीका कथा भिडियो श्रृखंलाको तेस्रो भागमा उनै महावीरको कर्म कथा प्रस्तुत गरिएको छ । भिडियो कथालिका अफिसियल युट्युव च्यानलमा हेर्न सकिनेछ ।

२०८०, ७ असार बिहीबार १२:५७
कथालिका नयाँ कथा
कथालिका