काठै काठका घरले सुसज्जित गाउँ – कथालिका

काठै काठका घरले सुसज्जित गाउँ

मगर समुदायको बाहुल्यता रहेको दिज गाउँमा काठबाट बनेका घरहरु मात्रै छन् । जाडो र गर्मी दुबै यामका लागि काठको घर उपर्युक्त हुने भएकाले गाउँभरका सबै घर काठले बनाएर बसेको स्थानीय बताउँछन् ।

माथिपट्टी अग्ला पहाड । चारै तिर हरियाली जंगलले घेरिएको छ । तलपट्टी कलकल बग्ने उत्तरगंगा नदी । त्यही बिचमा छ दिज गाउँ । काठका फ्ल्याकले छाएका मौलिक घर । घरका वरपर फैलिएको समथर भू–भागमा सप्रिएका आलुका बोटमा फूल्न थालेका रंगीन फूलहरु । जसले यहाँ पुग्ने जो कोहीलाई आकर्षित गरिरहेको छ ।

नेपालको एक मात्र सिकार आरक्ष ढोरपाटन क्षेत्रमा पर्ने दिज गाउँमा परम्परागत ग्रामीण जनजीवनको जिवन्त झझल्को भेटिन्छ । ढोरपाटन नगरपालिका–९ मा पर्ने यो गाउँ शान्त वातावरण, स्वच्छ हावापानी र मनोरम प्राकृतिक सुन्दरताले भरिपूर्ण छ । दिज गाउँ प्रकृति र मौलिकतासँग रमाउन चाहनेका लागि उत्कृष्ट गन्तव्य हो । यद्यपि, विकासका हिसाबले भने निकै पछाडि परेको छ ।

काठै काठका घर
मगर समुदायको बाहुल्यता रहेको दिज गाउँमा काठबाट बनेका घरहरु मात्रै छन् । परम्परादेखि नै काठका घरमा बस्दै आएका स्थानीय अहिले पनि मौलिकताको संरक्षण गर्दै आएका छन् । जाडो र गर्मी दुबै यामका लागि काठको घर उपर्युक्त हुने भएकाले गाउँभरका सबै घर काठले बनाएर बसेको स्थानीय धनबहादुर घर्ती बताउँछन् ।

गाउँमा स्वास्थ्य, शिक्षा, खानेपानी र विद्युत्को पहुँच नपुगे पनि गाउँको सुन्दरताका कारण यहाँ पुग्न हरेक पर्यटक लालायित हुन्छन् । यस गाउँ ढोरपाटन उपत्यका नजिकै रहे पनि अहिलेसम्म आधुनिकताले जोडिन सकेको छैन । ढोरपाटन उपत्यका क्षेत्रमा पछिल्लो समय नयाँ शैलीका घर भवन बन्दै गएका छन् । सामान्य आधारभूत सेवासमेत नपुगेको गाउँका स्थानीय खेतीपाती र पशुपालन गरी जीविकोपार्जन गर्दै आएका छन् । झण्डै एक दशक अगाडि निसेलढोर जोडिने सडकले गाउँलाई नछोए पनि उत्तरगङ्गा नदी पार गरेर गाडीको सुविधा भने पाउन सक्छन् ।

पदयात्री मात्रै पुग्छन् गाउँ
मौलिकता र प्राकृतिक सुन्दरताको सङ्गम रहेको दिजगाउँमा बेलाबखत आन्तरिक तथा बाह्य पर्यटक पुग्ने गर्छन् । अझ बढी त बर्खाको समय पदयात्रा गर्दै युवायुवती यहाँ जाने गरेका छन् ।

भौगोलिक विकटताका र प्रचारप्रसार कमीले ओझेलमा रहेको यस गाउँमा पछिल्लो केही वर्षयता भने धेरैको नजर पुग्न थालेको छ । निसीखोलाबाट निसेलढोर जाने मुख्य बाटोमै दिजगाउँ पर्ने हुँदा पर्यटकले यस गाउँको सुन्दरताको स्वादन गर्नेछन् । गाउँमा पर्यटक आएर बास बस्न खोजे पनि विद्युत् नहुँदा नबसी जाने गरेको स्थानीय मनकुमारी घर्तीमगरले बताइन् । गाउँमा रहेको काठका घर हेर्न समय समयमा विदेशी पर्यटक पनि आउने गरेको उनी बताउँछिन् । धेरैजसो ढोरपाटन र निसीखोलाबाट पैदलयात्रामार्फत निसेलढोर पुग्ने मानिस दिजगाउँमा आउने घर्तीमगरले बताइन् । गाउँमा खानेपानी र बिजुली नहुँदा आफूहरूले समस्या भोग्नुपरेको उनको भनाइ छ ।

यस क्षेत्रमा हिउँदको बेला बढी चिसो हुने हुँदा बर्खाको समय बढी मान्छेहरु घुम्न आउँछन् । गाउँभन्दा पारी पट्टी निसेलढोर जोड्ने सडक सञ्चालनमा रहेको हुँदा युवायुवती मोटरसाइकलमा समेत पुग्छन् । यतिबेला गर्मी बढेको हुँदा बुटवल, चितवन र गुल्मीबाट धेरै युवाहरु घुम्न आउने गरेका छन् । गुल्मी घर भई बुटवलमा पढ्दै आउनु भएका विनोद भण्डारीले दिज गाउँसहित निसेलढोर क्षेत्र घुम्नका लागि आएको बताए । छ जनाको समूहमा यहाँ आएको सुनाउँदै तीन दिन ढोरपाटनसहितका क्षेत्र घुम्ने योजना रहेको बताए । ढोरपाटन आएको दोस्रो दिन दिज गाउँ पुगेको भन्दै यस गाउँले आफूहरुलाई मोहित बनाएको उनले बताए ।

“यो गाउँले निकै सुन्दर रहेछ, मैले अहिलेसम्म यत्तिको राम्रो गाउँ अहिलेसम्म देखेको थिएन, पहिलो पटक यो ठाउँमा आउँदा धेरै आनन्द आयो, साथीहरु पनि खुसी भएका छन्, सहर बजारभन्दा टाढाको गाउँ यति शान्त छ, हामीहरु फर्किएर गएपछि अरु साथीहरुलाई पनि एक पटक यहाँ आउनु आग्रह गछौँ” उनले भने– “गाउँ विकट रैछ, सरकारले यस क्षेत्रको विकास गर्न सक्यो भने त विदेशीहरुको बास यही हुन सक्छ जस्तो लाग्छ, यहाँको बोलीचाली पनि आफ्नै शैलीको रहेछ, धेरै खुसी लाग्यो, फेरि पनि आउने चाहना छ ।”

न बिद्युत, न अरु भौतिक सुविस्ता
विद्युत् ल्याउन पोल गाडे पनि अहिलेसम्म लाइन तान्ने कार्य भएको छैन, बिजुलीमात्रै आए पनि गाउँको मुहार फेरिने उनी बताउँछिन् ।यस क्षेत्रमा हिउँदको बेला बढी चिसो हुने हुँदा बर्खाको समय बढी मान्छे घुम्न आउँछन् । गाउँभन्दा पारिपट्टि निसेलढोर जोड्ने सडक सञ्चालनमा रहेको हुँदा युवायुवती मोटरसाइकलमा समेत पुग्छन् ।

यतिबेला गर्मी बढेको हुँदा बुटवल, चितवन र गुल्मीबाट धेरै युवा घुम्न आउने गरेका छन् । गुल्मी घर भई बुटवलमा पढ्दै आएका विनोद भण्डारीले दिजगाउँसहित निसेलढोर क्षेत्र घुम्न आएको बताए ।छ जनाको समूहमा यहाँ आएको सुनाउँदै तीन दिन ढोरपाटनसहितका क्षेत्र घुम्ने योजना रहेको सुनाए । ढोरपाटन आएको दोस्रो दिन दिजगाउँ पुगेको भन्दै यस गाउँले आफूहरूलाई मोहित बनाएको उनले सुनाए ।

मौलिकता संरक्षण सहित विकासको पहल
दिज गाउँको भौतिक पूर्वाधार लगायतको विकासका लागि अहिले स्थानीय सरकारले चासो दिन थालेको छ । ढोरपाटन नगरपालिका–९ का अध्यक्ष खीमबहादुर घर्तीमगरले यस गाउँको मौलिकता संरक्षण सहित विकासका पूर्वाधारको पहल सुरु गरेको बताए । गाउँको काठेका घरले धेरै पर्यटकलाई आकर्षित गरिरहेको जनाउँदै विस्तारै विकासले जोडिन थालेको उनको भनाइ छ ।

टाढा टाढाबाट घुम्न आउने पर्यटकलाई लक्षित गरी दिजगाउँमा घरबास सञ्चालन गर्ने योजना रहेको सुनाउँदै यसका लागि नगरपालिकासहित प्रदेश र केन्द्र सरकारको पनि सहयोग हुनुपर्ने अध्यक्ष घर्तीमगर बताउँछन् ।गाउँमा सडक पुर्याउन प्रयास गरे पनि सिकार आरक्षको अवरोधका कारण हालसम्म पु¥याउन नसकिएको उनको भनाइ छ ।

‘अहिलेसम्म यो गाउँ अन्धकार छ, विद्युत् पुर्याउन ढोरपाटन भुजीखोला लघुजलविद्युत् आयोजनाबाट तयारी गरिरहेका छौं, अहिले पोल गाड्ने काम भइसकेको छ, अब छिट्टै लाइन तानेर विद्युत् सञ्चालन गर्नेछौं, खानेपानीको समस्या छ, त्यसका लागि पनि खानेपानी कार्यालय बागलुङबाट काम हुँदैछ’, अध्यक्ष घर्ती मगरले भने, ‘सडक पु¥याउन साविक बोबाङ गाविस हुँदादेखि नै बजेट छुट्याएर काम अगाडि बढाएका थियौं, सिकार आरक्षले अवरोधका कारण अहिलेसम्म पुग्न सकेको छैन, अब हाम्रो ध्यान यहाँको मौलकता जोगाउने र घरबास सञ्चालन गर्नेतर्फ हुनेछ ।’

 

२०८१, २९ जेष्ठ मंगलवार ०६:२४
कथालिका नयाँ कथा
कथालिका