- पछिल्लो साताको संगीत बजार हेर्ने हो भने युट्युव ट्रेन्डिङ १,२ देखि निकै रुचाइएका मौलिक गीत तिनै भुगोलका कलाकारले पस्केका छन् ।
हुन त कला, संगीतको कुनै भुगोल र सीमा हुँदैन । कला र संगीतको सुरले विश्वका जुनकुनै भुगोलका नागरिकलाई जोड्न र नचाउने सामथ्र्य राख्छ । उसो त भूगोल, क्षेत्र, जाति, समुदाय विशेषका भिन्न भिन्न कला, संस्कार, संस्कृतिहरुले पृथक विशेषता बोकेको यथार्थ पनि बिर्सन मिल्दैन । जुन नेपाली समाजको सुन्दरता, विशेषता र विविधता पनि हो । चाहे पश्चिममा हेरौ, त्यहाँको गीत संगीतको मौलिकता फरक छ, सुदुरपश्चिमको फरक छ । यानीमाया, सुनिमाया, सालैजो, देउडा भुगोल विशेष छ ।
नेपाली गीत संगीतमा यतिबेला कलासँगै पश्चिमी एक भुगोलको चर्चा छ । मौलिक लोक तथा दोहोरी गीत संगीत उर्वर भूमि हो बागलुङ । यस्तो लाग्छ कि यहाँ जन्मने जो कोहीले जन्मजात लोक दोहोरी भाका गुनगुनाउँछन् । र त्यो फराकिलो दायरामा आउँदा कोही रैया चाँदीको, म त बागलुङे मैया मादीको भएर गुञ्जिन्छन्, कोही बागलुङ बजारमा बाघको शालिक भएर गाइन्छन्, बागलुङ र यस भित्रका भुगोलकाबारेमा अनगिन्ती गीत गाइएको छ । समग्र नेपाली गीत संगीतको इतिहासदेखि वर्तमान सम्म केलाउने हो भने पनि बागलुङका कलाकारको भूमिका र योगदान स्मरणीय छ । नेपाली गीत संगीतको ताजा परिदृश्य हेर्ने हो भने युट्युव ट्रेन्डिङ-१ देखि मौलिक सिर्जना सम्मको चर्चा परिचर्चामा बागलुङका सर्जक कलाकारको बर्चस्व देखिएको छ ।
युट्युव ट्रेन्डिङ–१ मा प्रकाश सपुतको ‘साँझ प¥यो झमक्क’
विगत केही साता यता युट्युव ट्रेन्डिङ १ मा छ प्रकाश सपुतको निर्देशनमा आउन लागेको चलचत्रि वसन्तको पहिलो गीत ‘साँझ प¥यो झमक्क’ । बागलुङको काठेखोला गाउँपालिका ३ धम्जामा जन्मिएका सपुतका गीत सार्वजनिक भए पछि युट्युव ट्रेन्डिङ त नियमितता जस्तो भइसकेको छ ।
आगामी चैत्र २२ गते प्रदर्शन हुन लागेको चलचित्रको गीत अहिले सम्म ४२ लाख ३६ हजार पटक हेरिसकिएको छ । उसो त उनका अधिकांश गीतहरु मिलियन भ्यूज प्राप्त छन् । चलचित्रको अधिकांश भाग बागलुङमै छायांकन भएको फिल्मको गीतमा धौलागिरीकै ८० बढी कलाकारले कोरस नाचेका छन् । गीतको भिडियोमा मुख्यतः प्रकाश सपुत र अभिनेत्री स्वस्तिमा खड्का फिचर छन् ।
संगीतमा चामत्कारिक सफलता हासिल गरेका सपुत यतिबेला आफ्नै निर्देशनमा वसन्त निर्माण, निर्देशन र अभिनयमा छन् भने उनले अभिनय गरेको चलचित्र पूर्णबहादुरको सारंगी सुपरहिट भएको छ । यतिबेला भने उनी गायनलाई विश्राम दिएर चलचित्र सोल्टिनीको छायांकनमा इलाम तिर छन् । २२ गते उक्त फिल्मको छायांकन सके लगत्तै २४ देखि फेरि हरिबहादुरको जुत्ताको छायांकनमा हुने उनले कथालिकासँग बताए ।
ट्रेन्डिङ-१ को रोचक स्पर्धामा दुर्गेश र प्रकाशः पालै पालो ‘हेरेको हे¥यै’
सुरुमा मोडलिङबाट सांगीतिक क्षेत्रमा प्रवेश गरेका दुर्गेश थापा यतिबेला आफ्नो नयाँ गीतका कारण चर्चामा छन् । ‘दुश्मन हेरेको हे¥यै’ नामक गीत युट्युवमा रिलिज गरेको केही दिनमै उत्साहजनक साथले युट्युव ट्रेन्डिङ १ मा पुग्यो । यही बेलामा प्रकाश सपुतको फिल्मी गीत ‘साँझ प¥यो झमक्क’ बजारमा आयो । लामो समय सम्म युट्युव ट्रेन्डिङ १ मा दुर्गेशको दुश्मन हेरेको हे¥यै र सपुतको साँझ प¥यो झमक्कै ट्रेन्डिङ २ मा रह्यो । ठिक यसैबेला प्रकाश सपुतले दुर्गेशको गीत शेयर गर्दै ठट्यौली शैलीमा स्टाटस लेखे–‘दाइ, भाइलाई बाटो छोड्ने होइन ? दुश्मन चाहीँ होइन, म चाही हेरेको हे¥यै । म धेरै खुशी छु ।’ त्यसको केही क्षणमा दुर्गेशले पनि प्रकाशको गीत शेयर गर्दै फेसवुक स्टाटस लेखे–‘हामी मानव हौ, हाम्रा राम्रा नराम्रा पक्ष हुन्छन्, राम्रो पक्ष हाम्रो मित्र र नराम्रो पक्ष दुश्मन हो । आफु भित्रको नराम्रो पक्ष दुश्मनलाई राम्रो पक्षले जितेर मित्रता बदल्ने यसको सन्देश थियो । भाइको गीत मैले पनि विहान सम्मै हेरेको हे¥यै छु । हामी सबै कलाकार एउटै परिवार हौ, भाइलाई सफलताको शुभकामना ।’
यसले दुई कलाकार र सफलतामा पनि एकआपसको मित्रता,सद्भाव र सहअस्तित्वलाई खुल्ला रुपमा लिएकोमा धेरैले उनीहरुको प्रशंसा समेत गरेका छन् । बिहीवार साँझ यो समाचार तयार पार्दा सम्म पनि प्रकाश सपुतको गीत युट्युव ट्रेन्डिङ १ मा छ भने दुर्गेश थापाको गीत युट्युव ट्रेन्डिङ २ मा छ । यस गीतको भिडियोमा थापासँगै लोकप्रिय अभिनेत्री प्रियंका कार्की, कविता नेपाली छन् ।
बागलुङ गलकोटमा जन्मेर मोडलिङ क्षेत्रमा राम्रै हुँदा हुँदै गायनतर्फ लागेका दुर्गेश स्टेज पफर्मरका रुपमा लोकप्रिय बनिरहेका छन् । महोत्सवको सिजन चलिरहेको यस समयमा उनलाई भ्याइ नभ्याइ छ ।
मौलिक ‘मयाली’को मिठास पस्केका बसन्त
वसन्त थापा नेपाली मौलिक गीत संगीतको पर्याय जस्तै बनिसकेका छन् भन्दा अत्युक्ति नहोला । ‘सालको पात टपरी हुनी’ देखि हाल सम्म जे जति सिर्जना गरेका छन्, ती सिर्जना नेपाली समाजको मौलिकतालाई मिहिन ढंगले उजागर र आत्मसाथ गर्ने खालका छन् । उनको आफ्नै शब्द, संगीत सिर्जनामा हालै सार्वजनिक गीत हो ‘मयाली’ । मयाली बागलुङ जिल्लाको पश्चिम गलकोट, ढोरपाटन क्षेत्रमा प्रचलित भाका हो । र थापाले गीतको भिडियो पनि सोही क्षेत्रमा मौलिकता उतार्ने गरी तयार गरेका छन् । जसको अहिले चौतर्फी प्रंशसा भइरहेको छ ।
चर्चित सर्जक रमेश बिजी ऐतिहासिक भाका नयाँ पुस्ता सम्म पस्केर थापाले अभूतपूर्व कार्य गरेको बताउँछन् । ‘ढोरपाटनको प्रकृति अनुपम सुन्दरतामा पुर्खाको नासोको रुपमा रहेको मयाली भाकाको मौलिकतालाई शब्दसंगीत शिल्पले सिंगारेर तयार गीत कैयन पटक सुने, अनि लाग्यो बजारमा लोकगीत संगीत बेच्नेहरु मात्रै छैनन् । बचाउनेहरु पनि छन्,’ बिजीले थपे, ‘महाभारतमा दौप्रदीको चिरहरण गरेझैं बाह्रै महिना बाह्रै काल रत्यौली–तीज उश्रृंखलता अश्लिलतालाई बेचेर लोकसंगीतको दोहोलो काढेका छन्, उनैले वरिष्ठतम् राष्ट्रिय पगरी गुथिरहेका छन्, लोकसंगीतमा रहेर यत्तिको धर्म निर्वाह गर्ने प्रयास मात्रै गर्न पाए भोलीको पिढीले लोक दोहोरी गीतलाई सम्मानले पुजा गर्थे कि !’
राष्ट्रिय लोकदोहोरी प्रतिष्ठान नेपालकी केन्द्रीय अध्यक्ष रिता थापा पनि मयालीलाई सृजनाको सर्वोत्तम उपहार रुपमा अभिव्यक्त गर्छन् । ‘यो र यस प्रकारका कृतिले हाम्रो लोक संगीत सगर्व सर्वोच्च शिखरमा देख्न पाउने अवस्थामा पु¥याउँछ, हाम्रो सम्पत्ति नै संस्कृती र प्रकृति त हो । यसलाई समुनन्न र सुस्कृति बनाउन आ–आफ्नो तर्फबाट भूमिका खेलौ,’ उनले भने । संगीत साधनामा पोख्न थापाले यस मयाली गीतमा शब्द पनि आफै कोरेका छन्, आवाजमा उनलाई बागलुङकै चेली देवी घर्तिले साथ दिएकी छिन् । गीतको भिडियोमा भने थापासँगै लक्ष्मी थापामगर फिचर छिन् ।
उस्तै मिठास गीत थानेश्वर र चिरन सिको ‘दरमखोला फनफनी घुम्यो’
थानेश्वर गौतम शास्त्रीय संगीत अध्ययन र साधनमा पनि अब्बल गायक संगीतकार हुन् । उनका दर्जनौ गजल र लोक गीत चर्चाको चुलीमा छन् । उनै गौतमले यसै साता सार्वजनिक गरेको गीत हो–‘दरमखोला फनफनी घुम्यो’ ।
झट्ट सुन्दा यो गीत वियोगान्त प्रेमिल लाग्न सक्छ तर, नितान्त प्रकृतिको सुन्दरता, नेपाली समाजको कहालीलाग्दो अवस्था र परिवेश उधिन्ने गीत हो । जनवादी गीत संगीतको अभियान र साधनामा सक्रिय चिरन सिले शब्द तथा संगीत सिर्जना गरेको यो गीत सुरुमा सुन्दा अरु गीतहरु जस्तै लागे पनि गीत सुन्दै जाँदा ‘मन्द विष’ जस्तै लाग्ने अनुभूति हुन्छ । अडियो मात्रै सुन्दा पनि प्रियकर लाग्ने गीतको भिडियो ६ दिनमा १ लाख पटक हेरिएको छ । यो गीत यसरी तयार गरिएको छ कि आजको ५,१० वर्ष पछि सुन्दा पनि पुरानो हुँदैन । गीतको म्युजिक भिडियो पनि हेर्न लायक बनेको छ । भिडियोमा बागलुङकै निर्मल क्षत्री र कुसुम थापाले अभिनय गरेका छन् ।गायनमा गौतमलाई जनवादी कलाकार केशरी घर्ति र सविता बस्नेतले साथ दिएकी छिन् ।
यस गीत अहिले फेसबुक रिल र टिकटकहरुमा निकै लोकप्रिय बनिरहेको छ । लोकप्रिय गायक बैकुण्ठ महत मुख्यतः प्राकृतिक, सांस्कृतिक मर्म बोकेको मौलिक सृजना भएकाले यसले धेरै श्रोता दर्शकको मन जित्ने बताउँछन् । ‘मलाई त गीतले निकै तान्यो, आफुले रुचाएको सृजना तपाईंले पनि सुन्नु र हेर्नुहुनेछ भन्ने अभिप्रायले शेयर पनि गरेको छु,’ महतले भने ।
यस गीतका सर्जक चिरन सि बागलुङ बरेङ गाउँपालिकाका हुन् भने गायक गौतम गलकोट काँडेबासका हुन् ।