पछिल्लो समय युवाहरुको विदेश आकर्षण र पलायन बढ्दो छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा दैनिक मानिसहरुको भिड देख्दा यस्तो लाग्छ कि सिंगो देश नै विदेश हिँडिरहेको छ । एकातर्फ विदेश जानेहरुको ताती छ भने अर्कोतर्फ नेपाल बर्बादी उन्मुख, यहाँ कुनै सम्भावना अवसर छैन, विदेश जानु नै एकमात्र अचुक अस्त्र, उपाय, विकल्प हो भन्ने भाष्य जबरजस्त स्थापित गर्न खोजिएको छ ।
के अवस्था त्यस्तै हो त ? यसको सोध, खोज, उजागर र आम रुपमा पु¥याउने कसले ? यसको जिम्मेवारी र फुर्सद कसलाई ? सरकार इतर निजी क्षेत्र, नागरिक स्तरबाट कुनै भूमिका निर्वाह गर्नुपर्दैन ? समयको आवश्यकता र यही जिम्मेवारबोधका कारण प्याराग्राफ नेपाल र कथालिकाले संवाद सम्भावनाको: देश कि विदेश ?पडकास्ट श्रृंखला सुरु गरेको हो । जसको दोस्रो श्रृंखलामा बर्दियाका खगेन्द्र हमाल, जो अमेरिकी सपनाले तल्लो बाटो हुँदै अमेरिका पुगेर, त्यहाँको शरणार्थी शिविर बसाइँ अनि डिपोर्ट भएर नेपाल फर्किए । र अहिले नयाँ सोच र सपना सहित शिक्षण पेशामा सक्रिय र समर्पित छन् । यस संवादमा देश विदेशका अनेकन पाटोमा कुरा गरिएको छ । जसले आजको पुस्तालाई देशमै नयाँ सम्भावना खोज्न र सोच्न प्रेरित गर्नेछ ।