सेतो रङको टीका शान्ति, सुख र आत्मीयताको प्रतीक हो भने रातो रङको टीका सुख, शान्ति, समृद्धि र सौभाग्यको प्रतीक हो ।
बडा दशैंको आज मुख्य दिन अर्थात् विजया दशमी । आफ्ना मान्यजनबाट टीका र आर्शिवाद लिएर मनाइदैछ । हिन्दु धर्मालम्बीको महान पर्वको रुपमा मनाइने बडादशैंमा बिभिन्न जाति र समुदाय अनुसार भिन्न भिन्न रङको टीका लगाउने प्रचलन छ ।
यसकारण लगाइन्छ सेतो र रातो रङका टीका
टीका रंग समुदाय अनुसार फरक–फरक लगाइन्छ । बिजयादशमीमा अधिकांश मंगोल समुदायले सेतो रङको टीका लगाउछन् भने खस आर्य समुदायले रातो रङको टीका लगाउछन् । आखिर किन त ? यसको केही खास अर्थ छ कि छैन ? सेतो रङको टीका शान्ति, सुख र आत्मीयताको प्रतीक हो भने रातो रङको टीका सुख, शान्ति, समृद्धि र सौभाग्यको प्रतीक हो ।
- बडादशैंमा भिन्न भिन्न रङका टीका प्रयोग गरिन्छ । अहिले खसआर्यले रातो टीका निधारभरी लगाउँछन् भने मगर, गुरुङ, राई, लिम्बू, तामाङ, नेवारलगायत जनजातिले सेतो टीका लगाउँछन् ।
नौ दिनसम्म पूजाअर्चना गरेको जमरा अनि दही र चामल सहितको समिश्रणबाट तयार पारिएको सेतो र रातो टीका निधार भरिने गरि विजयादशमीको दिन लगाउने परम्परा रहिआएको छ । दशैंको टीकामा अक्षता र त्यसमा फरक रङ प्रयोग गरिनुको कारण विभिन्न धार्मिक मान्यतालाई आधार देखाइए पनि यसलाई परम्परागत र मौलिक प्रचलन मानिन्छ ।
हिन्दू धर्मावलम्विहरुले रातो टीका लगाउछन् भने बौद्ध, किरात धर्मावलम्विहरुले सेतो टीका लगाउँछन् ।बडादशैंमा भिन्न भिन्न रङका टीका प्रयोग गरिन्छ । अहिले खसआर्यले रातो टीका निधारभरी लगाउँछन् भने मगर, गुरुङ, राई, लिम्बू, तामाङ, नेवारलगायत जनजातिले सेतो टीका लगाउँछन् ।नेपाल प्रज्ञा प्रतिष्ठानका उपकुलपति संस्कृतिविद् डा जगमान गुरुङ भने अहिले आएर रातो र सेतो भनेर विवाद गर्नु बेकारको विषय भएको बताउँछन्।
बजार र यातायातको सुविधा पछि अबीरको प्रयोग
पहिलेपहिले सबैले दही र चामल मुछेर सेतै टीका लगाउने चलन रहेको डा. गुरुङको भनाइ छ । ‘पहिले कहाँ पाउनु अबीर, उत्पादन नै हुँदैनथ्यो । सबैले सेतै टीका लगाउने हो,’ डा. गुरुङले भने, ‘रातो टीका लगाउन थालिसकेका जनजाति पनि आफ्नो पहिचान भन्दै सेतोमै फर्केका छन् । वास्तवमा, जनजाति मात्र होइन, खसआर्यले लगाउने भनेको पनि सेतै टीका हो ।’
- पहिले कहाँ पाउनु अबीर, उत्पादन नै हुँदैनथ्यो । सबैले सेतै टीका लगाउने हो ।पछि बजार र यातायातको सुविधा भएपछि अबीरको प्रयोग हुन थालेको उनको भनाइ छ ।
पछि बजार र यातायातको सुविधा भएपछि अबीरको प्रयोग हुन थालेको उनको भनाइ छ । पहिले अबिर बेच्ने व्यापारी नेवारले मात्रै रातो टीका लगाउने उनको भनाइ छ । खेतबारीबाट काम मुक्त भएर हातहतियार सफा गर्ने, साँध लगाउने, पूजा गरेर दशमीको दिन हातहतियार अभिषेक गरेपछि निधारमा दहीमा मुछेको चामलको टीका लगाए हर्षबढाइँ गर्दै युद्धको अभ्यासमा निक्लने चलन थियो, दशैं युद्ध परम्परासँग जोडिएको पर्व हो ।’ दशैंमा पुजिने दुर्गा एक शक्तिको प्रतीक हो ।
अहिले दशैंको टीका सम्बन्धी अपव्याख्या
अहिले आएर दशैंको टीकासम्बन्धी अपव्याख्या भएको गुरुङले बताए । रातो हाम्रो होइन, हाम्रो टीका त सेतो हो भन्नु जनजातिले गरेको अपव्याख्या भएको उनको तर्क छ । गुरुङ, मगर, राई, लिम्बू, तामाङहरुले हाम्रो रातो होइन भन्नु भन्दा पहिले आफ्नो चलन हेर्नुपर्ने उनको भनाइ छ ।
- दशैं कुनै जात विशेषको पर्व नभएर सबै जातको सांस्कृतिक पर्व भएको उनको भनाइ छ ।
अक्षतामा मुछिने अबीर नेपालको आफ्नो उत्पादन नभएकाले रातो टीका यहाँको मौलिक परम्परा हुनै नसक्ने उनको तर्क छ । बाहुन क्षेत्रीले पनि रातो टीका लगाउन थालेको धेरै वर्ष नभएको गुरुङले बताए । बिस्तारै बजारको पहुँच र भारतीयको प्रभावले विजयको प्रतीकको रुपमा रातो सबैले रातो टीका लगाउने प्रचलन बढेको गुरुङको भनाइ छ । दशैं कुनै जात विशेषको पर्व नभएर सबै जातको सांस्कृतिक पर्व भएको उनको भनाइ छ ।
ब्राह्मण त काटमार नै नगर्ने जात भएको गुरुङको भनाइ छ । ‘बाहुन काटमार गर्ने जातै होइन । क्षेत्री, गुरुङ, मगर, राई, लिम्बूहरु लडाकु जाति हुन् । उनीहरुले दुश्मनको छातीमा घुँडाले टेकेर, कम्मरको कर्दले काटेर रगतको टीका लगाउने जात हो,’ डा. गुरुङले भने । त्यसैले उनीहरुले रातो टीका हाम्रो होइन भन्नु भनेको संस्कृतिको अपव्याख्या भएको गुरुङको निश्कर्ष छ ।
किन लगाइन्छ त दशैंमा टीका ?
टीकाको महत्व समृद्धि, शक्ति र युद्धसँग जोडिएको संस्कृतिविद् डा. जगमान गुरुङ बताउँछन् । ‘क्षत भनेको नाश हो, अक्षत भनेको नाश नहुने, यही नाश नहुने अन्नका रूपमा चामललाई अक्षता भनेर टीका लगाउन थालिएको हो ।’
अक्षता धानको चामलको हुन्छ । संस्कृतमा धन्य र नेपाली भनिने धान अन्न मध्येको उच्चकोटीको अन्नको रुपमा मानिने गुरुङको भनाइ छ । चामलको भात भोजन गर्नु भन्दा पहिले निधारमा लगाउने चलन सुरु भएको गुरुङको तर्क छ । दशैँ खेतबारीको कामबाट विश्राम लिएर किसानहरुले हातहतियार सफाइ गर्ने र धार लगाएर राख्ने चलन छ । अझै पनि नवरात्रीमा हातहतियार पूजा गर्ने चलन छ ।
‘खेतबारीबाट काम मुक्त भएर हातहतियार सफा गर्ने, साँध लगाउने, पूजा गरेर दशमीको दिन हातहतियार अभिषेक गरेपछि निधारमा दहीमा मुछेको चामलको टीका लगाए हर्षबढाइँ गर्दै युद्धको अभ्यासमा निक्लने चलन थियो,’ डा. गुरुङ भन्छन्, ‘दशैं युद्ध परम्परासँग जोडिएको पर्व हो।’ दशैंमा पुजिने दुर्गा एक शक्तिको प्रतीक भएको गुरुङ बताउँछन् ।
निधारमै किन लगाइन्छ टीका ?
निधार शरीरको ‘देवस्थान’ हो, जसको अर्थ देवताहरूको वासस्थान हो । त्यसैले विशेष पर्व र कर्महरुमा निधार खाली नराख्ने मान्यता छ । टीकालाई निधारमा लगाइन्छ, जहाँ आज्ञाचक्र अवस्थित हुन्छ । आज्ञाको अर्थ– ‘बोध गर्नु’ वा ‘आदेश’को रूपमा, आज्ञाचक्र ‘अन्तरज्ञानको आँखा’को रूपमा मानिन्छ, जसको माध्यमले एक व्यक्तिले धेरै कुरा बुझ्न सक्छ । जुन भौतिक आँखाले देख्न सकिंदैन । त्यसैले त्यो आज्ञाचक्रलाई सक्रिय बनाउन निधारमा टीका लगाउने कथन छ ।