हुन त यो देश कृषि प्रधान देश हो । उसो त पछिल्लो समय व्यंग्यात्मक रुपमा ‘किसान’ प्रधान देश भनिन्छ । कारण परिचय र पेशामा ‘किसान’ भन्ने र लेख्ने तर कर्म नगर्नेहरुको संख्या ठुलो छ ।
यसै पनि कृषि कर्म गर्नेहरु प्रति न त राज्यको दृष्टिकोण, नीति, योजना पुगेको छ, न त समाजको नै । कृषि व्यवसाय गर्नेहरु आज पनि अनेकन समस्या, उपेक्षा र अपमानबाट आक्रान्त छन् । कथालिका पडकास्टको संवाद सम्भावनाकोः देश कि विदेश ? कार्यक्रममा यही विषयमा काठमाडौं र चितवनमा प्रांगारिक (अर्गानिक) रुपमा व्यावसायिक खेती गरिरहेका हिमाल अर्गानिक गार्डेनकी सञ्चालक बिमला आचार्य दाहाल सँग संवाद गरेका छौ । जसको केही अंश यहाँ प्रस्तुत गरिएको छ ।