नौडाँडाका ‘भण्डारी बा’: जसले लोकल खानाबाटै ग्राहक मोहित बनाए – कथालिका

नौडाँडाका ‘भण्डारी बा’: जसले लोकल खानाबाटै ग्राहक मोहित बनाए

  • २२ वर्षदेखि सञ्चालनमा रहेको खाजा घर लोकल खानाका लागि प्रख्यात छ । जहाँ दैनिक १०० भन्दा बढीले खाना खान्छन् । दैनिकजसो एउटा बोकाको मासु खपत हुन्छ ।

हरेक यात्रामा दुई कुरा महत्वपूर्ण हुन्छ । एक मन मिल्ने मान्छेहरुको साथ र अर्को यात्राको बिचमा मिठो स्वाद । पोखरा–बागलुङ राजमार्गको यात्रा गर्दै हुनुहुन्छ ? या गरिसक्नुभयो ?

यदि गरिसक्नु भएको छ भने सम्भवतः यस यात्रा सँगै स्वादको मिठास लिइसक्नु भएको होला । होइन भने मिठो स्वाद ‘मिस’ गर्नुभयो ।यदि यात्रा गर्दै हुनुहुन्छ भने धेरैले नछुटाउने नाम हो भण्डारी खाजा घर । जो कास्कीको अन्नपूर्ण गाउँपालिका नौडाँडामा सञ्चालित छ ।

२२ वर्षदेखि सञ्चालनमा रहेको खाजा घर लोकल खानाका लागि प्रख्यात छ । जहाँ दैनिक १०० भन्दा बढीले खाना खान्छन् ।
दैनिकजसो एउटा बोकाको मासु खपत हुन्छ ।

सुरुमा ठिकठिकै चले पनि पछिल्लो एक दशक यता लोभलाग्दो हिसाबले चलिरहेको छ । देशमा सम्भावना केही छैन भन्नेहरुका लागि भण्डारी बा, उनी र परिवारको साझा मेहेनत सबैका लागि प्रेरक छ ।

२०८२, ४ मंसिर बुधबार ०९:५५
कथालिका नयाँ कथा
कथालिका