क्रिकेटको विश्व इतिहास सदियौँ लामो छ । १६औँ शताब्दीको सुरुवाततिर युरोपबाट खेलिन थालेको यो खेल नेपालमा भने १९औँ शताब्दीतिर मात्रै सुरुआत भएको देखिन्छ । त्यो बेलाको राजनीतिक र सामाजिक व्यवस्था अनि अवस्थाका कारण यो खेल कुनै बेला दरबारका पर्खालभित्र मात्रै सीमित थियो । अर्थात् शासकहरूले आफ्नो परिवारको मनोरञ्जनका लागि मात्रै यो खेल खेल्न सुरु गरेका थिए । शासकीय दायराबाट बिस्तारै गल्ली र मैदानसम्म आइपुगेको क्रिकेटले अहिले चौतर्फी उत्साह थपिरहेको छ । साँघुरा गल्ली, खेतबारी र अप्ठ्यारा मैदानबाट उठेर नेपाली क्रिकेट अहिले विश्वस्तरीय प्रतिस्पर्धासम्म पुगिसकेको छ । यो खेलको साँघुरो इतिहास अहिले निकै विराट भइसकेको छ र अझ उज्यालो भविष्य तर्फ उन्मुख छ ।
अब निकट समयमै छिमेकी देश भारत र श्रीलंकामा हुने टि–ट्वान्टी क्रिकेट विश्वकपमा उत्रिने सुखद क्षणको पर्खाइमा नेपाल छ । र, यो खेल अब मात्रै मनोरञ्जनका लागि मात्रै रहेन, क्रिकेट अब कैयौँ राष्ट्रका लागि सिंगो अर्थतन्त्र चलायमान बनाउने एक महत्वपूर्ण हिस्सा बनिरहेको छ । छिमेकी देश भारतमा त आम मानिसहरुको साझा आस्था जस्तो बनेको छ ।
नेपाल क्रिकेट संघ (क्यान) ले आफ्नो पूर्ण स्वामित्वमा नेपालमा आयोजना गरिरहेको नेपाल प्रिमियर लिग ९एनपीएल०ले नेपाली क्रिकेटको विकासमा सकारात्मक योगदान पु¥याउने निश्चित छ । एनपीएलले ल्याइरहेको चार महत्वपूर्ण उभार अर्थात् उपलब्धि, ती केके हुन् रु यस बारेको भिडियो रिपोर्ट: