‘डेथ जोन’को त्यो चर्चित हरियो जुत्ता – कथालिका

‘डेथ जोन’को त्यो चर्चित हरियो जुत्ता

  • करिब १८ वर्षसम्म उनको त्यो हरियो जुत्तासँगैको शरीर सगरमाथाको उत्तरी रुटबाट आरोहण गर्ने पर्वतारोहीहरूका लागि एउटा भयावह तर परिचित सङ्केतस्थल बन्यो ।

सगरमाथाको ’डेथ जोन’ मा रहेको ’ग्रिन बुट’ को कथा पर्वतारोहण इतिहासको सबैभन्दा चर्चित र कारुणिक घटना मध्ये एक हो । आठ हजार ५०० मिटर (२७,९०० फिट) उचाइमा रहेको ‘डेथ जोन’ भित्रको एउटा सानो गुफामा यी हरिया जुत्ता लगाएको शव थुप्रै वर्षसम्म आरोहीहरूका लागि बाटो देखाउने मार्गचिह्न बनेको थियो ।

’डेथ जोन’ को कठोर यथार्थ
सगरमाथाको ८,००० मिटरभन्दा माथिको उचाइलाई ‘डेथ जोन’ भनिन्छ । यहाँ अक्सिजनको मात्रा समुद्र सतहको तुलनामा निकै कम हुन्छ र हावाको वेग अति तीव्र हुन्छ । यस्तो परिस्थितिमा आफ्नो ज्यान बचाउनु नै सबैभन्दा ठूलो चुनौती हुने भएकाले कसैको शवलाई तल झार्न वा व्यवस्थापन गर्न असम्भवप्रायः हुन्छ । यसैकारण ‘डेथ जोन’ हिमाल आरोहीका लागि निकै खतरानक मानिन्छ ।

कसरी भयो घटना ?
मे १०, १९९६ मा भारतको शक्ति गाउँका २८ वर्षीय पर्वतारोही छेवाङ पाल्जोर, इन्डो–तिब्बत बोर्डर पुलिस (क्ष्त्एद्य) का तर्फबाट आफ्ना साथीहरूसँगै उत्तरपूर्वी रुटबाट सगरमाथा आरोहणमा थिए ।

पाल्जोरसहित उनको टोलीले सगरमाथाको चुचुरोमा पुग्न सफल भएको थियो । तर, फर्कने क्रममा अचानक भीषण हिमआँधी (ब्लिजार्ड) आयो । यसपछि उनी आफ्नो टोलीबाट अलग भए । बाँच्नका लागि आश्रय खोज्दै उनी एउटा सानो चुनढुंगाको गुफामा बसे । त्यसपछिको अत्यधिक चिसो र अक्सिजनको अभावका कारण उनको त्यहीँ दुःखद निधन भयो ।

उनीहरू शिखरनजिक पुग्दा अचानक डरलाग्दो हिमआँधीले पुरै सगरमाथालाई नै ढाकिदियो । डेथजोनको थोरै मात्र अक्सिजन पाइने स्थानमा आँधीसँग पौँठेजोरी खेल्दै उनीहरूले लगभग ८,५०० मिटर उचाइमा अवस्थित एउटा चट्टानको गुफामा आश्रय लिए । तर पनि छेवाङ पाल्जोरले त्यो कठ्याङ्ग्रिँदो चिसो र अक्सिजन अभावसँगको युद्ध जित्न सकेनन् । उनको मृत शरीर त्यही चट्टानी गुफाभित्र घोप्टो परेको अवस्थामा रह्यो ।

पर्वतारोहीका लागि एक भयावह संकेतस्थल

त्यस क्षेत्रमा चरम चिसोका कारण शवहरू कुहिँदैनन्, बरु बरफ बनेर जम्छन् । पाल्जोरले लगाएका चम्किला हरिया (प्याबिअज) जुत्ताहरू वर्षौंसम्म हिउँ वा अन्य कपडाजस्तो नखुइलिई स्पष्ट देखिए । त्यसैले उत्तरतर्फको रुट प्रयोग गर्ने आरोहीहरूले तिनै जुत्तालाई आधार मानेर आफ्नो लोकेसन (दूरी) पत्ता लगाउने गर्थे । उनी कहाँ छन् भन्नुको अर्थ ’ग्रिन बुट’ को गुफा आइपुग्यो भन्नु हुन्थ्यो ।

समयक्रममा, छेवाङ पाल्जोरको त्यही शव ‘हरियो जुत्ता’ अर्थात ‘न्चभभल द्यययत’को नामले व्यापक रूपमा चिनिन थाल्यो, किनभने उक्त रुट हुँदै सगरमाथा आरोहणमा जाने जो कोही पर्वतारोहीले बाटोबाटै उनका चम्किला हरियो रङका ‘प्याबिअज’ लेखिएको जुत्ताहरू स्पष्ट रुपमा देख्थे । करिब १८ वर्षसम्म उनको त्यो हरियो जुत्तासँगैको शरीर सगरमाथाको उत्तरी रुटबाट आरोहण गर्ने पर्वतारोहीहरूका लागि एउटा भयावह तर परिचित सङ्केतस्थल बन्यो ।

यो उचाइबाट शवको उद्धार गर्नु असम्भव प्रायः र धेरै खर्चिलो हुने भएकाले पनि हरेक वर्ष सयौँ पर्वतारोहीहरू त्यो दृश्य हेर्दै बाटो पार गर्न बाध्य थिए । कहाँ पुग्यौ ? भन्दा कतिपयले ‘ग्रीन बुट नाघेपछि’ भन्ने जवाफमार्फत उक्त स्थानको नामकरण नै गरेका थिए ।

लामो समयपछि हरियो जुत्ता र शव गायब
सन् २०१४ मा आरोहीहरुले भने कि त्यो शव त्यहाँ देखिएन । कतिपयले उनको त्यो शव नदेखिने स्थानमा सारियो, ढुङ्गाले थिचियो वा उनका साथीहरुले सम्मानपूर्वक लुकाए पनि भने । एक चिनियाँ आरोहण दलले बाटोमा हिँड्ने अन्य आरोहीहरूको मानसिक अवस्थालाई मध्यनजर गर्दै उनको शवलाई त्यही क्षेत्रको अलि नदेखिने ठाउँमा व्यवस्थापन गरेको दाबी गरियो । तर, यसको आधिकारिक पुष्टि भने हुन सकेको छैन ।

यसरी सगरमाथाको उत्तरी रुटमा लामो समयसम्म हरियो जुत्ताको कथा सबैभन्दा मार्मिक प्रतीकहरूमध्ये एक बनेको थियो । जसले कठिन उचाईहरुमा पर्वतारोहण गर्दाका बखत हुनसक्ने सम्भावित चरम खतराहरूको वास्तविकतालाई प्रतिबिम्बित गर्दछ ।

उक्त हिमआँधीमा परी छेवाङ पाल्जोरका साथीहरु छेवाङ स्मान्ला, दोर्जे मोरुपको पनि ज्यान गएको थियो । स्मरण रहोस् सन् १९९६ को सो संकटमा परी सगरमाथामा रब हल, स्कट फिसर जस्ता प्रसिद्ध पश्चिमा पर्वतारोहीसहित आठ जनाको मृत्यु भएको थियो ।
‘ग्रिन बुट’ कै गुफामा सन् २००६ मा बेलायती आरोही डेभिड शार्प पनि गम्भीर अवस्थामा पुगेका थिए । धेरै आरोहीहरूले उनको अवस्थालाई ’ग्रिन बुट’ को जस्तै मरेको मानि बेवास्ता गरेर हिँडेका थिए, जसले पर्वतारोहणको नैतिकतामाथि विश्वव्यापी बहस निम्त्याएको थियो ।

’ग्रिन बुट’ को यो कथा सगरमाथाको सुन्दरता र त्यसले निम्त्याउने क्रूर तथा घातक वास्तविकताको एक मौन प्रतीक भएको पर्वतारोही बताउँछन् । धेरै वर्षसम्म सगरमाथामा मृत्युको कहालीलाग्दो यथार्थ र पर्वतारोहीको साहसको प्रतीक बनेको त्यो हरियो जुत्ताको कथा आज पनि पर्वतारोहण इतिहासमा एउटा भावुक अध्यायको रूपमा सम्झिने गरिन्छ ।

२०८३, १३ जेष्ठ बुधबार १४:२५
कथालिका नयाँ कथा
कथालिका