- बीबीसीसँग कुराकानी गर्दै मोरुपकी पत्नी कोन्चाक याङ्स्किटले शव कहिल्यै नदेखेकाले वर्षौँसम्म श्रीमानको मृत्यु भएको विश्वास गर्न नसकेको बताइन् ।
सगरमाथाहरुमा कीर्तिमान र सफलताहरु मात्र छैनन्, भयानक सकस र मृत्युहरु पनि सँगै छन् । हालै मात्र नेपालले कीर्तिमानी पर्वतारोहीहरुलाई पाकिस्तानको ब्रोडपिकमा गुमाएको छ । उसो त नेपालमै रहेको विश्वकै सर्वोच्च शिखर सगरमाथाको उचाइमा ३० वर्षअघिदेखि हराइरहेको एउटा जीवन, तीन दशकदेखि आरोहीहरूको आँखामा परिरहेको छ।परिवारसँग फर्कनै आशा त छैन तर, आफ्नै मान्छेको शव हो भनेर विश्वास सहित मृत्यु स्वीकार्न पनि सकिरहेका छैनन् । जसका कारण वर्षौदेखि सगरमाथामै छ मृत शरीर ।
सगरमाथाको ‘डेथ जोन’ मा रहेको ’ग्रिन बुट’ को कथा पर्वतारोहण इतिहासको सबैभन्दा चर्चित र कारुणिक घटना मध्ये एक हो । आठ हजार ५०० मिटर (२७,९०० फिट) उचाइमा रहेको ‘डेथ जोन’ भित्रको एउटा सानो गुफामा यी हरिया जुत्ता लगाएको शव थुप्रै वर्षसम्म आरोहीहरूका लागि बाटो देखाउने मार्गचिह्न बनेको थियो ।
सगरमाथाको ८,००० मिटरभन्दा माथिको उचाइलाई ‘डेथ जोन’ भनिन्छ । यहाँ अक्सिजनको मात्रा समुद्र सतहको तुलनामा निकै कम हुन्छ र हावाको वेग अति तीव्र हुन्छ । यस्तो परिस्थितिमा आफ्नो ज्यान बचाउनु नै सबैभन्दा ठूलो चुनौती हुने भएकाले कसैको शवलाई तल झार्न वा व्यवस्थापन गर्न असम्भवप्रायः हुन्छ । यसैकारण ‘डेथ जोन’ हिमाल आरोहीका लागि निकै खतरानक मानिन्छ ।
कसरी भयो घटना ?
मे १०, १९९६ मा भारतको शक्ति गाउँका २८ वर्षीय पर्वतारोही छेवाङ पाल्जोर, इन्डो–तिब्बत बोर्डर पुलिसका तर्फबाट आफ्ना साथीहरूसँगै उत्तरपूर्वी रुटबाट सगरमाथा आरोहणमा थिए ।
पाल्जोरसहित उनको टोलीले सगरमाथाको चुचुरोमा पुग्न सफल भएको थियो । तर, फर्कने क्रममा अचानक भीषण हिमआँधी (ब्लिजार्ड) आयो । यसपछि उनी आफ्नो टोलीबाट अलग भए । बाँच्नका लागि आश्रय खोज्दै उनी एउटा सानो चुनढुंगाको गुफामा बसे । त्यसपछिको अत्यधिक चिसो र अक्सिजनको अभावका कारण उनको त्यहीँ दुःखद निधन भयो ।
उनीहरू शिखरनजिक पुग्दा अचानक डरलाग्दो हिमआँधीले पुरै सगरमाथालाई नै ढाकिदियो । डेथजोनको थोरै मात्र अक्सिजन पाइने स्थानमा आँधीसँग पौँठेजोरी खेल्दै उनीहरूले लगभग ८,५०० मिटर उचाइमा अवस्थित एउटा चट्टानको गुफामा आश्रय लिए । तर पनि छेवाङ पाल्जोरले त्यो कठ्याङ्ग्रिँदो चिसो र अक्सिजन अभावसँगको युद्ध जित्न सकेनन् । उनको मृत शरीर त्यही चट्टानी गुफाभित्र घोप्टो परेको अवस्थामा रह्यो ।
पर्वतारोहीका लागि एक भयावह संकेतस्थल
त्यस क्षेत्रमा चरम चिसोका कारण शवहरू कुहिँदैनन्, बरु बरफ बनेर जम्छन् । पाल्जोरले लगाएका चम्किला हरिया (प्याबिअज) जुत्ताहरू वर्षौंसम्म हिउँ वा अन्य कपडाजस्तो नखुइलिई स्पष्ट देखिए । त्यसैले उत्तरतर्फको रुट प्रयोग गर्ने आरोहीहरूले तिनै जुत्तालाई आधार मानेर आफ्नो लोकेसन (दूरी) पत्ता लगाउने गर्थे । उनी कहाँ छन् भन्नुको अर्थ ’ग्रिन बुट’ को गुफा आइपुग्यो भन्नु हुन्थ्यो ।
समयक्रममा, छेवाङ पाल्जोरको त्यही शव ‘हरियो जुत्ता’ अर्थात ‘न्चभभल द्यययत’को नामले व्यापक रूपमा चिनिन थाल्यो, किनभने उक्त रुट हुँदै सगरमाथा आरोहणमा जाने जो कोही पर्वतारोहीले बाटोबाटै उनका चम्किला हरियो रङका ‘प्याबिअज’ लेखिएको जुत्ताहरू स्पष्ट रुपमा देख्थे । करिब १८ वर्षसम्म उनको त्यो हरियो जुत्तासँगैको शरीर सगरमाथाको उत्तरी रुटबाट आरोहण गर्ने पर्वतारोहीहरूका लागि एउटा भयावह तर परिचित सङ्केतस्थल बन्यो ।
यो उचाइबाट शवको उद्धार गर्नु असम्भव प्रायः र धेरै खर्चिलो हुने भएकाले पनि हरेक वर्ष सयौँ पर्वतारोहीहरू त्यो दृश्य हेर्दै बाटो पार गर्न बाध्य थिए । कहाँ पुग्यौ ? भन्दा कतिपयले ‘ग्रीन बुट नाघेपछि’ भन्ने जवाफमार्फत उक्त स्थानको नामकरण नै गरेका थिए ।
अन्ततः शव घर फर्काउने तयारी
बीबीसीका अनुसार सगरमाथाको शिखर जाने बाटोमा विगत ३० वर्षदेखि हिउँमा जमेर रहेको ‘ग्रीन बुट्स’ भनेर चिनिने शवलाई अब घर फर्काउने तयारी भइरहेको छ । सन् १९९६ मा मृत्यु भएका भारतीय पर्वतारोही दोर्जे मोरुपको शव मानिएको उक्त शरीर सगरमाथाको करिब ८ हजार ५०० मिटर उचाइमा छ ।
हरियो रङका पर्वतारोहण जुत्ता लगाएको अवस्थामा रहेको उक्त शव दशकौँदेखि सगरमाथा आरोहीका लागि एउटा चिर–परिचित भयावह बिम्ब थियो भने सगरमाथा चुचुरोतिर मार्गनिर्देश गर्ने ल्याण्डमार्क पनि ।
- आईटीबीपीले उद्धार अभियानका लागि विशेषज्ञ उच्च हिमाली उद्धार टोलीको खोजी गरिरहेको छ र सेप्टेम्बरसम्म मोरुपको शव भारत ल्याउने लक्ष्य राखेको छ । भारत ल्याएपछि डीएनए परीक्षणमार्फत यस शवको पहिचानलाई पुष्टि गरिनेछ ।
लामो समयसम्म यसलाई सोही सन् १९९६ को भारतीय आरोहण दलका सदस्य तेसेवाङ पाल्जोरको शव ठानिँदै आएको थियो । जीवित आरोहीहरूको बयान, अन्तिम रेडियो सम्पर्कको स्थान तथा शवसँग भेटिएका कपडा र आरोहण सामग्रीका आधारमा भारतीय अधिकारीहरूले पनि यो दोर्जे मोरुपको शव भएको निष्कर्ष निकालेका छन् ।
भारत–चीन सीमा सुरक्षामा खटिने इन्डो–तिब्बत बोर्डर पुलिस (आईटीबीपी) का २८ वर्षीय जवान मोरुप सगरमाथाको उत्तरी अर्थात् चीनतर्फको बाटोबाट आरोहण गर्ने ऐतिहासिक भारतीय टोलीका सदस्य थिए । उनले सन् १९९६ को मे १० मा साँझ ५ः३० बजे सगरमाथाको शिखर पुगेको प्रमाणपत्र चिनियाँ सरकारबाट पाएका थिए । तर, शिखरबाट फर्कने क्रममा आएको भीषण हिमआँधीमा मोरुपसहित तेसेवाङ स्मान्ला र तेसेवाङ पाल्जोरको मृत्यु भएको थियो । उनीहरूको शवमध्ये दुईवटा अझै फेला परेका छैनन् ।
सगरमाथाको ‘डेथ जोन’
सगरमाथाको ‘डेथ जोन’ भनिने क्षेत्रमा शव उद्धार गर्नु अत्यन्त जोखिमपूर्ण मानिन्छ । त्यहाँ तापक्रम माइनस ४० डिग्री सेल्सियससम्म पुग्न सक्छ र समुद्री सतहको तुलनामा अक्सिजनको मात्रा करिब एकतिहाइ मात्र हुन्छ ।
पर्वतारोहीहरूका अनुसार चीनतर्फको बाटो अझ भिरालो र कठिन भएकाले शव तल झार्नु पनि ठूलो चुनौती हुनेछ । शव रहेको स्थानसम्म पुग्न मात्रै पनि शिखर आरोहण गर्न सक्ने क्षमताका १० देखि १२ जना पर्वतारोही आवश्यक पर्न सक्ने अनुमान छ । त्यसपछि शवलाई हेलिकोप्टरले उठाउन सकिने उचाइसम्म बोकेर ल्याउनुपर्नेछ । उद्धार अभियानमा ४० हजारदेखि ८० हजार अमेरिकी डलरसम्म खर्च हुन सक्ने विज्ञहरूले बताएका छन् ।
यसैगरि, आईटीबीपीले उद्धार अभियानका लागि विशेषज्ञ उच्च हिमाली उद्धार टोलीको खोजी गरिरहेको छ र सेप्टेम्बरसम्म मोरुपको शव भारत ल्याउने लक्ष्य राखेको छ । भारत ल्याएपछि डीएनए परीक्षणमार्फत यस शवको पहिचानलाई पुष्टि गरिनेछ ।
‘मोरुपकी पत्नी कोन्चाक भन्छिन्:-‘मेरो मनले उनको मृत्यु स्विकारेन’
बीबीसीसँग कुराकानी गर्दै मोरुपकी पत्नी कोन्चाक याङ्स्किटले शव कहिल्यै नदेखेकाले वर्षौँसम्म श्रीमानको मृत्यु भएको विश्वास गर्न नसकेको बताइन् ।
‘मैले उहाँको शव देखिनँ, त्यसैले उहाँ बित्नुभएको कुरा स्विकार्न निकै कठिन भयो,’ उनले भनिन् । मोरुपका जेठा छोरा पुन्चोक दोर्जाइले पनि शव घर फर्किएमा लद्दाखको राजधानी लेहस्थित मार्टियर्स पार्कनजिकै अन्त्येष्टि गर्ने बताए । उनका अनुसार बुबाले देशका लागि ज्यान दिएका कारण उनलाई सहिदका रूपमा सम्झिनुपर्छ ।
परिवारले मोरुपको सगरमाथा आरोहणको प्रमाणपत्रसँगै उनको अन्तिम चिनारी बनेको ‘ग्रीन बुट्स’लाई पनि उनको विरासतको चिनोका रूपमा सुरक्षित राख्ने योजना बनाएको छ ।