यतिबेला यो देशमा सर्वाधिक चर्चाको चुलीमा कोही छ भने त्यो एक बालेन शाह पनि हुन् । अझ देशमा ०८४ को चुनाव ८२ मै सरे पछि वैकल्पिक शक्तिको रुपमा उदाएको राष्ट्रिय स्व्तन्त्र पार्टीबाट प्रधानमन्त्रीको रुपमा समेत घोषणा भए पछि चर्चा र चासो बढेको छ ।
काठमाडौं महानगरको मेयरका रुपमा बालेन शाहले स्वतन्त्र उम्मेदवारी दिएर चामत्कारिक जित निकालेका कारण सिंगो देश र जेनजीले उनलाई प्रधानमन्त्रीको रुपमा अघि सार्न दबाब प्रदा गरे । भलै त्यो जटिल अग्नी परीक्षामा कति सफल हुन्छन् ? त्यो पनि निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीसँग निर्वाचनमा लड्न झापा नै पुगेका छन् । जनकपुरबाट आफ्नो चुनावी अभियान थालेका शाहको पहिलो सार्वजनिक भाषण, त्यो पनि मैथिलीमा गरे । जुन भाषण धेरै नेपालीले बुझेनन् । उक्त भाषणको नेपाली अनुवाद यहाँ प्रस्तुत गरिएको छ ।
तपाईँहरू आज भाषण सुन्ने मुडमा हुनुहुन्छ होइन रु दिऊँ कि नदिऊँ रु म काम गर्ने मान्छे हुँ, म काम गरेर देखाउँछ । मलाई काम गर्न अवसर दिनुहुन्छ रु काठमाडौं नगरवासीले अवसर दिए, काम गरेर देखाएँ । तपाईँहरू दिनुहुन्छ ?
डेढ महिनाअघि हामी राम–जानकी विवाह महोत्सवमा आउँदा एउटा कुरा खट्कियो । विश्वको सबैभन्दा प्रसिद्ध राम–जानकी विवाह यहाँ भयो । तर, मधेसी, नेपाली सबै ‘डेस्टिनेसन’ वेडिङ गर्न जयपुर जान्छौँ । मिथिलामा किन आउँदैनन् रु राम जानकीको प्रसिद्ध विवाह जनकपुरमा हुन्छ भने डेस्टिनेसन वेडिङका लागि बालीमा किन जाने रु मिथिलाको सरसफाइ, सुन्दरता र आकर्षण बढाउन सरकारको नीति, नियम खोइ ?
दुई वटा कुरा प्रष्ट भएको छ । पहिलो मधेसमा पहिलो पटक सबै पार्टीका मान्छे आएका छन् । यहाँ एउटा मात्रै पार्टीको मान्छे छैन । दोस्रो, जनकपुर एउटा कुराका लागि एक वर्षअघि निकै खुसी भयो । एनपीएलको उपाधि जित्दा मधेसमा एउटा पार्टी होइन, सिंगो मधेसले खुसी मनाए । यसैगरि सबै मानिसहरू खुसी हुनुपर्छ । देशको विकास जनकपुर फैलिनुपर्छ ।
मलाई काठमाडौं र मधेसमा पनि धेरैले सोधिरहेका छन् । प्रदेशको विषयमा रास्वपाको धारणा के हो रु म जवाफ दिन्छु । रास्वपा प्रदेशलाई अझै बलियो बनाउने पक्षमा छ । प्रदेश सरकारको काम एउटा वडामा ५० हजार धारा जोड्ने होइन । ३,४ पालिकामा जोड्ने हो । जनकपुरका प्रशासकीय अधिकृत फेर्न काठमाडौं जानुपर्ने अवस्था छ, हो कि होइन रु जनकपुर प्रदेशको राजधानी होइन रु हो भने काठमाडौं किन जानुपर्यो रु यहीँबाट किन हुँदैन ?
पहिला प्रदेशलाई बलियो बनाउनुपर्छ । काठमाडौं जाने व्यवस्था बदल्नुपर्छ । अधिकार माग्न होइन, पशुपति घुम्न जाने काठमाडौं । पशुपतिनाथ, स्वयम्भूनाथ दर्शन गर्न जाने हो, अधिकार माग्न जाने होइन ।
करिब ४ वर्ष मैले काठमाडौको मेयरका रूपमा काम गर्दा दैनिक माइतीघर मण्डलामा उखु किसान, मिटरब्याज पीडितहरू धर्नामा बस्नुहुन्थ्यो । म मूकदर्शक भएर बस्नुपर्यो । मेयरका रूपमा केही गर्न सकिनँ । अब तपाईँहरू सोच्नुस्, मेयर भएर ३५ पालिकाकालाई एम्बुलेन्स दिन सकेँ भने संघ सरकारमा गएर के गर्छु ?
सबैले समाजवादको कुरा गर्छन् । लोकतन्त्रको कुरा गर्छन् । काठमाडौ महानगरले हरेक वर्ष २० हजार विद्यार्थीलाई फ्रिमा पढाइरहेको छ । महँगा कलेजमा पढ्न फ्री भिसा, फ्री टिकट बिना ढेउवाके । विदेश जान होइन, कलेज पढ्न । महँगा स्कुल र कलेजमा वार्षिक २० हजार विद्यार्थी फ्रिमा पढ्न पाउनु समाजवाद हो । काठमाडौका महँगा हस्पिटलमा २० प्रतिशत बेड फ्रिमा मिल्छ । हामीले पार्टी, पौवा, पोखरी, फाल्चाहरु निर्माण गरेका छौं काठमाडौमा । मिथिलामा, जनकपुरमा पनि मन्दिर, पार्टीपौवाहरुले प्रतीक्षा गरेर बसिरहेका छन् कसले आएर संरक्षण गरिदेला भनेर । त्यो अब काम रास्वपाले गर्छ । यसैले संरक्षण गर्छ । यसका लागि हामीलाई काम गर्न दिनुपर्छ । अवसर दिनुपर्छ ।
म आज पहिलो पटक भाषण दिँदैछु । मेयर पदमा राजीनामा दिएर फुर्सद भएँ । ४ वर्ष फुर्सद नै थिएन कसरी भाषण दिनु ?
नेपालमा टुरिस्ट १० लाख आउँछन् । जबकि भारतको अयोध्यामा मात्रै १० करोड टुरिस्ट आउँछ । हाम्रो जानकी माताले मात्रै एक करोड टुरिस्ट ल्याउनुपर्ने हो ।
एउटा मधेसीया केटो प्रधानमन्त्री बन्छ भनेर घण्टीमा भोट हाल्ने होइन । सही मान्छे, ल्याउनका लागि, सही सरकार आउनका लागि घण्टीमा भोट हाल्नुस् । धन्यवाद ।