श्रव्य कथाः नारायण गोपालको अक्षरमा अभिव्यक्त प्रेम कथा – कथालिका

श्रव्य कथाः नारायण गोपालको अक्षरमा अभिव्यक्त प्रेम कथा

चर्चित गायक नारायण गोपालले आफ्नी प्रेमिका पेमालाई लेखेको एक अप्रकाशित प्रेमपत्र: जसले शब्दभन्दा धेरै कुरा बोल्छ। जसलाई हामीले श्रव्य कथाको रुपमा तयार गरेका छौं ।

यो प्रेमपत्रमा नारायणगोपालले स्वयम्भूतिर हेर्दै दार्जिलिङ सुकियापोखरीकी पेमालालाई सम्झना गरेका छन् र भेट्न नपाउँदाको विवशता व्यक्त गरेका छन्। पत्रमा भौतिक दूरी भए पनि आत्माको मिलन भइसकेको उल्लेख गर्दै उनले नख्खुको किनारलाई साक्षी राखेको प्रसङ्ग उल्लेख गरेका छन्। प्रकाशोन्मुख ‘चुपचाप मन पराएँ’ पुस्तकमा समेटिएको यो पत्रले उनीहरूको भावनात्मक निकटता र तत्कालीन परिस्थितिको बैराग्य झल्काउँछ।

२०८३, १० भाद्र बुधबार ०३:५८
कथालिका नयाँ कथा
कथालिका