रुख र माटोको फलले मूल्य नपाए पछि किसान निराश – कथालिका

रुख र माटोको फलले मूल्य नपाए पछि किसान निराश

मधेस प्रदेशको प्राचीन मिथिला क्षेत्रमा धार्मिक, सांस्कृतिक पर्वसँगै किसानका विभिन्न फसलको सम्बन्ध जोडिएको हुन्छ ।

माघ शुक्ल पञ्चमी अर्थात् मैथिल हिन्दू परम्पराको श्रीपञ्चमी पर्व नजिकिएसँगै बयर (रुखमा फल्ने फल विशेष) र केशोर (माटो मुनि फल्ने फल विशेष) उत्पादक किसानले आफ्नो समय आएको ठान्छन् । यसपालि बयर र केशोर उत्पादक किसान पर्व आउञ्जेल आफ्नो उत्पादन नरहने चिन्ताले जिङ्राएका छन् ।

वसन्त पञ्चमी पनि भनिने श्रीपञ्चमी पर्वको मैथिल हिन्दू परम्परामा विद्यादायिनी सरस्वतीदेवीको पूजनोत्सवमा बयर र केशोरको निकै महत्व हुने गरेको छ । बस्ती–बस्तीका विद्यालय र घरघरै पनि उल्लासमय वातावरणमा मनाइने सरस्वती पूजनोत्सवमा प्रसादका रूपमा बयर र केशोरको प्रयोग गरिने परम्पराले यो बेला यी उत्पादनले राम्रो बजार पाउँछन् । माघ महिनामा तयार हुने यी दुवै फसलले यसपालि कोरोना महाव्याधिको असरले राम्रो बजार नपाउने चिन्ताले किसान निरास भएका हुन् ।

“यसपालि श्रीपञ्चमी पर्व पनि माघ निगल्दो धकेलियो, यही बेला कोरोना त्रास बढेको छ”, घरपछाडि बारीका बयरका रुखतिर देखाउँदै भङ्गाहा नगरपालिका–४ पलारका किसान महेश सर्दार बाँतरले भने, “पवनी ९पर्व० आउन अझै एक साता बाँकी छ, जताततै कोरोना त्रास पनि छ, यसपालि पवनीसम्म बयर टिक्ने आस अब म¥यो ।” बयर पहेँलपुर पाकेर बग्रेल्ती भुइँमा झरेको आँखाभरि देख्दा मन थाम्न नसकेको सर्दारको भनाइ छ ।

बयर पाक्ने मुख्य बेला माघ मध्यभित्र हुने र पाकेका बयर रुखबाट बरर झर्ने भएका हुँदा यसपालि श्रीपञ्चमी पर्वसम्म यो नटिक्ने किसानको पहिलो चिन्ता हो । यस्तै महाव्याधि सन्त्रासले सरस्वती पूजनोत्सवका समारोह पातलिएका हुँदा माग पनि त्यति नआएको महेशकै छिमेकी किसान सियानकीदेवी बाँतर बताउछन् । गत वर्षको मलमास प्रभावले पर्व यसपालि माघको अन्तिम सातामा धकेलिँदा त्यतिञ्जेलसम्म धेरै बयर रुखबाट झरिसक्ने किसानको चिन्ता छ ।

यसैगरी माटोमुनि फल्ने केशोरको पनि तयार हुने समय माघ मध्यभित्र नै हो । खन्न ढिलो हुनासाथ माटोमुनि नै फल कुहिँदै जाने, कालो धब्बा लाग्ने र स्वाद बिग्रने भएको हुँदा केशोर पनि यसपालि पर्वसम्म टिकाउन सकिने आस किसानले मारेका छन् । “केशोर खन्न अब ढिलो हुँदैछ, श्रीपञ्चमी अझै एक साता पर छ”, बर्दिवास नगरपालिका–७ मनहरिपुरका किसान रोशन यादव भन्छन्, “खै यसपालि केशोरबाट राम्रो आम्दानी लिन सकिने छाँट छैन ।”

आफ्नो बस्तीमा मुख्य बालीकै रूपमा केशोरखेती गरिने र यो फसल श्रीपञ्चमी पर्व केन्द्रित नै हुने हुँदा यसपालि पर्व पछि धकेलिँदा प्रतिकूल बनेको रोशनको भनाइ छ । टाढा–टाढासम्म केशोर निर्यात गर्ने मनहरिपुरका किसान बारीमा फसल तयार भए पनि पर्व पछि धकेलिँदा अहिले बिलखबन्द परेका छन् । चाँडै खनेर राखिएको केशोर सुकेर बेरसिलो हुने र स्वाद नहुने भएपछि उपभोक्ताको रोजाइमा नपर्ने किसानको गुनासो छ ।

यसैबीच लाग्दो माघदेखि नै स्थानीय प्रशासन ९जिल्ला प्रशासन कार्यालय महोत्तरी०ले भीडभाड नगर्न, समारोह आयोजना नगर्न र धार्मिक प्रतिष्ठानमा पनि महाव्याधिकै कारणले रोक लगाइएको छ । यो परिस्थितिले सरस्वती पूजनोत्सवका समारोह निकै कम आयोजना हुने अवस्था छ । पूजा अनुष्ठान कम हुनबित्तिकै केशोरको माग घट्ने सो बस्तीकै केशोर उत्पादक किसान मुना खत्रीको चिन्ता छ ।

जिल्लामा बयर ब्यावसायिकरूपमै खेती गर्ने किसान त थोरै छन् । केशोर खेती भने जिल्लाका बर्दिवास, भङ्गाहा र गौशाला नगरपालिका क्षेत्रका बस्तीमा किसानले सघनरूपमा गर्दै आएका छन् । सरस्वती पूजनोत्सवका बेला यस भेगमा उत्पादित केशोर मुलुकभित्रकै टाढा–टाढाका बजार र भारतीय बजारसम्म पुग्ने गरेको गौशाला–१० का किसान अरुण कुशवाहा बताउछन् ।

स्वास्थ्यका दृष्टिले गुणकारी फल केशोर पर्वविशेषको प्रसाद सामग्रीमात्र नभई मौसमीय फलका रूपमा खाने चलन आमरूपमा बस्न सके यसको बजार विस्तार अझ हुने स्वास्थ्यकर्मीको भनार्इ छ । खानामा अरुचि हटाउन, पाचन क्रिया मजबुत बनाउन, कोशिकाहरू सक्रिय बनाउन र रगत शुद्धिकरणसँगै बढाउन केशोर अत्यन्त उपयोगी फल रहेको स्वास्थ्य कार्यालयका जनस्वास्थ्य निरीक्षक गिरेन्द्रकुमार झा बताउछन् ।

अहिले उत्पादन भएको केशोर खनेर चिस्यानघरमा राख्नसके वैशाख–जेठको गर्मीयाममा राम्रो मूल्यमा खपत हुने किसान बताउँछन् । गर्मीको मौसममा रसिलो मिठो फलले राम्रो बजार पाउने भए पनि आफ्ना ठाउँमा चिस्यानघर ९कोल्डस्टोर० नभएका हुँदा यो पनि ‘आकाशको फल, आँखातरी मर’ भन्ने उखानजस्तै हुने किसानको चिन्ता छ ।

२०७८, १४ माघ शुक्रबार ०४:४०
कथालिका नयाँ कथा
  •  देवतालाई आराम

    देवतालाई आराम

    • सोलखुम्बु
    यो चलनलाई कतिपयले रूढीवादीको संज्ञा दिने गरेका छन्। यसलाई तोड्न धेरैले कोसिस गरे तर ठूला…
  •  अयरपानीः दुई जिल्लाको एक साझा घरबास

    अयरपानीः दुई जिल्लाको एक साझा घरबास

    • पोखरा
    स्याङ्जा र कास्की सीमानाको यो गाउँको मेलमिलाप यहाँको सुन्दर विषेशता हो । होम-स्टे सञ्चालनमा आइसके…
  •  सिपले सफल हर्कबहादुर

    सिपले सफल हर्कबहादुर

    • पोखरा
    हर्कबहादुर यदि सही समयमै तालिम नलिएको भए ऋण खोजेरै भए पनि विदेश जानुपर्ने बाध्यताको लहरमा…
  •  मनाङ गाउँ

    मनाङ गाउँ

    • पोखरा
    हिमाल पारिको जिल्ला मनाङको मनाङ ङिस्याङ गाउँपालिका–६ स्थित मनाङ गाउँ । प्रसिद्ध अन्नपूर्ण चक्रीय पदमार्गमा…
कथालिका