खुसीको रहस्य – कथालिका

खुसीको रहस्य

एक पटक एक धनाढ्यले आफ्नो छोरालाई एक विशुद्ध विद्वानकहाँ ‘सुख कसरी पाउन सकिन्छ ?’ भन्ने सवालको जवाफ मागेर ल्याउन पठायो । ऊ लगातार चालिस दिन सम्म हिडेर बल्ल बल्ल विद्वानको घरसम्म पुग्यो । विद्वानको घर डाँडाको शिरमा थियो । ऊ बल्ल तल्ल त्यहाँसम्म पुग्यो । विद्वानको घर परिसरभित्र निकै थुप्रै मानिसहरूको जमघट थियो । टेवुलमा थुप्रै फलफूलहरू सजाएर राखिएका थिए । उसले मानिसको भिडहरूकाबीच विद्वानलाई खोज्यो । विद्वान अन्य मानिसहरूसँगको कुराकानीमा व्यस्त देखिन्थे । उसले ढोकामै कुरेर बसिरह्यो ।

धेरै बेर पछी उनको नजर उक्त केटा माथी पर्यो । विद्वान नजिक आए उसको परिचय र आउनुको उद्देश्य सोधे । उसले आफ्नो परिचय दिदै सोध्यो–‘सुख कसरी पाउन सकिन्छ ?’ विद्वानले केटालाई भने ’त्यसो भए मलाई एक घण्टा पछी भेट म काम सकेर आउछु । तर त्यतिन्जेल तिमी मेरो सम्पूर्ण घर घुम्दै गर । मेरो घरको भव्यता हेर अनी बल्ल म विद्वान हुँ हैन भन्ने प्रमाणित हुन्छ । अरूले भन्दैमा सबै सत्य कहाँ हुन्छ र ?’

उनले चम्चामा तेल हालेर दिदै भने– ‘तिमी घुम्दा यसलाई पनि साथै लिएर घुम्नु तर याद राख्नु यसबाट एकथोपा पनि तेल चुहुनु हुदैन ।’ केटो घुम्न निस्कियो र एक घण्टा पछी साविककै स्थानमा आयो । विद्वानले चम्चा हेर तेल जस्ताको तस्तै थियो ।
उनले केटालाई हेर्दै भने–‘स्यावास, तर के तिमीले पुरै घर घुम्यौ त ?’
–‘घुमे’
–‘त्यसो भए त्यो मेरो माथीको कोठामा झुण्डाएको मेरो मखमलको कमिज देख्यौ ? त्यो मलाई अती मनपर्छ । अनी मेरो कोठामा राखिएको त्यो ठूलो प्राचिन पेन्टिङ, कोठाको सजावट, घर बाहिरको भव्य बगैचा, बगैचाका हरिया रूखहरू, रंगिचंगी फूलहरू, उडिरहेका पुतलीहरू, परका पहाडहरू के तिमीले सबै देख्यो ?’
केटोले मुन्टो हल्लाउदै भन्यो ’मैले पुरै ध्यान चम्चामा लगएको थिए यसर्थ ती सबै हेर्ने अवसरनै पाइन ।’

विद्वानले पुन: भने, ‘फेरी यो चम्चा लगेर ती पुरै चिज हेरेर आउ त ।’ ऊ पुरै हेरेर साविकै स्थानमा आयो र विद्वानले प्रश्न सोध्नु अगावै उसले देखेका सबै चिजका उत्कृष्ट वर्णन व्यक्त गर्यो ।
अन्तमा विद्वानले सोधे–‘अनी चम्चाको तेल नी ?’
उसले चम्चा तर्फ हे¥र्यो त्यो पुरै रित्तो थियो । विद्वानले भने–‘खुसीको रहस्य यही हो, तिमीले संसारको सबैथोक हेर तर आफूसँग भएको चिज नगुमाउ ।’
-खुसीको रहस्यबाट

२०७९, ३ भाद्र शुक्रबार ०७:२८
कथालिका नयाँ कथा
कथालिका