तिमीले मलाई वस्तु बनायौ
तिमीले मलाई वस्तु देख्यौ
केवल वस्तु
वस्तुको मात्र
किनबेच र प्रयोग हुन्छ ।
म आफुलाई नागरिक सम्झी बसे
तिमीले मेरो चेतनामाथि बिर्को लगायौ
कब्जा जमाइबस्यौ
र, म देशप्रति गर्व गरिबसे ।
तिमी
मेरो आशाको मलामी गयौ
मेरो दुःखको उत्सव मनायौ
मेरो बिबशताको शयनकक्ष बनायौ
र, पनि तिमीलाई
मेरो शासक सम्झी बसे ।
मेरो भान्सामा डढेलो लगायौ
र, आफ्नो चुल्हो बाल्यौ ।
मेरो पाइतलामा किल्ला ठोक्यौ
र, निश्फिक्री दौडन थाल्यौ ।
मेरो स्वाभिमानको तेजोवध गर्यौ
र, आफ्नो शीर उचो बनायौ
मेरो भविश्यमा तेजाव खनायौ,
र, आफ्नो सत्ता सुनिश्चित ग¥यौ ।
अनि झस्कीएँ
म देशको नागरिक की वस्तु ?
केवल वस्तु !
जब म वस्तु बन्न इन्कार गरे,
र, तिम्रो भ्रमको पर्दा च्यात्न थाले
जब म वस्तु बन्न इन्कार गरे
र, गुलाम सम्झी बस्ने
तिमीलाई शासक मान्न छाडे
तब तिमीले मेरो कत्लेआम ग¥यौ
र, मस्त निदायौ।
ए शोषक !
केही समय पर्ख
मेरै पुस्ताले
तिम्रो सत्ताको
तिम्रो व्यवस्थाको
कत्लेआम गर्नेछन्
र, वस्तुबाट मानव बन्नेछन् ।